सल्यान । यान्त्रिकीकरण मार्फत कृषि पेशालाई सहज बनाउने उद्देश्य अनुरुप सल्यानको छत्रेश्वरी गाउँपालिकाले किसानहरुका लागि मिनि टिलर वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा गाउँपालिकाले समूह, फर्म र सहकारी मार्फत खेती गरिरहेका किसानहरुलाई मिनि टिलर वितरण गरेको हो ।
शुक्रबार गाउँपालिकामा मिनि टिलर हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले मिनी टिलर प्रयोग गर्ने विधि र प्राविधिक विषयमा जानकारी हुनुपर्ने बताए । खेतीमा सहजता संगै कम लागतमा धेरै उत्पादन लिनका लागि प्रविधिको उपयोग गर्नुपर्नेमा उनको जोड छ ।
आफुहरुलाई गाउँपालिकाले प्रोत्साहन गरेको भन्दै गेमी कृषक समूह छत्रेश्वरी ५ की कोषाध्यक्ष निमा बुढाले खेतबारी जोत्ने मेसिन पाएपछि अब काम छिटो हुने विश्वास व्यक्त गरिन् । यस्तै छत्रेश्वरी कृषि सहकारी संस्थाका सहसचिव खड्ग बहादुर खड्काले आफ्नो सहकारीका सदस्यहरुले सामुहिक तरकारी खेती गर्न लागेको भन्दै अनुदानमा प्राप्त मिनि टिलरबाट फाइदा हुने बताए ।
परम्परागत तरिका भन्दा यान्त्रिक उपकरणले खेतबारी खनजोत गर्दा कम लागत पर्ने र सजिलो हुने भएपछि पछिल्लो समयमा कृषकको यसतर्फ आकर्षण बढ्दो छ । यस्ता कृषि उपकरणबाट खेती गर्दा लागत, समय र मेहनत कम लाग्ने भएकाले कृषक, कृषि समूह र सहकारीबाट यस प्रकारका उपकरणको माग बढिरहेको छत्रेश्वरी गाउँपालिकाका नायव प्राविधिक सहायक दिपक पुनले जनाए । गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत अनुदानको मिनि टिलर माग गर्दै ८० जनाले आवेदन दिएपनि १९ वटा उपकरण मात्रै वितरण गर्न सकिएको उनको भनाई छ । मिनि टिलर खरिदमा गाउँपालिकाले २५ हजार रुपैयाँ अनुदान दिएको थियो ।
प्रस्ताव आह्वान र माग संगलन गरेर जमिनको भुबनौट लगाएतका विषयमा अनुगमन गरेर यसअघि सो उपकरण खरीदका लागि अनुदान नपाएकालाई पहीलो प्राथमिकता दिइएको पुनले बताए । मिनि टिलर वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्री, गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत लगाएतको सहभागिता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०८१ - २२:३९
बागमती र सुदूरपश्चिम प्रदेशको पनि मतगणना सुरु
माघ १२ गते, २०८१ - २२:२३
काठमाडौं। तराईका अधिकांश जिल्लामा शीतलहर बढ्न थालेको र हिमाली क्षेत्रमा पनि हिमपात भइरहेकाले त्यससम्बन्धी कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि ग...
माघ १२ गते, २०८१ - २२:२३
काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भएको चुनावको मतगणना सुरु भएको छ। लुम्बिनी प्रदेशबाट प्राप्त मतगणना अनु...
माघ १२ गते, २०८१ - २२:१५
काठमाडौं । ताप्लेजुङको पाथिभरा क्षेत्रमा झडप भएको छ । फुङलिङ नगरपालिका– ११ मा पाथिभरा मन्दिर जाने सडक खण्डमा प्रहरी र केबलकारको विरोधमा उत्रिएकाहरूबी...
माघ १२ गते, २०८१ - २२:१२
काठमाडौं । काठमाडौंको बसुन्धरामा दुर्घटना भएको छ। दुर्घटनामा बा ३ ख ९४४१ नम्बरको यात्रुवाहक बसले बागमती प्रदेश ०२–०४१ प २६६० स्कुटरलाई ठक्कर दिँदा स्क...
माघ १२ गते, २०८१ - २०:४८
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा “४६औं पर्यटक प्रहरी दिवस, २०८१” मनाइएको छ । नेपाल प...
माघ १२ गते, २०८१ - २०:४८
काठमाडौ । शुक्रबारको तुलनामा शनिबार काठमाडौँ उपत्यकामा चिसो बढेको महसुस भएको छ । मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार शनिबार काठमाडौमा न्यूनतम र अ...
माघ १२ गते, २०८१ - २०:४४
विराटनगर । प्रेस सेन्टर नेपाल प्रदेश १ को अध्यक्षमा राजन राई निर्वाचित भएका छन् ।विराटनगरमा भएको तेस्रो अधिवेशनमा राईले ४१ मत प्राप्त गर्दै अध्यक्ष नि...
माघ १२ गते, २०८१ - १९:५५
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेल...
माघ १२ गते, २०८१ - १९:५१
काठमाडौं । ज्यान मार्ने उद्योग कसुरका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका–४ घर भई काठमाडौं ना...
प्रतिकृया लेख्नुहोस्: