Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

बाह्र बर्षदेखि पर्खाईमा रहेका बेपत्ता परिवार सोध्छन्– ‘हाम्रा प्रियजन कहाँ छन् ?’

\"bepattaबागलुङ । बाह्र वर्षदेखि सरस्वती विकका आँखा ओभाएका छैनन्, न मनले चैन पाएको छ । बेपत्ता छोरीको खोजीमा भौँतारिरहेकी विकले न त छोरीको साँस पाउन सकेकी छन् न त लास, न्याय त उनका लागि भ्यागुताकाे धार्नी भएको छ । छोरीको कुरा गर्ने बित्तिकै भक्कानो फुटेर आउँछ उनको । जनयुद्धताका तत्कालीन राज्य पक्षबाट छोरी अनिता बेपत्ता भइन र अहिलेसम्म बेपत्तै छिन् । बेपत्ता छोरीको अवस्था थाहा पाऊँ भनी विकले राज्यका विभिन्न निकाय र सङ्घसंस्था गुहार्न थालेको पनि वर्षौं भईसकेको छ तर उनको आँगनमा सुनौलो बिहान कहिलै झल्केन । अनिता २०५९ सालको माघ महिनादेखि बेपत्ता छिन । ‘हामीलाई राहत, पैसा चाहिएको छैन, हाम्री छोरी चाहिएको छ, यत्रो वर्षसम्म न छोरी पायौँ न त छोरीको लास नै ।’ न्यायको खोजीमा आफूले आश्वासनबाहेक अहिलेसम्म केही नपाएको गुनासो सरस्वतीको छ । ‘हाम्रो बारेमा धेरै कुरा भए, सबैले राम्रै कुरा भन्छन् तर हामीले न्याय भन्ने कुरा कहिलै पाएनौँ’– विकले मनिल हुँदै आफ्नो अनुभव सुनाईन । बेला बेला मानवअधिकारकर्मीहरुले आफ्नो पक्षमा आवाज उठाएकामा भने विक सन्तोष मान्छिन । विकले छोरी अनिताको सत्यतथ्य पत्ता नलागेसम्म आफू न्यायको लागि लडिरहने बताउछिन । ‘छोरीको अवस्था के–कस्तो छ, ऊ कहाँ छ, मरेको भए हामीलाई हाडखोर भए पनि चाहिन्छ, मेरो छोरीको जिन्दगी खानेलाई सजाय हुनुपर्छ ।’– सरस्वतीले रुँदै भनिन् । ‘चरन गएको गाईवस्तु साँझ गोठ फर्केर नआउँदा कस्तो हुन्छ ? हाम्रा आफन्त त १२ वर्षदेखि बेपत्ता छन् । उनको अवस्थाबारे खोई राज्य बोल्नु पर्दैन ?’– विकले गाउँले स्वरमा राज्यलाई प्रश्न गरिन । \"Bepattaविक जस्तै बागलुङमा रहेका अन्य बेपत्ता परिवारको पीडा पनि उस्तै छ । विसं २०५८ मा पति बेपत्ता भएपछि भीमकला घर्तीको जीवन पनि दुःखको दोभानमा कतै रुमल्लिएको छ । रातदिन पतिको पर्खाइमा भिज्ने भीमकलाका आँखाले अझै पनि आश मारेका छैनन् तर न्याय भने एक दशक बित्दा पनि घरको दैलोमा आई पुगेको छैन् । ‘बाह्र वर्षदेखि हामीले हाम्रो मान्छे कस्तो अवस्थामा छ, मरेको छ कि ज्यूँदो छ केही थाहा पाउन सकेका छैनौँ, हामीलाई न्याय चाहिएको छ तर हाम्रो कुरा कोही सुन्न तयार छैनन् ।’ घर्ती भन्छिन । घर्तिले आफ्नो पतिलाई बेपत्ता बनाउने जो भए पनि उसले कारबाही भोग्नुपर्ने र पीडितले न्याय पाउनुपर्ने भनाइ राखिन । बेपत्ता आफन्तका बारेमा यथार्थ थाहा पाउन पाए पनि मनले शान्ति पाउने बेपत्ता परिवारका सदस्यले बताउने गरेका छन् । द्वन्द्वको समयमा पत्नी बेपत्ता भएपछि बागलुङको बोहोरा गाउँका खुमलाल शर्मा पनि न्यायको पर्खाइमा छन् । विसं २०६२ को मङ्सिरमा पत्नी सुशीला शर्मा बेपत्ता भएपछि त्यसयता उनको कुनै अत्तोपत्तो छैन । शर्माले पनि युद्धको बहानामा भएका अपराधजन्य घटनाको छानबिन हुनुपर्ने र अपराधीले सजाय पाउनुपर्ने धारणा राख्छन् । तत्कालीन विद्रोही पक्षबाट शर्माकी पत्नी सुशीला बेपत्ता भएकी थिइन । ‘राजनीतिक दलकै कारण बेपत्ता परिवारले बेलैमा न्याय पाउन सकेका छैनन्, दलहरु नै मुख्य दोषी हुन्, बेपत्ता भएकाहरुको अवस्था तुरुन्त सार्वजनिक गर्नुपर्छ र पीडितले न्याय पाए भनेमात्र पीडितको आँसु रोकिन सक्छ ।’– उनले भने ।

सरकार र राजनीतिक दलले बेपत्ता व्यक्तिको आफन्तलाई न्याय दिने आश्वासनमात्र दिँदै आएको बेपत्ता परिवार समाजकी अध्यक्ष जशोदा शर्माको भनाइ छ । जशोदाका पति सूर्यप्रसाद पनि २०५८ सालदेखि बेपत्ता छन् । जशोदाले आफूहरुले न्यायका लागि वर्षौंदेखि आवाज उठाए पनि त्यसको सुनुवाइ नभएको गुनासो गरिन । जशोदाले भनिन्– ‘अन्तर्राष्ट्रिय अदालतसम्म पुगेर पीडितको पक्षमा मुद्दाको फैसला भए पनि सरकार र राजनीतिक दलले त्यसको सुनुवाइका लागि कुनै पहल गर्न सकेका छैनन् । प्रमुख दोषी भनेका नै दल हुन् ।’ शर्माले बेपत्तासम्बन्धी कानुनको निर्माण तथा आयोगको गठन हुनु सकारात्मक भए पनि पिडित पक्षले अझैसम्म न्याय पाउन नसक्नु दुःखद भएको बताइन । स्थानीय शान्ति समितिको तथ्याङ्कअनुसार सशस्त्र द्वन्द्वका बेला बागलुङमा २५ जना बेपत्ता भएको थिए ।

राससबाट

naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy