Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या

खबरडबली संवाददाता

बागलुङ । बागलुङमा पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट उमेर नपुगी गर्भपतन गराउनेको सङ्ख्या वृद्धि हुन थालेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

जिल्लाको धौलागिरि अस्पताल, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र गलकोट नगरपालिकासँगै २७ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनको सेवा लिन पाइने भन्दै कतिपयले गर्भपतनलाई विकल्पका रुपमा लिन थालेपछि यसको सङ्ख्यामा वृद्धि हुन थालेको स्वास्थ्य कार्यालयका प्रमुख एवं जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यले बताए। उनका अनुसार गर्भपतन गराउनेमध्ये २० वर्ष नपुग्दै गराउने अधिक रहेका छन् । 

निरन्तरको गर्भपतले स्वास्थ्यमा जटिल समस्या ल्याउने, बाझाँेपनको समस्या बढाउने भएकाले सुरक्षितरुपमा र आवश्यकता भएमात्रै गर्भपतन गराउनुपर्ने जनस्वास्थ्य प्रशासक आचार्यले जोड दिए । सरकारले जटिल अवस्थाका गर्भवतीलाई गर्भपतनको सुविधा दिए पनि अवैध गर्भाधान गरेकाले यसको फाइदा उठाइरहेका उनको भनाइ छ । 

जिल्लास्थित स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म बागलुङका सात सय ९८ महिलाले गर्भपतन गराएका छन् । जसमध्ये २० वर्षभन्दा कम उमेर समूहका २४ जना रहेका आचार्यले जानकारी दिए। उनका अनुसार २० वर्षभन्दा कम उमेरका २४ मध्ये चार जनाको सर्जिकल माध्यमबाट र २० जनालाई औषधि खुवाएर सुरक्षित गर्भपतन गराइएको हो । 

यो वर्ष १२ हप्ताभन्दा माथिको गर्भपतन गराउनेको सङ्ख्या अत्यधिक वृद्धि भएको छ । गत आर्थिक वर्षमा २० वर्ष माथिका एक जनाको १२ हप्ता माथिको गर्भ औषधि सेवन गरेर पतन गराइएको थियो । “चालु आवमा २० वर्ष माथिका १८ र २० वर्ष कमका दुई जनाले १२ हप्तामाथिको गर्भ औषधि प्रयोग गरेर पतन गराएका छन् । साथै २० वर्ष कम उमेरमा चार जनाको १८ हप्तामाथिको गर्भ उपकरण प्रयोग गरेर पतन गराइएको छ”, जनस्वास्थ्य प्रशासक आचार्यले भने ।

सरकारले गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन सक्ने व्यव्स्था गरेको छ । स्वास्थ्यकर्मीको परामर्शमा बच्चा जन्माउँदा महिलाको ज्यान खतरामा पर्न सक्ने, विकलाङ्ग, जबर्जस्ती करणी, हाडनातामा करणी, निको नहुने प्रकृतिका रोग लागेको भएमा महिलाकै मञ्जुरीमा २८ हप्तासम्मको गर्भ सुरक्षितरुपमा पतन गराउन मिल्ने कानुनी व्यवस्था ल्याएपछि गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको आचार्यको भनाइ छ । 

परिवारकै सहमतिमा हुने अधिकांश गर्भपतन जिल्ला बाहिरका स्वास्थ्य संस्था रोज्ने गरिएकाले यो तथ्याङ्क अझै कम रहेको स्वास्थ्य कार्यालय प्रमुख आचार्यले बताउनुभयो । गत आवमा १२ हप्ताभन्दा कमको सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या एक हजार ८४ थियो । सोमध्ये ७९ जना २० वर्ष कमका र नौ सय ४२ जना २० वर्ष माथिका महिलाले औषधि सेवन गरेका थिए । साथै २० वर्ष माथिका ६२ र कमका एक जनाको उपकरण प्रयोग गरेर गर्भपतन गराइएको थियो । 

गाउँघरमा र सरकारले मान्यता नदिएका क्लिनिकबाट गर्भपतन गराउने महिलाको सङ्ख्यासमेत ठूलो हुनसक्ने आचार्यको भनाइ छ । गर्भपतन गराएपछि धेरै रक्तश्राव हुने, दुखाइ धेरै हुने, प्रजनन अङ्गमा समस्या आउने र दोस्रो गर्भ रहन समय लाग्नेलगायत जटिल स्वास्थ्य समस्या देखिएको उनले बताए। यौनसम्पर्कमा गरिएको हेलचक्रयाइँका कारण महिलाले गर्भपतन गराउने गरेकाले सङ्ख्यामा वृद्धि भएको उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वमन्त्री दीपक खड्काको घरमा आगजनी र तोडफोड प्रकरण: तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...

सरकारले उखुको खरिद मूल्य तोक्यो, प्रति क्विन्टल ६२० निर्धारण

काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...

ओलीले महिलालाई सधैं अपमान गर्छन्: अष्टलक्ष्मी शाक्य

विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति

खानेपानी तथा सरसफाइ डिभिजन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  ठेक्कामा बढी कबोल रकम गरे...

विराटनगरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...

कैलाली–५ बाट आरजु राणासहित चार जना उम्मेदवार सिफारिस

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सुचीसहित)

काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...

यही प्रणालीमा चुनाव गरेर मुलुक अघि बढ्छ भन्नु भ्रम हो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...

सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।  पूर्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending