Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

जुम्लाका किसानलाई भेडा वितरण

खबरडबली संवाददाता

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले किसानलाई भेडा वितरण गरेको छ। आर्थिक वर्ष २०८०र८१ को बजेटबाट कनकासुन्दरी –७ का १८  किसानलाई भेडा वितरण गरिएको हो । 

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सात लाख, लाभग्राहीबाट चार लाख २० हजार र कनकासुन्दरी गाउँपालिकाको दुई लाख ८० हजारको लागतमा भेडा खरिद गरिएको कनकासुन्दरी गाउँपालिको पशुपन्छी विकास शाखाका प्रमुख लालबहादुर रावतले बताए। 

गडुनानी साझेदारी भेडा पकेट समूहले ९० भेडा र दुई थुमा खरिद गरेर  किसानलाई वितरण गरिएको हो । उक्त समूहका २७ सदस्यमध्ये पहिलो पटकमा १८ किसानलाई भेडा वितरण गरिएको हो । जिल्ला अन्य स्थानीय तहभन्दा कनकासुन्दरीमा भेडापालनको उपयुक्त ठाउँसमेत हो।

पालिकामा भेडा पकेट कार्यक्रम रहेकाले यसभन्दा पहिलेका वर्षहरुमा पनि अन्य वडामा पनि भेडा वितरण गरेको गाउँपालिका अध्यक्ष दामोदर आचार्यको भनाइ छ। 

जुम्लामा ८४ हजार भेडा पशु अस्पताल तथा पशुसेवा कार्यालयका अनुसार जुम्लामा अहिले ८४ हजार तीन सय ८८ भेडा रहेको तथ्याक छ । यसैगरी बाख्राको सङ्ख्या ४६ हजार तीन सय छ रहेका कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिए। 

जिल्लामा ६९ हजार हेक्टर चरन क्षेत्र रहेको छ। कार्यालयबाट भेडापालक किसानलाई विभिन्न किसिमका सीपमूलक तथा प्राविधिक तालिम दिँदै आएको कार्यालयले जनाएको छ। पछिल्लो समयमा जुम्लाका स्थानीय भेडापालनमा आकर्षित हुन थालेका छन्।

बजारमा भेडाको माग बढ्न थालेपछि स्थानीय भेडापालनमा आकर्षित भएको पातारासीका मुनबहादुर ऐडीले बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy