Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

‘द रेड सुटकेस’ लाई विशेष शोमा सुखद प्रतिक्रिया

खबरडबली संवाददाता

काठमाडौं ।  नयाँ वर्ष २०८१ को अबसर यही ३० चैतबाट नेपाली चलचित्र ‘द रेड सुटकेस’ नेपालमा रिलिज हुँदैछ । यो चलचित्रको मँगलबार बेलुका काठमाडौंमा विशेष शो आयोजना गरियो । शोमा सहभागी चलचित्रकर्मी तथा राजनीतिज्ञहरुले आम चलचित्र भन्दा द रेड सुटकेश निकै फरक लागेको प्रतिक्रिया दिए ।

कार्यक्रममा बोल्दै अग्रज चलचित्र निर्देशक एवम् अभिनेता नीर शाहले आफुले स्थापना गरेको कलेज आफ फिल्म स्टडिजबाट चलचित्रमा ग्राजुएसन गरेका फिडेल देवकोटा पहिलो देखि नै फरक प्रतिभाका व्यक्तित्व भएको बताए,‘आज यतिसुन्दर नेपाली चलचित्र बनाएर अन्तराष्ट्रिय बजारमा फिडेलजीले द रेड सुटकेस मार्फत नेपाललाई चिनाउँदा मलाई गौरव लागेको छ । यस्ता चलचित्र नेपालमा अत्यन्त कम बन्ने भएकाले द रेड सुटकेस जस्ता चलचित्रलाई हामी सबैको साथ हुनुपर्छ ।’ सँधै व्यबसायिकता मात्र नहेरी विश्वले महत्व दिएको यस्ता चलचित्रलाई प्रदर्शन गरेर सहयोग गर्न पनि उनले चलचित्र घरका सञ्चालकलाई अपिल गरे ।

कार्यक्रममा साँसद रघुजी पन्तले पनि आफुले अहिलेसम्म हेरेको नेपाली चलचित्र भन्दा द रेड सुटकेस पपृथक चलचित्र भएको बताए । यही पृथक भएर नै यसले अन्तराष्ट्रिय महोत्सबहरुमा विभिन्न अवार्ड जित्न सफल भएको पनि उनले बताए,‘यस्ता सिनेमा बन्नु आफैंमा मुख्यकुरा भए पनि हामीले हेरेर अर्को सिनेमा निर्माणको वातावरण बनाईदिनु पर्छ ’ उनले भने ।

यस्तै पूर्व शिक्षामन्त्री अशोक कुमार राईले आफुले धेरैलामो समयपछि राम्रो चलचित्र हेर्ने अबसर पाएको बताए,‘द रेड सुटकेस मेरो सोच भन्दा फरक चलचित्र रहेछ’ उनले भने ।
लेखक बुद्धिसागरले यो चलचित्रमा आफ्नो गीत रहेको जानकारी गराउँदै फिल्मको स्कृप्ट पढेरै आफु यो चलचित्रप्रति आकर्षित भएको बताए,‘यस्तो अन्तराष्ट्रिय स्तरको चलचित्रमा गीतकारको रुपमा जोडिन पाउनुलाई मैले आफ्नो सौभाग्य मानेको छु ’ उनले भने ।

यो चलचित्र हेरेपछि यसका अभिनेता विपिन कार्कीले सञ्चारकर्मीसँग भने,‘यस अघि भेसिन फिल्म फेस्टिबलमा यो चलचित्र हेरेको थिएँ तर आज नेपालका दर्शकमाझ हेर्दा उहाँहरुको प्रतिक्रियाले फरक अनुभव भयो ।’

आम चलचित्र भन्दा निकै फरक भएकै कारण यस्ता चलचित्रका निर्माताहरुलाई प्रोत्साहन गर्नुपछ भनेर आफुले द रेड सुटकेसमा विना पारिश्रमिक काम गरेको  पनि उनले बताए,‘यो चलचित्र गर्ने समयमा मैले व्यबसायिक सिनेमा गर्दा राम्रो पारिश्रमिक पाउँथे । तर यस्तो चलचित्र जीवनमा कमै खेल्न पाईने भएकाले पनि मैले अरु चलचित्र छाडेर द रेड सुटकेशलाई महत्व दिएँ ।’

अभिनेत्री मिरुना मगरले द रेड सुटकेस क्लासिक चलचित्र बनेको बताईन्,‘मलाई यसमा रहनु भएका कलाकारहरुको काम देखेर साह्रो लोभ लाग्यो । टिमकै यसमा उच्च कोटीको काम रहेको छ ।’

यस्तै शिक्षविद् केदारभक्त माथेमा, कवि विप्लव प्रतीकलगायतले पनि यो चलचित्रको प्रसँसा गरे । अभिनेत्री करिश्मा श्रेष्ठले यस्ता चलचित्रमा काम गर्ने तिब्र इच्छा आफ्नो पनि रहेको बताउँदै आफुले सेचेको भन्दै निकै माथिको चलचित्र द रेड सुटकेस बनेको छ भनिन् ।

यो चलचित्रका निर्देशक फिडेल देवकोटाले विशेष शोमा अतिथिहरुको सुखद प्रतिक्रियाले आफुलाई निकै हौसला मिलेको छ भने,‘मैले आफ्नो सोचाईलाई चलचित्रमा उतारेको हुँ । यो चलचित्र हरेकलाई फरक फरक लाग्न सक्छ र हरेक प्रतिक्रिया स्विकार्य छ ।’

यसका निर्माता रामकृष्ण पोखरेलले अन्तराष्ट्रिय बजारमा निकै मन पराईएको यो चलचित्रलाई घरेलु दर्शकको चाहना अनुसार रिलिज गर्न लागिएको बताए । आफ्नो चलचित्र ‘क्युएफएक्स चेन’ बाहेक नेपालमा अरु चलचित्र घरमा रिलिज हुने पनि उनले जानकारी गराए ।

यो चलचित्रलाई युएफओ च्यानलले युरोपको लागि यसै साता खरिद गरेको छ भने अन्य देशमा पनि यसको विक्री वितरण भईरहेको छ । आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको यो चलचित्रको बाँकी निर्मातामा फिडेल देवकोटा, शोभा थापा र सह निर्मातामा श्रीलंकाका विमुक्ति जयसुन्दरा रहेका छन् ।

यो चलचित्रमा सौगात मल्ल, विपीन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठलगायतको मुख्य भूमिका छ । यो चलचित्रको श्रीलँका र भातरमा प्राविधिक कार्य गरिएको हो । यो चलचित्रको सम्पादन श्रीलँकामा समन अलभितिगाले गरेका हुन् । चलचित्रको छायाँकार सुसन प्रजापति हुन् ।

यो चलचित्रको गत वर्षको सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको थियो । यसले सो फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो । चलचित्रले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डिओरोले डेब्यु फिल्म निर्देशकको रुपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड प्रदान गरेको थियो । 

त्यसयता चलचित्र संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि फेस्टिभलमा प्रदर्शन गरिएको थियो । फिल्मले श्रीलंकामा सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको हो ।

 

 

 

 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending