Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

बालबालिकाका लागि अनावश्यक तनावको एक वर्षः यु.के.जी

डा. दिपु शाक्य, प्रारम्भिक बालविकास विशेषज्ञ

“पाँच वर्ष,६० महिना भन्दा माथिका बालबालिका लक्षित प्रारम्भिक बालशिक्षा नेपालमा गैर कानुनी हुन् । नेपाल सरकारले चाहेमा जहिले पनि यसमा कारवाही गर्नसक्छ।” अधिवक्ता अनिल आचार्यले प्रि-स्कूल/ मन्टेश्वरी/ पूर्व प्राथमिक विद्यालय सञ्चालकहरूको भेलामा यस कुराको उद्घघोष गर्नु भएको हो । समय समयमा यस विषयमाविभिन्न अधिकारकर्मीहरूले सवाल उठाउँदै आएका पनि छन् । 
शिक्षा ऐनको सातौं संशोधन (२०५८)देखिनै चार वर्षका बालबालिकालाई दिइने एक वर्षको शिक्षालाई पूर्व प्राथमिक शिक्षा मानिदै आएको छ भने आठौं संशोधन (२०७३)ले यस पूर्व प्राथमिक शिक्षालाई “प्रारम्भिक बालशिक्षा” नामाकरण गरी आधारभूत शिक्षा (प्रारम्भिक बाल शिक्षादेखि कक्षा ८) मा जोडेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन (२०७५)ले प्रारम्भिक बाल शिक्षालाई “प्रारम्भिक बालविकास तथा शिक्षा” को रूपमा परिभाषित गरेको छ।साथै चार वर्ष उमेर पूरा भएका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नु अगावै दिइने एक वर्ष अवधिको सर्वाङ्गीण विकासमा केन्द्रित शिक्षा भनेको छ ।

यसै ऐन अनुसार चार वर्ष, ४८-६०महिनाका बालबालिकाकालागि प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड (२०६९) तथा प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम (२०७७) निर्माण भइ विभिन्न तालिम तथा सन्दर्भ सामग्रीको विकास पनि भएको छ । साथैपाँचदेखि सात वर्षको उमेर समूहका लागि कक्षा १-३ को पाठ्यक्रम पनि सोही अनुसार निर्माण भएको छ ।

तथापि शैक्षिक गुणस्तर केन्द्रको अनुसन्धान (२०८०) अनुसार कम्तीमा ६३ % निजी र १४% सामुदायिक विद्यालयमा समेत पाँच वर्षका बालबालिका लक्षित गरेर के.जी, यु.के.जी, सिनियर के.जी, प्रि-टु, इसिडी-टु जस्ता विभिन्न नामका कक्षाहरू प्रारम्भिक बालशिक्षा अन्तरगत सञ्चालनमा छन् । विभिन्न सामुदायिक विद्यालयमाहरूमा पनि निजी विद्यालयको देखासिकि तथा प्रतिस्पर्धाको रूपमा कक्षा १ मा हुनुपर्ने पाँच वर्षका बालबालिकालाई समेत के.जी/ यु.के.जी जस्ता कक्षा थप गरेर राखिएको पाईन्छ ।

प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम (२०७७) र सो भन्दा अगाडि रहेको प्रारम्भिक बालविकास दिग्दर्शन (२०६२) ले समेत चार वर्षसम्मका बालबालिकालाई मात्र समेटेको छ। पाँच वर्षका बालबालिकाका लागियि विभिन्न नामका कक्षाहरू संचालन गर्नका लागि कुनै औपचारिक पाठ्यक्रम भने उपलब्ध नै छैन । यस कारणले विद्यालय सञ्चालकले आफ्नै तरिकाले पाठ्यक्रम निर्माण गरी कक्षा सञ्चालन गर्दै आएका छन् । जुन प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम (२०७७) विपरित रधेरै जसो कक्षा १को पाठ्यक्रम दोहोर्या उने हिसाबका छन् ।
यस विषयमा धेरै अगाडिदेखि अनुसन्धान तथा जनचेतना फैलाउनेप्रयास गर्दै आएका प्रारम्भिक बाल शिक्षा शिक्षकहरूको संगठन (ECETA)का बिना शर्मा र लीना श्रेष्ठका अनुसार विगत १० वर्षदेखिको अनुसन्धान र अनुभवका आधारमा पाँच वर्षका बालबालिकाका लागि सञ्चालित कक्षा बालबालिका तथा अभिभावकका लागि तनावदायी छ । यसले माथिल्लो कक्षाको सिकाइ तथा बालबालिकामा समेत नकारात्मक असर गरिरहेको छ । यस्ता कक्षा धेरै जसो ठूला विद्यालयको कक्षा १ प्रवेश परीक्षाको तयारीमा केन्द्रित छन् । हाल सालै काठमाण्डौं उपत्यकामा उनीहरूले गरेको नमुना सर्वेक्षण अनुसार करीब ७०% शिक्षकले यस उमेर समूहका लागि विद्यालयबाट बनाइएका पाठ्यक्रम बालबालिकालाई धेरै नै बोझिलो र पढाइ लेखाइमै केन्द्रित रहेका कारणले बालबालिका र अभिभावकका लागि तनावदायी भएको पाइएको छ ।

विभिन्न अनुसन्धान अनुसार साना उमेरका बालबालिकालाई पढाइ लेखाइमा मात्र बढी जोड दिनाले उनीहरूको आत्मविश्वास, उत्प्रेरणा र विद्यालय प्रतिको दृष्टिकोणमा नकारात्मक असर पर्ने देखिन्छ । त्यसैले पनि प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम (२०७७) र कक्षा १-३ को पाठ्यक्रममा पनि सर्वाङ्गीण विकासमा जोड दिइएको छ ।

प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रममा पढाइलेखाइ मात्र भन्दा पनि अभिव्यक्ति तथा सञ्चारका लागि भाषाको उपयोग, पोषणयुक्त खाद्यपरिकारको पहिचान र दैनिक रूपमा उपयोग, स्वस्थकर बानी तथा असल सामाजिक व्यवहारको अनुसरण, वैयक्तिक सुरक्षाका उपाय अवलम्बन, दैनिक व्यवहारका कार्य सम्पादनका क्रममा विषयगत सिकाइ र सिर्जनात्मक सोचको प्रयोग र सर्वाङ्गीण विकासका क्रियाकलापमा संलग्नता र तिनमा आधारभूत सिपको प्रयोगलाई हासिल गर्नुपर्ने सक्षमताको रूपमा राखिएको छ ।
कक्षा १-३ को पाठ्यक्रमले पनि पढाइलेखाइमा मात्र भन्दा पनि बालबालिकालाई आधारभूत साक्षरता, गणितीय ज्ञान तथा सिप, र जीवनोपयोगी सिपहरूका साथै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइ सम्बन्धी बानीको विकास गर्ने अवसर प्रदान गर्न जोड दिएको छ।

धारभूत शिक्षाको माध्यमबाट बालबालिका आफू रहेको प्राकृतिक तथा सामाजिक वातावरण सँग परिचित र सचेत गर्न खोजिएको छ । यी सबै बालबालिकाको सर्वाङ्गीण विकासका तत्वहरू हुन् ।

तथापि हाम्रो सामाजिक मूल्यमान्यता र अभिभावक सचेतनाको कमीका कारण, विद्यालय पठाए लगत्तै बालबालिकाले कखग र एबीसीडी पढ्न र लेख्न सक्नुपर्ने धारणा छ । शिक्षकलाई पनि पुरातन विधि अनुसार रटाउन नै सजिलो छ । यी कुराहरू प्रारम्भिक बाल शिक्षा तथा सिकाइका सिद्धान्त र बद्लिदो समाजमा आवश्यक ज्ञान र सिप विपरीत छन् ।

प्रारम्भिक उमेरका बालबालिकाका लागि किताबी ज्ञान भन्दा बाहिरका गैर-शैक्षिक सिप, मनोवृत्ति र दृष्टिकोणहरू सिकाइका आधारहरू हुने गर्दछन् जसले उनीहरूको दिर्घकालिन सिकाइमा ठूलो मद्दत पुग्दछ। यसका साथै कानुनमै व्यवस्था नभएको पाँचवर्षका बालबालिकाकालागि थप एक वर्षे कक्षा सञ्चालनमा आउँदा सानै उमेरदेखि समाजमा एक/दुईवर्षे प्रारम्भिक बाल शिक्षा पाएका सामुदायिक विद्यालयका बालबालिका र निजी विद्यालयमा तीन/चार वर्षे शिक्षा पाएका बालबालिकाबीच दुई वर्गको निर्माण भइ असमानता समेत सिर्जना भइरहेको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रको अनुसन्धान (२०८०) अनुसार पनि कक्षा १ मा आँउदा देखि नै सामुदायिक तथा निजी विद्यालयका विकासात्मक उपलब्धिमा समेत विभेद छ ।

शिक्षा साथै जीवनकै जगको रूपमा रहेको प्रारम्भिक बाल शिक्षालाई नै व्यवस्थित नबनाइ शिक्षा प्रणालीको सुदृढीकरणको अपेक्षा राख्न सकिदैन ।यसका लागि नीतिनियममा थप प्रष्टता ल्याउनुका साथै सम्बन्धित सरोकारवाला निकायहरू तथा स्थानीय तहहरूबाट यसमा आवश्यक अनुगमन तथा नियमन, शिक्षकहरूलाई सहयोग तथा उत्प्रेरणा, र अभिभावक सचेतनाका कार्यक्रमहरू गर्दै जानुपर्ने देखिन्छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending