Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

१२ दिनपछि घैँटेको पोस्टमार्टम

\"Ghaite\"काठमाडौं । प्रहरी मुठभेडमा मारिएका डन कुमार घैँटे भनिने कुमार श्रेष्ठको १२ दिनपछि सोमबार पोस्टमार्टम गरिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूको रोहवरमा त्रिवि शिक्षण अस्पतालमा घैँटेको पोस्टमार्टम गरिएको हो । डा. हरिहर वस्ती नेतृत्वको चिकित्सक टोलीले घैँटेको शवको पोस्टमार्टम गरेको थियो । पोस्टमार्टममा छातीमा गोली लागेर मृत्यु भएको उल्लेख छ । तर, कति गोली लाग्यो भन्ने प्रस्ट छैन । ‘६ वटाभन्दा धेरै गोली लागेको छ,’ डा। वस्तीले भने, ‘ठ्याक्कै कति वटा लागेको हो भन्ने विश्लेषण हुनै बाँकी छ ।’ कति टाढाबाट गोली हानिएको भन्ने पनि प्रस्ट भएको छैन । एक मिटरभन्दा टाढाको दूरीबाट गोली लाग्दा दूरी प्रस्ट नहुने डा। वस्तीले बताए । पोस्टमार्टममा राष्ट्रिय मानवअधिकार आयोगका तीन अधिकृत उपस्थित थिए । कांग्रेसका सभासद् तथा घैँटेका आफन्तले योजनाबद्ध रूपमा प्रहरीले उनको हत्या गरेको भन्दै छानबिनका लागि आयोगमा उजुरी गरेका थिए । सोही आधारमा आयोगकै पदाधिकारीको रोहवरमा सोमबार पोस्टमार्टम गरिएको हो । कपुरधारास्थित आफ्नै घरअगाडि ३ भदौमा प्रहरीसँगको मुठभेडमा घैँटेको मृत्यु भएको थियो । महानगरीय अपराध महाशाखाको टोलीले हानेको गोली लागी उनको मृत्यु भएको हो । चेकजाँच गर्न खोज्दा प्रहरीमाथि नै गोली हानेपछि प्रतिकार गर्दा घैँटेको मृत्यु भएको प्रहरीको भनाइ छ । घटनामा घैँटेका दुई सहयोगीलाई समेत गोली लागेको थियो । उनीहरूको उपचार भइरहेको छ । घटना हुनु एक महिनाअघि नै घैँटेले आफूलाई प्रहरीले गोली हान्न खोजेको भन्दै मानवअधिकार आयोगमा उजुरी दिएका थिए । उजुरी दिँदादिँदै उनलाई प्रहरीले नियोजित रूपमा हत्या गरेको कांग्रेसका सभासद्हरू जगदीश्वरनरसिंह केसी, भीमसेनदास प्रधान, धनराज गुरुङलगायतले छानबिनका लागि दबाब दिँदै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending