काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक कर्मचारीको घरबाट प्रहरीले छ लाख रुपियाँ बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले कोषका नायब सुब्बा नवराज ढोडारीको घरबाट उक्त रकम बरामद गरेको हो ।
भेटी चोरीमा संलग्नताको आरोपमा गत जेठ ७ गते नासु ढोडारीसहित आठ जनालाई नियन्त्रणमा लिइएको थियो । पक्राउ परेका मन्दिरका ब्राह्मण नवराज घिमिरे, मन्दिरमा बाजा बजाउने कर्मचारी अनिल परियार, सञ्जय कपाली र कुमार परियारमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
पशुपति क्षेत्र विकास कोषको सिसिटिभी निगरानीका क्रममा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षका मुख्य कर्मचारी ढोडारीसहितका कर्मचारीले लुकाएर लाने गरेको खुलेको थियो । मन्दिरभित्रै रंगेहात समातिएका एक आरोपीले पदाधिकारीकै संरक्षणमा चोरीमा संलग्न भएको बयान दिएपछि कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी पनि तानिएका छन् ।
कोषाध्यक्ष सुवेदी जनता टेलीभिजनमा कार्यरत भएकाेकै समयमा तत्कालीन पर्यटनमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले पशुपति क्षेत्र विकास कोषमा नियुक्त गरेका थिए । उनी एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगमा समेत रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - ०९:१२
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो १०० दिनमा परम्परागत राजनीतिक शैलीभन्दा फरक कार्यशैली अपनाएको दाबी गरेको छ...
आषाढ़ १९ गते, २०८३ - ०८:१६
काठमाडौं । काठमाडौंको तारकेश्वर–६ पैयुँटारमा नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको हत्या प्रकरणमा उनका श्रीमान् कुमार थापा मगर (टिकटकमा ‘नेपाली ब्रो’का...
आषाढ़ १९ गते, २०८३ - ०८:१३
काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। संक्रमित पन्छी ब...
आषाढ़ १९ गते, २०८३ - ०८:११
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (असार १९) का लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो ने...
आषाढ़ १९ गते, २०८३ - ०८:०९
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्ला तीन दिनको थोक मूल्य सूचीअनुसार बजारमा अधिकांश फलफूलको मूल्य स्थिर रहे पनि लिचीको मूल्य...
आषाढ़ १९ गते, २०८३ - ०८:०५
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधान विपरीत कार्य गरेको भन्दै आरके म्यानपावर ग्रुपलाई कारबाही गरेको छ। विभागले उक्त म...
आषाढ़ १९ गते, २०८३ - ०७:२४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ। पार्टीका संसदीय दलका उपनेता तथा केन्द्रीय सदस्य ग...
आषाढ़ १९ गते, २०८३ - ०७:०९
काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि १४० टन भग्नावशेषमुनि आठ दिनसम्म फसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। यो उद्धारलाई हालसम्मकै सबैभ...
आषाढ़ १९ गते, २०८३ - ०७:०७
खोटाङ । खोटाङकाे जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरू भएको बोपुङको...
आषाढ़ १९ गते, २०८३ - ०७:०४
काठमाडौं । फिफा विश्वकप २०२६ मा पोर्चुगलले रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। भर्खरै सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियालाई ...



प्रतिकृया लेख्नुहोस्: