Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

निर्णायक र नेतृत्वदायी पदमा महिला सहभागिता न्यून

अमृता अनमोल
अमृता अनमोल

काठमाडौं । नेपालको संविधानले राज्यका हरेक संरचनामा ३३ प्रतिशत महिला सुनिश्चित गर्न निर्देश गरेको छ । राज्य एकात्मक शासन प्रणालीबाट सङ्घात्मक शासन प्रणालीमा रुपान्तरण भएको छ । यससँगै शक्ति संरचना र निर्णायक तहमा महिला जाने प्रक्रिया बढेको छ । 

नेपाली महिलाहरुको नीति निर्माण गर्ने, निर्णय गर्ने र राज्य सञ्चालन प्रक्रियामा सहभागिता बढेको छ । स्थानीय तहको वडा सदस्यदेखि सङ्घीय संसदमा सांसद महिलाहरु बढेका छन् । तर, देश हाक्ने सबैभन्दा ठूलो कार्यकारी तह मन्त्रिपरिषद्मै ३३ प्रतिशत महिला छैनन् । प्रदेश सरकार र स्थानीय तहका कार्यकारी र निर्णायक पदमा पनि महिला प्रतिनिधित्व कमजोर छ । 

राज्यले नियुक्त गर्ने संवैधानिक आयोग, कुटनीतिक नियोग र उच्चपदस्थ नियुक्तिहरुमा महिला सहभागिता न्यून छ । निर्णायक र नेतृत्वदायी तहमा महिला नहुँदा उपस्थिति बढे पनि अपेक्षा अनुरुप नीतिगत रुपमा महिलामैत्री काम हुन सकेका छैनन् । नेपाली समुदायमा पितृ सत्तात्मक व्यवहार र अभ्यास अझै बाँकी छ । परम्परागत संरचना र मूल्य मान्यताले पितृ सत्तात्मक सोचलाई फेर्न सकेको छैन । त्यही पितृ सत्तात्मक सोचले कानुनी बाध्यता बाहेकका महिलालाई कार्यकारी र निर्णायक तहमा जान रोकेको हो ।

उदाहरणको रुपमा लुम्बिनी प्रदेशमा हेरौं । लुम्बिनी प्रदेशको ठूलो दल एमालेमा १० महिलासहित २९ जना प्रदेशसभा सदस्य छन् । तर, सरकारमा पाँच मन्त्री बनाउँदा एमालेले एउटै पनि महिला मन्त्री बनाउन सकेन । प्रदेशसभाको संसदीय समितिमा तीन मन्त्री सभापति हुँदा समेत एक महिला खोजिएन । यत्तिमात्रै होइन, एमालेले आफ्नै पाटीभित्र संसदीय दलको नेता र प्रमुख सचेतकमा पनि महिला राखेको छैन । 

एमालेभित्र सक्षम महिला प्रदेश सभा सदस्य नभएका हुन् वा अन्य कारणले दलका नेताहरु तैँचुप मैचुपमा छन् । यद्यपि प्रत्यक्षबाट जितेका प्रदेशसभाका सदस्य महिला नभएकाले मन्त्री वा विषयगत समितिको सभापति पद दिन नसकिने भन्दै आफ्ना आवाज नसुन्ने गरेको गुनासो महिला प्रदेशसभा सदस्यहरुकोे छ ।     

लुम्बिनीमै ११ प्रदेशसभा सदस्य रहेको माओवादी केन्द्रमा चार महिला छन् । माओवादीले मुख्यमन्त्रीे जोखबहादुर महरा बन्दा आफ्नो पार्टीबाट मन्त्रीमा समेत समेटेको छैन । बरु प्रदेशसभाको संसदीय समितिको सभापतिमा एक महिलालाई थन्काएकोे छ । लुम्बिनी प्रदेश सरकारमा पाँच दलसहित एक स्वतन्त्र सहभागी छन् । 

लैंगिक हिसाबले पुरुष मात्रै सहभागी मन्त्रिपरिषद्मा सानो दल नेकपा ९एस०बाट भगवती अधिकारी मन्त्री बनेकी छन् । त्यो पनि नेकपा एकिृतबाट महिला मात्रै प्रदेशसभा सदस्य भएकाले सामाजिक विकास मन्त्रालय फुटालेर महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय बनाएर जिम्मा दिइएको छ । दश दल सहभागी लुम्बिनी प्रदेशमा ३३ महिला प्रदेशसभा सदस्य छन् । यसअघि नेपाली कांग्रेसले पनि मन्त्री पद महिलालाई दिएको थिएन । 

लुम्बिनी प्रदेशमा जस्तै अन्य प्रदेशमा पनि असमावेशी मन्त्रिपरिषद् छ । असमावेशी प्रदेशसभाको विषयगत समिति छन् । संसदीय दल र दलका नेता महिलाको नेतृत्वमा छैनन् । देशको मूल कानुन संविधान हो भने मूलनीति राजनीति हो । 

सङ्घीयताको जगमा बनेको प्रदेश संरचनामै राजनीतिक दलहरुले कार्यकारी तहमा महिला नलैजानु सङ्घीयता र संविधानको समावेशी नीति विपरीतको काम हो । असमावेशीताको पराकाष्टा हो । यसर्थ, राज्य सञ्चालन प्रक्रियाको कार्यकारी तहमा पुरुष मात्रै जाने र महिला नलैजाने राजनीतिक दलहरुको क्रियाकलाप सच्चाउन जरुरी छ ।     

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका देशका शाशन पद्धतिका महत्वपूर्ण तीन अङ्ग हुन् । कानुनी प्रावधान राखेकाले अहिले प्रतिनिधिसभा र राष्ट्रियसभामा महिलाको उपस्थिति ३३ प्रतिशत पुगेको छ । प्रदेशसभामा ३४ प्रतिशत महिला छन् । स्थानीय तहमा बढेर ४१ प्रतिशत महिला छन् । यी महिलाले हासिल गरेका उपलब्धि हुन् ।

कानुनी रुपमा बाध्यतावश दिनैपर्ने पद हुन् । देशका तीनवटै अङ्गका प्रमुख पुरुष छन् । अर्थात प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख तीन वटैमा पुरुषको नेतृत्व छ । राष्ट्रपति पुरुष छन् । सङ्घीय व्यवस्थापछि बनेका सात प्रदेश सरकार कुनैमा मुख्यमन्त्री महिला छैनन् । न त, प्रदेश प्रमुख नै महिला छन् ।     

संवैधानिक बाध्यता नहुँदा प्रदेश र सङ्घीय सरकारमा ३३ प्रतिशत महिला छैनन् । ५५३ स्थानीय तहमध्ये २५ वटामा मात्रै महिला प्रमुख वा अध्यक्ष छन् । देशको सबैभन्दा उच्च कार्यकारी पद प्रधानमन्त्री अझै महिला बन्न सकेका छैनन् । प्रदेश सरकार स्थापनाको सात वर्ष बित्दासम्म मुख्यमन्त्री महिला बनेका छैनन् । वाध्यकारी बाहेकका पदमा महिलालाई अगाडि बढाउन नखोज्ने प्रवृत्ति सबैजसो दलमा छ । 

यही प्रवृत्ति महिला सहभागिता र नेतृत्वको वाधक हो । महिलालाई शासक होइन सेवक ठान्ने प्रवृत्ति हो । पितृसत्ताले गाँजिएका दलका नेताहरुको मनमा रहेको पितृसत्ताको घर नफाल्दासम्म राजनीतिक दल र सरकारको शाशनकपद्धतिमा निर्णायक तहमा महिला जान सक्ने अवस्था देखिदैन ।     

महिला सहभागिता हुँदै महिला नेतृत्व लैंगिक समानता दिगो विकास र न्यायिक विकासका सुचक हुन् । व्यवस्थापिका अन्तरगत अहिले प्रतिनिधिसभा र राष्ट्रियसभामा महिलाको उपस्थिति ३३ प्रतिशत पुगेको छ । प्रदेशसभामा ३४ प्रतिशत महिला छन् । स्थानीय तहमा बढेर ४१ प्रतिशत महिला छन् । यी महिलाले हासिल गरेका उपलब्धि हुन् । सजिलो गरी भन्दा कानुनी रुपमा बाध्यतावश महिलालाई दिनैपर्ने पद हुन् । 

राज्यका हरेक संरचनामा ३३ प्रतिशत महिला सुनिश्चित गर्ने हो भने सबैभन्दा पहिला कार्यकारी पदमा महिला ल्याउनुपर्छ । त्यो भनेको तीन तहकै सरकारमा ३३ प्रतिशत महिला अनिवार्य राख्ने व्यवस्था हुनुपर्छ । सङ्घीय र प्रदेश सरकार दुवैमा कुल मन्त्रिपरिषद् सदस्य जोड्दा ३३ प्रतिशत महिला हुनैपर्ने कानुनी व्यवस्था हुनुपर्छ । नत्र मन्त्रिपरिषद्मा एक वा दुई मन्त्री राखेर लैंगिक समावेशीको उद्देश्य पूरा हुँदैन । यो मात्र हात्तीको दाँतजस्तै मात्र हुन्छ ।     
     
नेपालको समावेशी संविधानको जगमा बनेका १३ वटा संवैधानिक आयोगको व्यवस्था गरेको छ । ती अख्तियार दुरुपयोग अनुसन्धान, लोकसेवा, निर्वाचन, राष्ट्रिय महिला, प्राकृतिक स्रोत तथा वित्त, महालेखा, मानव अधिकार, आदिवासी जनजाति, मधेशी, थारु, समावेशी, मुस्लिमलगायत १३ वटा आयोग हुन् । राष्ट्रिय महिला आयोगबाहेक अरु १२ वटै आयोगमा अध्यक्ष पुरुष छन् । अधिकार सम्पन्न यस्ता आयोगमा महिलालाई अध्यक्षता नदिने मात्र होइन, ३३ प्रतिशत महिलाको नियुक्ति समेत छैन ।     

राज्यका निर्णायक तह र सार्वजनिक नीति निर्माण तहमा महिला सहभागिता बढाउने दुई विधि छन् । ती हुन्, स्वतन्त्र निर्वाचन र सरकारी सेवा प्रवेश । राजनीतिक रुपमा वा स्वतन्त्र रुपमा जनमत पाएर वा सरकारबाट नियुक्त भएर जाने पद मात्र होइन, आफ्नो शैक्षिक र बौद्धिक बलबुताबाट जाने उच्चस्तरीय पदमा पनि महिला नेतृत्व छैन । सुरक्षा संयन्त्रकै कुरा गरौं, नेपाली सेना, ससस्त्र र नेपाल प्रहरी तिनवटै सुरक्षा निकायमा महिला प्रमुख छैनन् । विसं २००७ बाट महिलालाई भर्ना लिन थालेको नेपाल प्रहरीमा अहिलेसम्म महिला प्रहरी प्रमुख बनाइएको छैन । विसं १९६१ देखि महिलालाई भर्ती लिन थालेको नेपाली सेनामा पनि उस्तै छ । 

सुरुआतमा प्राविधिक फाँटमा महिलालाई भर्ना लिन थालेको सेनाले बिस्तारै नर्सिङ, चिकित्सक, इन्जिनीयर हुँदै विसं २००४ देखि सैन्य जवानमा महिला भर्ती लिन थालेको थियो । विडम्वना सेनामा अहिलेसम्म प्रमुख महिला बनेका छैनन् । दुबै सुरक्षा संयन्त्रमा अब पनि तत्काल प्रमुख बन्ने लाइनमा महिला छैनन् । प्रशासनिक क्षेत्रमा मुख्य सचिव सबैभन्दा ठूलो तह हो । निजामती क्षेत्रबाट देशको प्रशाशन चलाउने मुख्य सचिव पनि पुरुष नै छन् । 

शिक्षा, योग्यता र अनुभवका आधारमा पुगिने यस्ता पदमा पनि महिला प्रमुख हुन सकेका छैनन् । सातवटै प्रदेशमा रहेका प्रमुख सचिव पनि पुरुष छन् । स्थानीय तहमा पनि अधिकांशमा प्रमुख प्रशासकीय अधिकृत पुरुष राखिएका छन् । प्रशासनिक क्षेत्रमा समान तहमा रहेका महिलालाई पनि प्रमुखको भूमिकामा नपठाइनु महिला नेतृत्व नस्वीकार्नुको अर्को उदाहरण हो ।    

निष्कर्षमा, संवैधानिक सुनिश्चितता भएकाले राज्य सञ्चालन प्रक्रियामा महिलाको सहभागिता बढ्दै गएको छ । यो राम्रो कुरा हो । तर, समावेशी लोकतान्त्रिक अभ्यास सुरु गरेको डेढ दशक बित्न लाग्दासम्म पनि महिला नेतृत्व स्थापित छैन । अर्थात् कार्यकारी, निर्णायक र नेतृत्व प्रदान गर्ने पदमा महिला उपस्थिति कमजोर छ । महिलाको भूमिकालाई आत्मसाथ गरी समाज परिवर्तन गर्न हरेक क्षेत्रमा महिला नेतृत्व आवश्यक छ । त्यसका लागि महिलालाई संरक्षण, सम्मान, हौसला र गर्वकासाथ नेतृत्व तहमा पुर्याउन सघाउनुपर्छ ।     

विश्वमा सन् २०३० सम्ममा लङ्गिकरुपमा महिला पुरुषको समान सहभागिताको लक्ष्य निर्धारण गरिएको छ । दिगो विकास लक्ष्य पूरा गर्न पनि महिलालाई निर्णायक र नेतृत्व तहमा पुर्याउन काम गर्नुपर्नेछ । तीनवटै तहमा संस्थागत संयन्त्रको सुदृढीकरण र उत्तरदायित्वको विकास गर्नुपर्नेछ । 

निर्णायक तहमा महिला नेतृत्व बढाउन राजनीतिक दल र सरकारमा महिला सहभागिता बढाउनुपर्छ । प्रदेशसभा सदस्य र सङ्घीय सांसदमा जस्तै मन्त्रिपरिषद्मा पनि अनिवार्य ३३ प्रतिशत महिला हुनुपर्ने कानुनी व्यवस्था गरिनुपर्छ । संवैधानिक आयोगमध्ये एक तिहाइमा प्रमुख महिला हुने व्यवस्था गरिनुपर्छ ।     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending