बागलुङ । बागलुङमा पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट उमेर नपुगी गर्भपतन गराउनेको सङ्ख्या वृद्धि हुन थालेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
जिल्लाको धौलागिरि अस्पताल, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र गलकोट नगरपालिकासँगै २७ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनको सेवा लिन पाइने भन्दै कतिपयले गर्भपतनलाई विकल्पका रुपमा लिन थालेपछि यसको सङ्ख्यामा वृद्धि हुन थालेको स्वास्थ्य कार्यालयका प्रमुख एवं जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यले बताए। उनका अनुसार गर्भपतन गराउनेमध्ये २० वर्ष नपुग्दै गराउने अधिक रहेका छन् ।
निरन्तरको गर्भपतले स्वास्थ्यमा जटिल समस्या ल्याउने, बाझाँेपनको समस्या बढाउने भएकाले सुरक्षितरुपमा र आवश्यकता भएमात्रै गर्भपतन गराउनुपर्ने जनस्वास्थ्य प्रशासक आचार्यले जोड दिए । सरकारले जटिल अवस्थाका गर्भवतीलाई गर्भपतनको सुविधा दिए पनि अवैध गर्भाधान गरेकाले यसको फाइदा उठाइरहेका उनको भनाइ छ ।
जिल्लास्थित स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म बागलुङका सात सय ९८ महिलाले गर्भपतन गराएका छन् । जसमध्ये २० वर्षभन्दा कम उमेर समूहका २४ जना रहेका आचार्यले जानकारी दिए। उनका अनुसार २० वर्षभन्दा कम उमेरका २४ मध्ये चार जनाको सर्जिकल माध्यमबाट र २० जनालाई औषधि खुवाएर सुरक्षित गर्भपतन गराइएको हो ।
यो वर्ष १२ हप्ताभन्दा माथिको गर्भपतन गराउनेको सङ्ख्या अत्यधिक वृद्धि भएको छ । गत आर्थिक वर्षमा २० वर्ष माथिका एक जनाको १२ हप्ता माथिको गर्भ औषधि सेवन गरेर पतन गराइएको थियो । “चालु आवमा २० वर्ष माथिका १८ र २० वर्ष कमका दुई जनाले १२ हप्तामाथिको गर्भ औषधि प्रयोग गरेर पतन गराएका छन् । साथै २० वर्ष कम उमेरमा चार जनाको १८ हप्तामाथिको गर्भ उपकरण प्रयोग गरेर पतन गराइएको छ”, जनस्वास्थ्य प्रशासक आचार्यले भने ।
सरकारले गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन सक्ने व्यव्स्था गरेको छ । स्वास्थ्यकर्मीको परामर्शमा बच्चा जन्माउँदा महिलाको ज्यान खतरामा पर्न सक्ने, विकलाङ्ग, जबर्जस्ती करणी, हाडनातामा करणी, निको नहुने प्रकृतिका रोग लागेको भएमा महिलाकै मञ्जुरीमा २८ हप्तासम्मको गर्भ सुरक्षितरुपमा पतन गराउन मिल्ने कानुनी व्यवस्था ल्याएपछि गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको आचार्यको भनाइ छ ।
परिवारकै सहमतिमा हुने अधिकांश गर्भपतन जिल्ला बाहिरका स्वास्थ्य संस्था रोज्ने गरिएकाले यो तथ्याङ्क अझै कम रहेको स्वास्थ्य कार्यालय प्रमुख आचार्यले बताउनुभयो । गत आवमा १२ हप्ताभन्दा कमको सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या एक हजार ८४ थियो । सोमध्ये ७९ जना २० वर्ष कमका र नौ सय ४२ जना २० वर्ष माथिका महिलाले औषधि सेवन गरेका थिए । साथै २० वर्ष माथिका ६२ र कमका एक जनाको उपकरण प्रयोग गरेर गर्भपतन गराइएको थियो ।
गाउँघरमा र सरकारले मान्यता नदिएका क्लिनिकबाट गर्भपतन गराउने महिलाको सङ्ख्यासमेत ठूलो हुनसक्ने आचार्यको भनाइ छ । गर्भपतन गराएपछि धेरै रक्तश्राव हुने, दुखाइ धेरै हुने, प्रजनन अङ्गमा समस्या आउने र दोस्रो गर्भ रहन समय लाग्नेलगायत जटिल स्वास्थ्य समस्या देखिएको उनले बताए। यौनसम्पर्कमा गरिएको हेलचक्रयाइँका कारण महिलाले गर्भपतन गराउने गरेकाले सङ्ख्यामा वृद्धि भएको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - १४:१५
कोलम्बिाया। कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइएको छ । कोल...
श्रावण ३० गते, २०८३ - १३:५४
बाजुरा । बाजुराका नौवटै स्थानीय तहका ९३ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ। तीमध्ये ४९ बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुप...
श्रावण ३० गते, २०८३ - १३:३९
काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आजदेखि बन्दसत्र सुरु भएको छ। काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी भेला...
श्रावण ३० गते, २०८३ - १३:१४
काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट विशेष रूपमा ग्यास बिक्री वितरण सुरु गरेको छ। ग्यासको अभाव...
श्रावण ३० गते, २०८३ - १२:४३
मुस्ताङ। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास सम...
श्रावण ३० गते, २०८३ - १२:२०
काभ्रेपलाञ्चोक । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस अचानक गुडेर इभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ...
श्रावण ३० गते, २०८३ - १२:००
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा सडकछेउमा रोकिएको बस आफैं गुडेर अर्को सवारीलाई ठक्कर दिँदा बस र इभी भ्यान सडकबाट करिब ३०–४० मि...
श्रावण ३० गते, २०८३ - ११:४७
तनहुँ। सङ्घ र प्रदेश सरकार मातहतका पूर्वाधार आयोजनाहरूमा रोक्का भएको बजेट समयमै फुकुवा नहुँदा जिल्लामा सञ्चालित विकास निर्माणका काम प्रभावित बनेका छन्...
श्रावण ३० गते, २०८३ - ११:३०
म्याद सकिएको लाइसेन्सदेखि नक्कली उपाधिसम्म
श्रावण ३० गते, २०८३ - ११:१३
नारायणगढ। शुक्रबार राति नारायणगढमा भएको झडपमा चार जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा राति १:२० बजे दुई समूहबिच झैझग...



प्रतिकृया लेख्नुहोस्: