काठमाडौं । बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा ‘सारंग’ फिल्म निर्माण हुने भएको छ । बिहीबार राजधानीमा प्रेसमिट आयोजना गरि फिल्मबारे जानकारी दिइएको हो ।
कोरियोग्राफरको रुपमा समेत परिचीत निर्देशक प्रशान्त तामाङको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा ऋचा शर्मा,उत्पल झा,समीर मणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,दीपीका थापा,सुमन सागर जंग केसीका साथमा बालकलाकार द्वय सम्राट थापा र आदित्य कार्कीले अभिनय गर्दैछन् । कार्यक्रमका प्रमुख आथिति कान्जिरोवा नेसनल स्कुलका प्रिन्सिपल रञ्जीत थापाले ‘सारंग’ ले आममानिसमा मनोरञ्जनका साथै यथेष्ट सूचना प्रदान गर्ने बिश्वास ब्यक्त गर्दै अभिभावकहरुलाई भबिष्यका कर्णाधार बालबालिकाप्रति गर्नुपर्ने ब्यबहार तथा जिम्मेवारी बोध गराउन सफल हुने धारणा ब्यक्त गरे ।
निर्देशक प्रशान्तले आफूले समाज,घरपरिवारमा देखि,भोगी आएका बिषयलाई पर्दामा उतार्न लागेको बताउदै ‘सारंग’ को आगामी आइतबार अर्थात २ बैशाखबाट छायांकन सुरु हुने जानकारी दिए । अभिनेत्री ऋचाले आफूलाई ‘सारंग’ को स्क्रिप्ट निकै मन परेको बताउदै यसप्रकारको फिल्मले समाजलाई सही दिशामा निर्देश गर्न अहम् भूमिका निर्वाह गर्ने राय राखीन् । उनले यो फिल्ममा आफूलाई दर्शकले बिगतका आफ्ना फिल्महरु भन्दा फरक भूमिकामा देख्न पाउने दावी गरिन् ।
दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको डिओपी गोपाल राय छन् । मित्र ध्वज गुरुङले सम्पादन गर्ने फिल्मका गीत डिपी खनालले लेखेका हुन् भने संगीत शंकर थापा ‘स्माइल’ को छ । कान्जिरोवा स्कुलका कोअर्डिनेटर बिकास बस्नेत,गीतकार शंकर थापा स्माइल,रंगकर्मी राजेन्द्र रिमाल तथा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले ‘सारंग’ लाई शुभकामना ब्यक्त गरेका थिए । फिल्म बाल दिवसको अबसर पारेर सार्वजनीक प्रदर्शन गर्ने योजना निर्माण पक्षको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...
श्रावण २७ गते, २०८३ - २१:१८
काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...
श्रावण २७ गते, २०८३ - २१:०१
विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...



प्रतिकृया लेख्नुहोस्: