Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

दुईमहिनादेखि लमजुङ क्याम्पसमा पठनपाठन ठप्प, पाँच सय विद्यार्थीको भविष्य अन्योल

खबरडबली संवाददाता

लमजुङ । लमजुङको सुन्दरबजारस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ कृषि क्याम्पसमा पठनपाठन ठप्प भएको दुई महिना वितिसकेको छ । विद्यार्थी संघसंगठनहरूको आन्दोलनका कारण लमजुङ क्याम्पसमा पछिल्ला ६६ दिनदेखि सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको हो ।

गत पुस २७ गते लमजुङ क्याम्पसको पुरुष छात्रबासमा नेविसंघ र अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरू बिच भएको झडप पछि क्याम्पस प्रशासनले असुरक्षाको कारण देखाउदै छात्राजास बन्द गराउने सूचना जारी गर्यो, त्यसै समयदेखि क्याम्पसमा पठनपाठन प्रायः बन्द हुन गएको थियो ।

घटनामा संलग्न विद्यार्थीहरूलाई कानुनी दायरामा ल्याई त्रि।वि नियामावली अनुसार दोषी उपर कारबाही गर्ने निर्णय क्याम्पस प्रशासनले गरेको थियो । आफूलाई कार्बाही गर्ने निर्णय चित्त नबुझेको भन्दै नेविसंघका विद्यार्थीहरूले गत चैत्र १६ गतेदेखि क्याम्पसमा तालाबन्दी गरेका छन् । क्याम्पसमा पठनपाठन लगायतका सम्पूर्ण शैक्षिक गतिविधिहरू ठप्प हुदाँ सो क्याम्पसमा अध्ययरत पाँच सय विद्यार्थीको भविष्य समेत अन्योलमा परेको छ ।

जिल्ला प्रशासन कार्यलयमा भएको सर्वदलीय बैठकमा क्याम्पस प्रशासनले विगतमा भएको निर्णयहरूलाई पूर्णरुपमा कार्यान्वयन गर्ने र विगतका दिनहरूमा क्याम्पसमा तालाबन्दी भएता पनि स्वयं क्याम्पस प्रशासनले यथाशिघ्र तालाबन्दी खोल्ने निर्णय भएको थियो । तर उक्त निर्णय हालसम्म पनि कार्यान्वयन नहुदा विद्यार्थीहरूको पठनपाठनमा मात्र नभई मानसिकतामा समेत गम्भिर असर पुगेको लमजुङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष विरेन्द्र जि.सी.ले बताए ।

उनका अनुसार तालाबन्दीका कारण साताँै सत्रान्तको अनुसन्धान कार्यक्रममा र मङ्सिरमा प्रवेश परीक्षामा उत्तीर्ण भई लमजुङ क्याम्पस भर्ना भएका प्रथम सत्रान्तको अभिमुखिकरण कक्षामा समेत प्रभावित भर्एको छ । यसका साथै सातौँ सत्रान्तको नियमित परीक्षा, छैठौं सत्रान्तको पुरक परीक्षा, दोस्रो र पाचौं सत्रान्तको प्रयोगात्मक परीक्षाको निर्धारित समयतालिका पनि प्रभावित भएको उनले जानकारी दिए ।

यस’दयगतमा क्याम्पस प्रशासनसँग सम्पर्क गर्दा क्याम्पस खोल्न पहल भएको छ । यो विषय डिनको कार्यालय त्रिविमा समेत पुगेको छ र आज त्यहाँ पनि बैठक बस्दैछ क्याम्पस प्रमुख मिलन सुवेदीले बताए । उनका अनुसार क्याम्पसमा घट्ना घटेपछि छानविन समिति गठन गरेर त्यसले दिएको प्रतिवेदनका आधारमा कारवाहीको निर्णय गरिएको हो । विद्यार्थीको एकपक्षले त्यो बढी भयो भन्ने र अर्को पक्षले कारवाही नगरी हुँदैन भन्ने अडानले समस्या समाधान हुन नसकेको हो । उनले भने ‘क्याम्पसमा राजनीति अलिक बढी नै हुन्छ त्यसकै परिणाम हो । तर पनि हामी समाधानको खोजीमा छौं, अब छिटै पढाई सुरु हुन्छ भन्ने आशामा छौं ।’

यससम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्दा क्याम्पस खोल्ने काम जिल्ला प्रशासनको भन्दा पनि क्याम्पस प्रशासनको हो यही दिनमा क्याम्पस खुल्छ त कसरी भन्ने र तर पनि पहल भइरहेको छ प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरूङले बताए । उनका अनुसार मैले विद्यार्थी नेता, पार्टीका नेताहरू सबैसँग सम्पर्क गरिरहेको छु, समाधान खोजौं भनेको छु तर माग राख्ने दुवै विद्यार्थीका पक्ष टसको मस नभएको हुँदा गाँठो फुक्न नसकेको हो ।

उनले भने, ‘आजै विहान पनि क्याम्पस प्रमुखलाई फोन गरेको प्रशासनबाट के कस्तो सहयोग चाहिने हो रु भन्नुस् म सहयोग गर्न तयारछु भने, उनले आज त्रिवि र डिनको कार्यालयमा वैठक बस्दैछ त्यसको निर्णय कस्तो आउँछ त्यसपछि भनुलाँ भनेका छन् ।’ अब छिटै क्याम्पस खुल्छ भन्नेमा आशावादी छु । २, ४ जनाका लागि सयौं विद्यार्थीको भविष्य अन्योलमा राख्न पाइदैन प्रजिअ गुरुङले भने । उनी भन्छन्, ‘प्रशासनमा यसअघि गरिएको सर्वपक्षीय सहमति पनि पालना भएन, त्यस्तो भएपछि निर्णय गर्नुमात्र ठूलो कुरा भएन तर पनि हामी प्रयास गरिरहेका छौं ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

रौतहट । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा पूर्व नदी पारी ट्रान्सफर चौक नजिक सरोज बैठा, नवल सहनी, दोरीक सहनीको घरमा आगलागी भएक...

‘सुस्वा’ अन्तर्गतका योजना प्रभावकारी बनाउन अन्तरक्रिया

सल्यान  । फिनल्यान्ड राजदुतावासका विशेष सल्लाहकार नेतृत्वको टोली र सल्यानको छत्रेश्वरी गाउँपालिकाका पदाधिकारी विच खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक...

सल्यानको लेखपोखरामा पढाई सुधार्न अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श

सल्यान । सल्यानको लेखपोखरामा विद्यार्थी र अभिभावकलाई उत्प्रेरक परामर्श गरिएको छ । शिक्षक र बिद्यार्थीको सम्बन्ध, पढाइ प्रतिको रुचि विकास, सहि संगत र व...

सूचना प्रविधि आर्थिक समृद्धिको नयाँ र उदीयमान क्षेत्रः मन्त्री शर्मा

काठमाडौं  । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा आर्थिक समृद्धिको आधारको रुपमा लामो समयदेखि कृषि, जलस्रोत र पर्यटनलाई लिंइदै आएकोमा अ...

बलम्बुमा सडकमा पार्किङ गरी राखेको बसमा आगलागी

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्य...

३५ हजार ६११ मत गणना हुँदा रास्वपाले कटायो २ हजार

काठमाडौं । इलाम–२ को उपनिर्वाचनको जारी मतगणना जारी रहेको छ । हालसम्म इलाममा ३५ हजार ६११ मत गणना भएको छ ।  ३५ हजार ६११ मत गणना हुँदा  एमाले उम्मेदवा...

इलाममा एमालेका सुहाङको निरन्तर अग्रता, करिब ५ हजार मतान्तरले अगाडि

इलाम  । इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना सकिएर देउमाई नगरपालिकाको एउटा वडासहत अन्तिम मत परिणाम आउँदा एमाले करिब ५ हजार मतले अग्रता बढाएको...

नेपाल चेम्बर अफ कमर्स र क्रोएसियबीच व्यवसायिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यवसायिक प्रतिनिधीमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । काठमाडौंमा भएको ...

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’

रामेछाप ।  जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ । रामेछाप नगरपालिका–७ ओ...

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप  । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप नगरपालिका–३ साँघुटारका १९ वर्...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies