Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

टीकापुरमा कफ्र्यु खुकुलो

काठमाडौं । धनगढी र टीकापुर क्षेत्रमा लागेको कफ्र्यु स्थानीय प्रशासनले क्रमशस् खुकुलो बनाउँदै लगेको छ । टीकापुर घटनापछि कैलाली प्रशासनले टीकापुर क्षेत्र र धनगढीमा कफ्र्यु लगाउँदै आएको छ । आजको नयाँ पत्रिका दैनिका खबर छ टीकापुर क्षेत्रमा लाग्दै आएको २४ घन्टे कफ्र्यु दुई घन्टा घटाइएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कफ्र्यु जारी भए पनि स्थानीयलाई सहज होस् भनेर सोमबार बिहान ८ देखि १० बजेसम्म कफ्र्यु हटाइएको कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले बताए । टीकापुरमा ७ भदौदेखि कफ्र्यु लाग्दै आएको छ । आइतबार बिहान ९ देखि ११ बजेसम्म कफ्र्यु खुला गरेको प्रशासनले सोमबार बिहान ८ देखि १० बजेसम्म कफ्र्यु हटाएको थियो । २४ घन्टे कफ्र्यु घटेपछि सर्वसाधारणको बजारमा चहलपहल भएको छ । धनगढी नगरपालिका क्षेत्रमा लगाइँदै आएको कफ्र्यु पनि क्रमशस् घट्दै गएको छ । सोमबार धनगढीमा बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म कफ्र्यु लागेको थियो । प्रजिअ चापागाईंले टीकापुरमा भएको घटनालाई मध्यनजर गर्दै धनगढीमा पनि कफ्र्यु लगाइएको र सुरक्षा स्थिति सामान्य बन्दै गएपछि हटाइने बताए । संसदीय समितिद्वारा टीकापुर घटनाको अनुसन्धान सुरु व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले टीकापुर घटनाको अनुसन्धान थालेको छ । कांग्रेसका सभासद् जीवन श्रेष्ठको संयोजकत्वमा रहेको पाँच सदस्यीय उपसमितिले सोमबारदेखि घटनाबारे अनुसन्धान थालेको हो । सोमबार कैलालीका सहायक प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीसँग छलफल गरिएको समितिका सदस्य एवं सभासद् प्यारेलाल रानाले जानकारी दिए । पाँच दिन म्याद पाएको समितिले घटनास्थलको पनि अध्ययन, अनुसन्धान गर्नुका साथै दल, मानवअधिकारकर्मी, पत्रकार र स्थानीयसँग छलफल गर्ने जनाएको छ । समितिले टीकापुर घटनाको सत्यतथ्य पत्ता लगाएर सरकारलाई प्रतिवेदन पेस गर्नेछ । समितिमा सभासद्हरू राना, चन्द्रादेवी जोशी, कमलाकुमारी सुवेदी ९घिमिरे०, ओन्डी शेर्पा सदस्य छन् । थप आठ पक्राउ टीकापुर घटनामा संलग्न रहेको आशंकामा प्रहरीले थप आठजनालाई आइतबार राति पक्राउ गरेको छ । सुरक्षाकर्मीको संयुक्त गस्ती टोलीले आइतबार राति थापापुरको नवलपुर, थापापुर, खैरा, गौडचौरालगायतका गाउँबाट उनीहरूलाई पक्राउ गरेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending