NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

रत्नपार्कबाट लक्ष्य भन्दा दोब्बर आम्दानी

ratnaparkकाठमाडौं । पछिल्लो पटक गत असार १५ देखि पुनःसञ्चालनमा आएको रत्नपार्कले दुई महिनामा १३ लाख ९३५ बराबरको आम्दानी गरेको छ । काठमाडौं महानगरपालिकाअन्तर्गत वातावरण व्यवस्थापन विभागको रत्नपार्क तथा रानीपोखरी एकाइले पार्कमा प्रवेश गर्नेबाट वार्षिक करिब रु ४० लाख बराबरको आम्दानी गर्ने लक्ष्य लिए पनि सुरूवातमै अवलोकनकर्ताको सङ्ख्यामा वृद्धि भएकाले लक्ष्यभन्दा दोब्बर हुने अनुमान गरिएको हो । एकाइका सहायक प्रमुख उमेश भण्डारीका अनुसार विभिन्न कारणले हुने गरेका बन्दको समयमा पनि पार्क बन्द नहुने भएकाले पनि आम्दानी राम्रो भएको हो । भण्डारीका अनुसार पुनःनिर्माण पछिको व्यवस्थापन व्यवस्थित हुनुका साथै स्वच्छ र सफा भएका कारण हाल पार्कमा दैनिक ८०० सम्म सर्वसाधारण आउने गरेका छन । बिदाको दिनमा दुई हजारसम्म आउने गरेका छन् । सो पार्कलाई स्वच्छ र सफा राख्नका लागि दैनिक पाँच जना खटाइएको छ । पुनःनिर्माणअघिसम्म पार्क  सर्वसाधारणका लागि निःशुल्क खुला गरिएको थियो । तर अहिलेको जस्तो स्वच्छ र सफा भने थिएन । बालबालिका घुम्नका लागिमात्रै नभई फुर्सदको समयमा पठनपाठनका लागि पनि आउने गरेका छन् । बढीमात्रामा २० देखि ४० वर्षसम्मका युवायुवती आउने गरेको भए पनि हरियाली भएकाले वृद्ध नागरिकसमेत आउने गरेका छन् । व्यवस्थापनलाई सहज बनाउनकै लागि प्रवेश शुल्क निर्धारण गरिएको एकाइको भनाइ छ । प्रवेश शुल्कस्वरुप सर्वसाधारणका लागि २५ र विद्यार्थीका लागि १५ निर्धारण गरिएको छ । पोसाकमा आउने सुरक्षाकर्मी तथा पत्रकार, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । रत्न राज्यलक्ष्मी शाहको नामबाट ४३ रोपनी जग्गामा २०१८ सालबाट निर्माणको काम सुरु गरी २०२१ सालमा पूरा भएको सो पार्कमा तत्कालीन समयमा शाहको शालिकसमेत रहेको थियो । विभिन्न आन्दोलनका क्रममा सो सालिक भत्काइको सो एकाइले जनाएको छ । विसं २०७१ वैशाखबाट बन्द रहेको पार्क पुनःनिर्माण पछि गत असार १५ देखि न्यूनतम प्रवेश शुल्कसहित सञ्चालनमा आएको हो । पार्क पुःन निर्माणका लागि रु ७५ लाख लागेको बताइएको छ । पार्कको अवलोकनका लागि आएकी अनु अर्याल राजधानीको मुटुमा रहेको पार्क घुम्नका लागि उपयुक्त रहेको भए पनि खाजा घर र व्यवस्थित शौचालय व्यवस्था भए थप सुन्दर हुने बताइन । त्यसैगरी अर्का अवलोकनकर्ता हरि उप्रेतीले बिदाको दिन उपयोग गर्न मानिस पार्कमा परिवारसहित आउने र लामो समय बस्ने भएकाले इन्टरनेटको पनि व्यवस्था गरिदिए अवलोकनकर्तालाई समय बिताउन सहज हुने सुझाव दिए । अवलोकनका लागि आउनेले पनि पटक–पटक खाजाघरको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको एकाइका कर्मचारी रामशरण तिमिल्सिनाले बताए । अवलोकनकर्ताले इन्टरनेटलगायतका विभिन्न सुझाव दिइरहँदा सुझावको सक्दो सम्बोधन गर्ने उनको भनाइ छ । ‘इन्टरनेटका लागि हाल दूरसञ्चारसँग कुरा भइरहेको छ ’ उनले भने ।  खाजा घर र शौचालयका लागि समेत प्रयास भइरहेको छ । रत्नपार्क हरेक दिन बिहान ८ बजेदेखि साँझ पाँच बजेसम्म खुला हुनेछ ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page