Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

भेडा पालेर वार्षिक पाँच लाख आम्दानी

\"sheep\"म्याग्दी । उत्तरी म्याग्दीको लेकाली क्षेत्रमा भेडापालन गरेका कृषकले मनग्य आम्दानी गरिरहेका छन् । खोप्रा र खयरलेक क्षेत्रमा भेडापालन गर्दै आएका पाउद्वारका कृषकले भेडा बिक्रीबाटै वार्षिक पाँच लाखसम्म आम्दानी गरेका हुन् । जनैपूर्णिमा मेला, दसैँ तिहारलगायत अन्य चाडपर्वमा ग्राहक भेडा किन्न गोठमै आउने भेडापालक कृषक सुकबहादुर तिलिजाले बताए । तीन सय ५० भेडा पालेका तिलिजाले वर्षमा ४० वटासम्म बिक्री गर्नुहुन्छ । एउटा भेडालाई रु १० हजारदेखि रु १५ हजारसम्म मूल्य पर्छ । तिलिजा वैदेशिक रोजगारी छाडेर बुबाले गर्दै आएको भेडापालन व्यवसायलाई निरन्तरता दिएको बताउँछन् । ‘विदेश गएका साथीको कमाइ पनि उस्तै भएकाले गाउँमै काम गरिरहेको छु’, तिलिजाले भने– ‘खाडी मुलकमा भन्दा गाउँघरकै कमाइ राम्रो लागेर भेडापालनमा सक्रिय भएको छु ।’ खयर र खोप्रालेकमा ११ जना कृषकले दुई हजारभन्दा बढी भेडा पालेका छन् । जिल्लाका विभिन्न गाविस, बागलुङ, पोखरालगायतका क्षेत्रमा भेडा बिक्री हुने गरेको छ । विशेष गरेर जनैपूर्णिमाका दिन खयर भारानीमा लाग्ने मेलामा बलि दिन भेडाका साँढे बिक्री हुन्छन् । यस वर्षको जनैपूर्णिमामा त्यहाँका कृषकले भेडा बेचेरै ३० लाख कमाएका कृषक तुलबहादुर पुनले बताए । जनैपूर्णिमाको अघिल्लो दिन शुक्रबारमात्रै ३०० वटा भेडा बिक्री भएको थियो । ‘भेडा पालेर हुर्काउन सकेमा राम्रो कमाइ गर्न सकिन्छ । ग्राहक गोठमै भेडा किन्न आउँछन् । भनेजति मूल्य पनि पाइन्छ’, तिलिजाले भन्नुभयो–‘चरनको अभाव, वन्यजन्तुबाट असुरक्षा र रोगको प्रकोपको समस्या देखिएको छ ।’ कृषकका अनुसार चितुवा र बाघले एकै गोठका वर्षमा ४० वटासम्म भेडाबाख्रा मारेर क्षति गरेको छ । यसैगरी लेकाली क्षेत्रमा घाँस कम पलाउने र वेशीमा संरक्षित वन क्षेत्रमा चरीचरन बन्द हुँदा कृषक समस्यामा परेका छन् । लेकाली चरन क्षेत्रमा पहिलेको तुलनामा घाँस कम उम्रन थालेको र अन्य झारपात बढेको कृषकको भनाइ छ । –––––––
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE