सबै गोत्रका जम्माजम्मी एक दर्जन नेताहरुको चोर औंलाले घुमाईरहेको छ- संविधान निर्माणको कलम। जनता, कार्यकर्ता, बिज्ञ, बुद्दिजिबी सबैलाई चेस, क्याण्डी क्रस र फ्रुट निन्जा खेल्न लगाएर डिजिटल लोकतन्त्रको राम्रै नमुना देखाईरहेकाछन नेपाली राजनीतिका पाइलटहरुले ।नेपाली राजनीतिमा यदि ८ रेक्टर म्याग्निच्युट भन्दा माथिको महाभुकम्प गएन भने अबको केही हप्तामा नयाँ संविधानको \'फाइनल प्रिन्ट\' आउने निश्चित भएको छ। र, बैशाख १२ पछिको जस्तै मिनेटमिनेटमा राजनीतिका पराकम्पनहरु गएनन भने नयाँ आउने संबिधानको अन्तर्बस्तु पनि अगाडि आइसकेको छ। त्यसपछी अब बन्ने संविधान एक, अग्रगामी छ, दुई, पश्चगामी छ र तीन, यथास्थितिबादी छ भन्ने लगायतका विश्लेषणहरुको ओइरो लाग्नेवाला छ। र, यीनै बिश्लेषणहरुको वरिपरि नेपाली राजनीतिको नयाँ ध्रुवीकरण र नयाँ यात्रा तय हुनेवाला छ। तर, यो पंक्तिकार चाहिँ ब्यथा लागेर जन्मिन तैयार भएको नयाँ संबिधान र पछिल्लो संबेदनशील समयको शल्यक्रिया गर्ने दुस्साहस गर्दैछ। यथास्थितिबादी काँग्रेस-एमाले/ माओबादी मनोगतबादी अघिल्लो संबिधानसभामा माओबादी लतार्ने र काँग्रेस-एमाले लतारिने शक्ति थिए। परिबर्तनको माओबादी संगीतमा फ्लोरक्रस गरेर पनि गीत गाउन तैयार थिए काँग्रेस-एमालेका सभासदहरु। जेठ २ को सहमती त्यसैको योगफल थियो। तर, नयाँ संबिधानमा परिबर्तनको गन्ध समेत पर्न नदिने काँग्रेस-एमालेको नेतृत्व र अर्को संबिधानसभाबाट दुईतिहाई ल्याउने हवाईकल्पनामा मनोगत भएको माओबादी रहरका कारण अघिल्लो संबिधानसभा बिघठन हुनपुग्यो। उदेक लाग्दो कुरा त यो पनि थियो कि उदारबादको ओढ्ने ओढेको काँग्रेस र मार्क्सबादको मुखौटो लगाको एमालेको बीचमा एक टुक्रा इलेक्ट्रोनको पनि भिन्नता देखिएन र अहिलेसम्म पनि देखिएको छैन, संविधान निर्माणको यो सात बर्षे यात्रामा। संबिधानको अन्तर्बस्तुको त कुरै छोडौं बाइमात्रामा पनि फरक नभएर एउटै स्वरमा समुह गान गाएर काँग्रेस-एमालेले आफुलाई अब्बल यथास्थितीबादी शक्ति भएको प्रमाणित गरेका छन। यता समाजबादी होइन जनबादी पनि होइन प्रगतिशील पूँजीबादी संविधान बनाउन तैयार भएर संबिधानसभाको नारा घन्काएको माओबादीले जेठ २ को सहमतिलाई प्रगतिशील देख्न नसक्नु मनोगतबादको भद्दा नमुना नै पेश गरेका छन। अहिले प्रचण्ड, बाबुराम र प्रकाशको त कुरै छोडौं बैध्य र बिप्लब समेत जेठ २ को सहमतिमा संविधान जारी गर्ने भनियो भने दस हात उफ्रेर आउनेवाला छन। प्रत्यक्ष निर्वाचित राष्ट्रपती, ५०-५० प्रतिशतमा समानुपाती, बहुपहिचानमा आधारित ११ प्रदेश, धर्म निरपेक्षता, सामाजिक न्याय, मौलिक अधिकार लगायतका बग्रेल्ती प्रगतिशिल अन्तर्बस्तुसहितको जनपक्षीय मुद्दा समाबिष्ट त्यो सहमतिबाट पछि हटेर मनोगत भएको पश्चाताप सिङ्गो माओबादी पंक्तिले गरिरहेकै छ ।
हिजो नारायणहिटी काफी थियो, आज बालकोट, लाजिम्पाट र बालुवाटारले त्यसलाई बिस्थापित गरिदिएको छ। सामन्तबादको यो नवीन संस्करणले फेरि १७ साल, ५९ साल र ०६१ साले कालो सपनाको ऐंठन सबैलाई भएको छ।परिबर्तनकारीहरु टुप्पीतिर/ प्रतिगामीहरु जनतातिर स्वादे जिब्रोको निर्देशनमा अजिर्ण हुनेगरी खाएर ढुस्स फुलेको मनुवा जस्तै दोश्रो संबिधानसभामा आएको दुईतिहाईको झुसिलडकार निकालेर जनतालाई भुसुक्कै बिर्सेर बसेका छन काङ्ग्रेस-एमाले। बहुपहिचान नमान्ने, आमाको नाममा नागरिकता दिन नमान्ने, धर्म निरपेक्षतामा बेइमानी गर्ने, समानुपातिक प्रतिनिधित्व सुन्न पनि नचाहने, समतामुलक सामाजिक न्यायको सट्टा छाडा प्रतिस्पर्धा रुचाउने जस्ता क्रियाकलापले जनता बिर्सेंको प्रष्ट देख्न सकिन्छ। झन, जनतामा सुझाब संकलन गर्न जाँदा ९९ प्रतिशत जनताको प्रत्यक्ष निर्वाचित कार्यकारीको माग एउटा कानले सुनेर अर्को कानले उडाउने काम उनिहरुले गरे। यता, सेमिफाइनल म्याच हारेको क्लबको खेलाडी जस्तो खुम्चिएको मन लिएर थाप्लोमा हात राखेर बसेको छ एमाओबादी। एमाओबादीले पनि सडक, सदन र सरकारको तीन मोर्चामा लड्ने गायत्री मन्त्र यो पटक बिर्सिएको छ यो पटक। त्यसैको परिणाम सबै गोत्रका जम्माजम्मी एक दर्जन नेताहरुको चोर औंलाले घुमाईरहेको छ- संविधान निर्माणको कलम। जनता, कार्यकर्ता, बिज्ञ, बुद्दिजिबी सबैलाई चेस, क्याण्डी क्रस र फ्रुट निन्जा खेल्न लगाएर डिजिटल लोकतन्त्रको राम्रै नमुना देखाईरहेकाछन नेपाली राजनीतिका पाइलटहरुले । बरु, कृष्णजीको जस्तै रथमा जनताको दर्शन गर्न पाए पंचायती स्वर्गासनमा उपरखुट्टी लगाएर बस्न पाइन्छ भनेर होला कमल थापाहरुले पो सम्हालेका छन त सडक मोर्चा। प्रजातन्त्रको गुरुमन्त्र जप्ने काँग्रेस-एमालेको जनता बिर्सने लोकतान्त्रिक अभ्यास र सर्बहारा जनबादको अभ्यासमा कमजोरी हुँदा समाजबाद ढल्यो भनेर खुबै शिक्षा लिएको फुर्ती लगाउने एमाओबादी दुबैले टुप्पीमात्र हल्लाइरहेकाछन, शरीरलाई कुनै कामको जिम्मा नै छैन। दुई खतरा: बिखण्डन र प्रतिगमन हिजो सारा जनताको भाग्य र भबिष्यको फैसला एउटा टाउको र एउटा दरबारले गर्थ्यो, आज केही टाउका र केही नवदरबारहरुले गर्दैछन। हिजो नारायणहिटी काफी थियो, आज बालकोट, लाजिम्पाट र बालुवाटारले त्यसलाई बिस्थापित गरिदिएको छ। सामन्तबादको यो नवीन संस्करणले फेरि १७ साल, ५९ साल र ०६१ साले कालो सपनाको ऐंठन सबैलाई भएको छ। यदि कुनै कालो दिनको कालो योजना बुनेर कुनै अध्याँरा मान्छेहरु बसेका छन भने उनिहरु त दोषी हुन्छन नै तर उल्टो बाटो रोज्ने हाम्रा छोटे महाराजाहरु पनि कम्ती दोषी हुने छैनन। जनतालाई निर्णयप्रक्रियामा निर्णायक उपस्थिति गराउने र निर्णयको अपनत्व दिलाउनुको साटो हचुवामा संघीयताको सादापाना भर्नाले थारुवान र मधेश फेरि जुरुक्कै उठेको छ। कर्णालीको कुर्लाई त जेनतेन सम्बोधित भएको छ। तर, राजनैतिक समस्याको शैन्य समाधान खोज्ने सरकारी हर्कत र धमिलो पानीमा बल्छी लिएर बसेका अतिबादी र प्रतिगामीहरुको सल्बलाइले एउटा खतराको घण्टाघर जरुर बजेको छ। झन यसमा पार्टीहरुको बच्पना पारा र भारतको पछिल्लो हस्तक्षेपकारी रबैयाले संक्रमणलाई नकारात्मक समाधानतिर लैजाने खोजेको स्पष्ट संकेत देखिएको छ।
संविधान बन्दा पनि एक, यो प्रतिगामी संविधान बन्यो भनेर संबिधान जलाउने, दुई, अग्रगामी संविधान बन्यो भनेर यसैको गोलचक्करमा राजनीतिको बाँकी जिन्दगानी बिताउने र तीन, बस्तुगत बाध्यता मानेर ट्रीपल जम्पमा जस्तै एउटा छोटो अबधिको पाइला टेकेर अगाडि बढ्ने तीनवटै सम्भावनाहरु छन।एउटा अराजकताको भर्याङ्ग चढेर बिखन्डनको नर्क पुग्नु अर्को धार्मिक अतिबादको छाता ओढ्दै बेबि किङ्ग या बुहारी किङ्गको श्रीपेच लगाएर दरबारको सिंहासनमा बिराजमान हुनु। बस्तुगत बाध्यता: संबिधान निर्माण संविधान नबन्दा एक, प्रतिगमन, दुई, बिखण्डन र तीन, अग्रगामीहरुले जेनतेन सम्हाल्ने तीनवटा सम्भावनाहरु छन। र, संविधान बन्दा पनि एक, यो प्रतिगामी संविधान बन्यो भनेर संबिधान जलाउने, दुई, अग्रगामी संविधान बन्यो भनेर यसैको गोलचक्करमा राजनीतिको बाँकी जिन्दगानी बिताउने र तीन, बस्तुगत बाध्यता मानेर ट्रीपल जम्पमा जस्तै एउटा छोटो अबधिको पाइला टेकेर अगाडि बढ्ने तीनवटै सम्भावनाहरु छन। अग्रगामी या क्रान्तिकारीहरु यतिबेला ध्रुवीकृत भएका हुन्थे र सम्पूर्ण तैयारीमा हुन्थे भने यो एउटा क्रान्तिकारी संकट र एकस्तरको पूर्ण क्रान्तिको परिपक्व अबस्था पनि हुन्थ्यो होला। तर, छिन्नभिन्न र क्रान्तिको रथ हाँक्ने हुत्ती कमजोर भैसकेको परिबर्तनकारीहरुको हालत र दोश्रो संबिधानसभापछिको शक्तिसन्तुलनको धरातलीय यथार्थताले आजको परिस्थिति क्रान्तिकारी संकटमा परिणत हुने सम्भावना शुन्यतिरै छ। तर, संविधान निर्माण हुन नसक्दा प्रतिगमनकै धर्मकाँटातिर ढल्केको देखिन्छ राजनीतिको सुइरो। र, बिखन्डनको खतराको संकेत पनि नाङ्गै आखाँले देखिन्छ। यसकारण जतिसक्दो छिटो यो संबिधानसभाबाटै संविधान निर्माण प्रक्रियाको बिट मार्नु उपयुक्त हुन्छ। तर, फेरि पनि संविधान निर्माणको बिकल्प छैन भनेर संघीयता बिनाको, धर्म निरपेक्षता बिनाको, समानुपातिकता बिनाको संबिधानमा लगाएको ल्याप्चेको मसि चाहिँ लागिने बित्तिकै उडेर जानेवाला छ। सामान्यत संबिधान बनेपछी बहुसंख्यकले दीपावली गर्नुपर्थ्यो या उत्सबकोरुपमा त्यसलाई लिनुपर्थ्यो । जनतालाई संबिधान निर्माण प्रकृयामा सहभागी नबनाउने र जनताका एजेण्डा पनि पुरा गर्न तैयार नहुने दलहरुको दम्भले त्यो हुन पाएन। तर, संबिधान निर्माण गरेर संक्रमणकालिन अन्तर्बिरोधको हल गरेर नयाँ अन्तर्बिरोधमा जानुको बिकल्प छैन।
प्रतिकृया लेख्नुहोस्: