Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

हवाई आक्रमणमा १७ विद्रोही र १९ सर्वसाधारणको मृत्यु

\"planeयमन । यमनको उत्तरी प्रान्त हजाहमा आइतबार साउदी अरेबियासँग आवद्ध हवाई आक्रमणमा कम्तीमा १७ सिया हुथी विद्रोहीको मृत्यु भएको समाचार छ । सो प्रान्तमा शृङ्खलाबद्ध रुपमा गरिएको यस आक्रमणमा ती व्यक्ति मारिएका सरकार र प्रत्यक्षदर्शीहरुले बताएका छन् । सो हवाई आक्रमणमा अब्स जिल्लामा अवस्थित विद्रोहीसँगआवद्ध अब्सको हतियारधारी शिविरमा नयाँ भर्ना हुन आएका १७ विद्रोही मरिएका र अरु दर्जनौं विद्रोही घाइते भएका एक सरकारी अधिकारीले सिन्ह्वा समाचार समितिलाई बताएका छन्  । आइतबार बिहान सबेरैबाट विद्रोहीलाई लक्ष्यगरी १५ वटा हवाई आक्रमण गरिएको  जनाइएको छ । सो आक्रमणको सम्पूर्ण क्षतिको बारेमा भने केही बताइएको छैन । विद्रोहीलाई लक्ष्यगरी पटक पटक गरिएको यस हवाई आक्रमणमा १९ जना कामदारको समेत मृत्यु भएको जनाइएको छ । सो भर्ती केन्द्रमा कार्यरत ती कामदार पनि सोही कारबाहीमा मारिएका बताइएको हो । स्थानीय बासिन्दा र प्रयत्क्षदर्शी दुवैले यी दुबै घटनाको पुष्टि गरेका समाचारमा जनाइएको छ । इरानको समर्थन रहेका यमनका हुथी विद्रोही विरुद्ध गत मार्चको २६ यता साउदी अरेवियासँग आवद्ध हवाई आक्रमण सुरु भएको थियो । यमनका राष्ट्रपति अब्द रब्बु मन्सोउर हादी भागेर साउदी अरेबियाको शरणमा  पुगेपछि सो हवाई आक्रमण सुरु भएको थियो । संयुक्त राष्ट्रसंघद्वारा जारी एक प्रतिवेदनकाअनुसार यमनमा गत पाँच महिनायता जारी द्वन्द्वको क्रममा कम्तीमा ६ हजार २२१ जना मारिएका छन्  । मारिएका ती व्यक्तिहरुमा १ हजार ९५० जना सर्वसाधारण रहेका जनाइएको छ । जारी यस द्वन्द्वमा ४ हजार २७१ व्यक्ति घाइते भएका पनि सो विज्ञप्तिमा जनाइएको छ । रासस ÷सिन्ह्वा अफगानिस्तानमा ७० तालिवान र आठ सैनिक मारिए काबुल । अफगानिस्तानका विभिन्न भू–भागमा यहाँको सेनाले तालिवान विद्रोही विरुद्ध जारी राखेको कारबाही तथा तालिवान र सैनिकबीचको झडपमा परी कम्तीमा पनि ७० जना तालिवान मारिएका छन् । सो कारबाहीका क्रममा अरु आठ सैनिक पनि मारिएको समाचार सोमबार सार्वजनिक गरिएको समाचारमा जनाइएको छ । अफगान गृह मन्त्रालयले सोमबार बिहान प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ ।  मन्त्रालयद्वारा जारी विज्ञप्तिमा आइतबार बिहानदेखि जारी यस कारबाहीका क्रममा ७० आतङ्ककारी मारिनुको साथै ४३ घाइते भएका र केहीजना पक्राउ परेको जनाइएको छ । देशको विभिन्न भागमा जारी यस कारबाहीको क्रममा तालिवानसँगको झडप र आतङ्ककारीले गरेका बम आक्रमणमा कम्तीमा आठ अफगान सेनाले पनि ज्यान गुमाएका जारी विज्ञप्तिमा जनाइएको छ । अफगानिस्तानको सेना र प्रहरीले तालिवान आतङ्ककारीहरुका विरुद्धमा निरन्तर रुपमा कारबाही जारी राखेको समाचार छ । प्राप्त समाचारअनुसार यसरी जारी राखिएको कारबाही अन्तर्गत गएको २४  घन्टाभित्र ती तालिवान मारिएका हुन् । जारी कारबाहीको क्रममा अफगान सेनाले बमहरु निष्क्रिय पार्नुको साथै ठूलो सङ्ख्यामा हातहतियार पनि कब्जा गरेको पनि जनाइएको छ । अफगानिस्तानबाट नेटो सैनिकले तालिवानसँगको युद्धमा भाग नलिने भनी बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सुरक्षाबलले आतङ्ककारी विरुद्ध कारबाही जारी राखेका छन् । केही दिनयता भएको तालिवान विरुद्धको कारबाहीका क्रममा यहाँको प्रहरीलाई सफलता प्राप्त भइरहेको पनि अधिकारीहरूले जनाएका छन् । तर कतिपय क्षेत्रमा तालिवानहरुको आक्रमणमा सर्वसाधारण र सुरक्षाकर्मीको पनि ज्यान जाने क्रम भने जारी रहेको छ । अफगानिस्तानमा बाँकी रहेका नेटो सैनिकले तालिवानसँग युद्ध नगर्ने तर अफगान सुरक्षाबललाई तालिम र सल्लाह दिने बताइएको छ । नेटो सैनिकले युद्ध समाप्तिको घोषणा गरी अफगानिस्तान छोडेको बताए पनि युद्ध भने रोकिएको छैन । सन् २००१ को अन्त्यमा अफगानिस्तानको शासन सत्ताबाट अपदस्थ भएका तालिवान आतङ्ककारी समूहले एम्बुस र आत्मघाती आक्रमण गर्दै सुरक्षाकर्मी र सर्वसाधारण नागरिकको हत्या गर्दै आएको पाइन्छ । रासस÷सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending