Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

भेडा पालेर वार्षिक पाँच लाख आम्दानी

\"sheep\"म्याग्दी । उत्तरी म्याग्दीको लेकाली क्षेत्रमा भेडापालन गरेका कृषकले मनग्य आम्दानी गरिरहेका छन् । खोप्रा र खयरलेक क्षेत्रमा भेडापालन गर्दै आएका पाउद्वारका कृषकले भेडा बिक्रीबाटै वार्षिक पाँच लाखसम्म आम्दानी गरेका हुन् । जनैपूर्णिमा मेला, दसैँ तिहारलगायत अन्य चाडपर्वमा ग्राहक भेडा किन्न गोठमै आउने भेडापालक कृषक सुकबहादुर तिलिजाले बताए । तीन सय ५० भेडा पालेका तिलिजाले वर्षमा ४० वटासम्म बिक्री गर्नुहुन्छ । एउटा भेडालाई रु १० हजारदेखि रु १५ हजारसम्म मूल्य पर्छ । तिलिजा वैदेशिक रोजगारी छाडेर बुबाले गर्दै आएको भेडापालन व्यवसायलाई निरन्तरता दिएको बताउँछन् । ‘विदेश गएका साथीको कमाइ पनि उस्तै भएकाले गाउँमै काम गरिरहेको छु’, तिलिजाले भने– ‘खाडी मुलकमा भन्दा गाउँघरकै कमाइ राम्रो लागेर भेडापालनमा सक्रिय भएको छु ।’ खयर र खोप्रालेकमा ११ जना कृषकले दुई हजारभन्दा बढी भेडा पालेका छन् । जिल्लाका विभिन्न गाविस, बागलुङ, पोखरालगायतका क्षेत्रमा भेडा बिक्री हुने गरेको छ । विशेष गरेर जनैपूर्णिमाका दिन खयर भारानीमा लाग्ने मेलामा बलि दिन भेडाका साँढे बिक्री हुन्छन् । यस वर्षको जनैपूर्णिमामा त्यहाँका कृषकले भेडा बेचेरै ३० लाख कमाएका कृषक तुलबहादुर पुनले बताए । जनैपूर्णिमाको अघिल्लो दिन शुक्रबारमात्रै ३०० वटा भेडा बिक्री भएको थियो । ‘भेडा पालेर हुर्काउन सकेमा राम्रो कमाइ गर्न सकिन्छ । ग्राहक गोठमै भेडा किन्न आउँछन् । भनेजति मूल्य पनि पाइन्छ’, तिलिजाले भन्नुभयो–‘चरनको अभाव, वन्यजन्तुबाट असुरक्षा र रोगको प्रकोपको समस्या देखिएको छ ।’ कृषकका अनुसार चितुवा र बाघले एकै गोठका वर्षमा ४० वटासम्म भेडाबाख्रा मारेर क्षति गरेको छ । यसैगरी लेकाली क्षेत्रमा घाँस कम पलाउने र वेशीमा संरक्षित वन क्षेत्रमा चरीचरन बन्द हुँदा कृषक समस्यामा परेका छन् । लेकाली चरन क्षेत्रमा पहिलेको तुलनामा घाँस कम उम्रन थालेको र अन्य झारपात बढेको कृषकको भनाइ छ । –––––––
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies