Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

आज काठमाडौंको यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी वितरण केन्द्रको मूलपानी फिडर र डाँछी फिडर तथा रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध गरिएको छ ।

लाइन सिफ्टिङ तथा केबल परिवर्तनका लागि फिडर ‘सटडाउन’ गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध गरिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार गोसले राससलाई जानकारी दिए। उनले भने, “अन्य कुनै कारण नभएर लाइन सिफ्टिङ तथा केबल परिवर्तनका लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध भएको हो, ग्राहक सेवामा पर्न जाने असुविधाप्रति प्रधिकरण क्षमाप्रार्थी छ ।”

आज जोरपाटी वितरण केन्द्रको मूलपानी फिडरअन्तर्गत बाबाचोक, मूलपानी चउर, मिलन चोक, फुयाँल गाउँ, तिवारी टोल, गोकर्ण फरेस्ट रिसोर्ट, थलीलगायतका स्थानमा बेलुका ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध गरिएको प्राधिकरणले जनाएको छ ।

यसैगरी डाँछी फिडरअन्तर्गतका शिवचोक, अर्याल गाउँ, दक्षिणढोका, होटल नोर्लिङ, ग्रिनहिल सिटीलगायतका क्षेत्रमा मध्याह्न १२ः३० बजेसम्म, रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने पानीट्याङ्की, अनामनगर पूर्वी गेट हुँदै हनुमानस्थान, सिंहदरबार दक्षिण गेट हुँदै अन्नपूर्ण न्युरो अस्पताल, प्रभु बैंक अगाडि धोवीखोला हुँदै सेतोपुल, मैतीदेवी जाली कारखाना, घट्टेकुलो, गोरखा एफएमलगायतका क्षेत्रमा बुलकी ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सौर्य एयर दुर्घटना : पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले...

भारतबाट एक अर्बको आलु आयात

बाँके। बाँकेको जमुनाह सीमा नाका हुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ । सो अवधिमा चार करोड ४९ लाख ८४ हजा...

कटौती भएको प्राविधिक सचिवको पद थप गर्न मन्त्रीसमक्ष माग

काठमाडौँ । विभिन्न मन्त्रालयमा कार्यरत प्राविधिक सहसचिवहरुले कटौती भएको प्राविधिक सचिवको पद थप गर्न माग गरेका छन् । प्राविधिक समूहका सहसचिवहरुले आज ऊर...

उपसभामुखको पत्र प्रकरणमा थप बचाउमा उत्रियो रास्वपा

उपसभामुखले लेखेको भनिएको पत्र अमेरिकी दुताबासमा दर्ता नै नभएको दाबी

उपराष्ट्रपति यादवसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा।डेनियल म्यूली मोन्टेलियोनले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय...

एनसिबी र राहदानी विभागबिच समझदारी

काठमाडौँ। अपराध नियन्त्रण गर्न राष्ट्रिय केन्द्रीय ब्युरो काठमाडौँ (एनसिबी) र राहदानी विभागबिच आज समझदारी-पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक...

बेचन झा थुनामै रहने, सर्वोच्चद्वारा थुनामुक्त गर्न अस्वीकार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ । विहिबार न्यायाधीश टेकप...

नेप्से ३२ अंकले बढ्यो, १४ अर्ब माथीको सेयर कारोबार

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। विहिबार नेप्से ३२ अंकले बढेर दुई हजार ५६८.११ विन्दुमा पुगेको छ। आज ‘क’ वर्गका कम्पनीको कारोबार मापक से...

आजको मन्त्रिपरिषद्को बैठकले भारत र चीनका लागि राजदूत नियुक्ति गर्ने तयारी

काठमाडौँ । आज बस्ने मन्त्रिपरिषद् बैठकले भारत र चीनका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने भएको छ ।  सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले...

संसदीय समितिले पर्यटन मन्त्रीलाई भन्योः आईकाओको रिपोर्ट एक हप्ताभित्र पेस गर्नु

काठमाडौँ । संसद्को पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विहिबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आईक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy