Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

असन्तुष्टलाई प्रधानमन्त्रीको दोस्रो पत्र, के छ पत्रमा ?

\"Pm-400\"काठमाडाैं । प्रधानमन्त्री सुशील कोइरालाले शान्तिपूर्ण छलफलमा विश्वास गरी वार्तामा आउन आग्रह गर्दै असन्तुष्ट दल र समूहलाई पुनः पत्राचार गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ चार दलको निर्णयअनुसार कोइरालाले असन्तुष्ट पक्षलाई वार्तामा आउन पत्र पठाएका हुन् । ‘परिस्थितिलाई सामान्य बनाउन र संवादको माध्यमबाट समस्या समाधान गर्न तपाईंहरूको परिपक्व र सुझबुझपूर्ण नेतृत्वले ठूलो मद्दत पुर्‍याउनेछ,’ प्रधानमन्त्री कोइरालाले लेखेको पत्रमा भनिएको छ, ‘शान्तिपूर्ण छलफलमाथि विश्वास गरेर वार्तामा आउन म पुनः एकपटक अनुरोध गर्दछु ।’ यसअघि पनि चार दलका तर्फबाट प्रधानमन्त्री कोइरालाले १२ भदौभित्र वार्तामा आउन आग्रह गर्दै असन्तुष्ट पक्षलाई १० भदौमा पत्र पठाएका थिए । असन्तुष्ट दलले वार्तामा बस्नुअघि संविधान निर्माण प्रक्रिया स्थगित गर्नुपर्ने, दंगाग्रस्त ठाउँमा खटिएको नेपाली सेना फिर्ता बोलाउनुपर्ने सर्तसहितको जवाफी पत्र पठाएका थिए । आइतबार बसेको चार दलको बैठकले यसअघि छुट्याएको समयमा आन्दोलनरत दलसँग वार्ता र संवाद प्रभावकारी हुन नसकेको भन्दै पुनस् वार्ताका अपिल गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री कोइरालाले आन्दोलनरत मधेसी दल र थारू कल्याणकारी सभा तथा थरुहट–थारुवान संयुक्त संघर्ष समितिलाई वार्तामा आउन पुनस् पत्राचार गरेका हुन् । पत्र पठाइएका दलमा संघीय समाजवादी फोरम, तमलोपा, सद्भावना पार्टी र तमसपा नेपाल, थारू कल्याणकारी सभा तथा थरुहट–थारुवान संयुक्त संघर्ष समिति छन् । प्रधानमन्त्री कोइरालाले मधेसी दललाई पठाएको पत्रमा सम्बन्धित पार्टीका तर्फबाट उठाइएका विगतका सम्झौता तथा सहमतिलाई कार्यान्वयन गर्ने विषय, सरकारले यसअघि गरेका निर्णय र प्रस्तावित संविधानको विधेयकमा समेटिएका विषय एकीकृत गरी वार्तामा बसेर छलफल गर्न सकिने बताएका छन् । छलफलबाट सहमति भएका विषय तत्काल संविधानको विधेयकमा समावेश गरेर संविधान निर्माणको जारी प्रक्रियालाई परिणाममुखी बनाउन सकिने प्रधानमन्त्रीको भनाइ छ । संविधानसभाको जारी प्रक्रिया स्थगित गर्दा अनिश्चिय उत्पन्न हुने पनि पत्रमा छ । असन्तुष्ट दलले गरेका मागको सम्बोधन हुन सक्ने सम्भावनासमेत उल्लेख गरेर प्रधानमन्त्रीले वार्तामा आउन आग्रह गरेका छन् । पत्रमा प्रधानमन्त्रीले वार्ता र सहमतिमा पुग्ने प्रयत्नसँगै तराई–मधेसमा हिंसा, जनधनको नोक्सानी, तोडफोड र त्रासको वातावरणमा सुधार हुने र त्यसपछि सेना र सुरक्षा निकाय सामान्य जिम्मेवारीमा फर्कने उल्लेख गरेका छन् । घाइतेको उपचार र क्षतिपूर्तिको विषय स्वाभाविक रूपमै राज्यको जिम्मेवारीभित्र पर्ने पनि कोइरालाले बताएका छन् । प्रधानमन्त्री कोइरालाले थारू कल्याणकारी सभा तथा थरुहट–थारुवान संयुक्त संघर्ष समितिलाई पठाएको पत्रमा चार दलका शीर्ष नेताकै सहभागितामा छलफल गर्न सकिने उल्लेख छ । उनीहरूले यसअघि चार दलको उपस्थितिमा वार्ता हुनुपर्ने माग राखेका थिए । कोइरालाले चार दलका शीर्ष नेताहरूको सक्रिय सहभागिता र सहमतिमा नै छलफल र वार्ताको प्रक्रिया अगाडि बढाएको उल्लेख गर्दै भनेका छन्, ‘वार्तालाई परिणाममुखी बनाउने कुरामा चार दल समान ढंगले चिन्तित र क्रियाशील छन् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending