Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

खेल जितेपछि बाआमालाई फोन गरें, उहाँहरु बेस्सरी रूनुभयो म पनि रोएँ

\"Sojeet\"काठमाडौं । नेपाली युवा टोलीले घरेलु मैदानमा यू(१९ साफ च्याम्पियनसिपको उपाधि जित्दा टोलीका असली नायक बने गोलरक्षक सोजित गुरुङ। आजको अन्नपूर्ण पोष्ट दैनिका खबर छ– यसअघि सन् २०१३ को एएफसी यू(१४ च्याम्पियनसिपमा नेपाली टोलीबाट गोलरक्षकको भूमिका निर्वाह गरेका सोजित एकैपटक यू(१९ मा पहिलो रोजाइको गोलरक्षकमा देखिए । प्रशिक्षक मृगेन्द्र मि श्रले उनको क्षमता देखेर नै पोस्टको जिम्मा सुम्पिएका थिए। यसअघि यू(१६ च्याम्पियनसिपमा गोल पोस्ट समालेका रोमन रसाइसीलाई दोस्रो रोजाइमा राखे, प्रशिक्षक मिश्रले। भारतविरुद्धको फाइनल खेलमा निर्धारित समयमा आधा दर्जन प्रहार विफल बनाएका सोजितले पेनाल्टी सुटआउटमा पनि आफूलाई अब्बल साबित गरे। ‘नेपाललाई घरेलु मैदानमा यो उपाधि दिलाउन सक्दाको क्षणलाई म शब्दमा व्याख्या गर्न सक्दिनँ। आफैंले भारतको पेनाल्टी रोकेर देशलाई जिताउन पाउँदा निकै खुसी लागेको छ। मैदानमा धेरैबेर रुन मन लाग्यो। त्यसैले रुँदै नेपालको झन्डा बोकेर मैदानमा घुमेँ। मेरो खेललाई भैरहवाको ठुटीपीपलमा रहनुभएका बुबाआमाले पनि टेलिभिजनमा हेरिरहनु भएको रहेछ। खेल जितेपछि मैले फोन गरेँ। फोनमा बाआमा बेस्सरी रुनुभयो, म पनि रोइरहेँ। अत्यधिक खुसीमा पनि आँसु झर्दो रहेछु, सोजितले भने। निर्धारित समयमै खेल जित्ने अपेक्षा गरेका सोजितले खेल पेनाल्टी सुटआउटमा तानिने कल्पनासमेत गरेका थिएनन् रे। १–० गोलको अग्रता हुँदा खेलको अन्तिममा दिनेश राजवंशीको ह्यान्ड भयो। आखिर कुनै पनि खेलाडीले जानेर गल्ती गर्ने होइन। मैदानमा यस्तो धेरै हुन्छ। दिनेशको ह्यान्ड भएपछि भारतले पाएको पेनाल्टी नै बचाउँछु जस्तो लागेको थियो तर, रोक्न सकिनँ। \'टाइब्रेकरमा पनि भारतको तीनवटा सट त रोक्छु भन्ने लागेको थियो। जज पनि सोहीअनुसार गरेको थिएँ तर, दुईवटामा टाइम मिलेन। मोनुद्दिनको एउटा सट त बचाएरै छाडेँ\' सोजितले भने। सोजितले पेनाल्टीमा आफ्नो टोलीका सुटरले पनि राम्रो खेलेको बताए। \'म जन्मनुभन्दा अघिको पुस्ताले २२ वर्षअघि फुटबलमा उपाधि जितेको रहेछ। लामो समयपछि पुनः त्यस्तै खुसी फर्काउन पाउँदा निकै खुसी लागेको छ।\' \'हामी सधै भारतसँग पराजित हुने कुराले नमीठो लाग्थ्यो। अब हाम्रो पुस्ताका खेलाडीले आगामी दिनमा पनि भारतलाई हराउने क्षमता राख्छौं जस्तो लाग्छु\' १६ वर्षीय सोजितले थपे। यू–१२ देखि एन्फा एकेडेमी बुटवलमा रहेका सोजित दुई वर्षअघि काठमाडौं आएका हुन्। एन्फा एकेडेमीमा रहेर खेल र पढाइलाई सँगै अगाडि बढाएका सोजित अहिले ओलम्पियाड वर्ल्ड कलेजमा व्यवस्थापन संकायमा दस जोड दुई पढ्दैछन्। सोजितको अबको लक्ष्य सिनियर राष्ट्रिय टोलीमा स्थान बनाउनु रहेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending