Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

आममाफीका लागि आमरण अनसन

\"11949575_861038220651217_297529276_n\"सुर्खेत । नयाँ संविधान बन्ने निश्चित जस्तै भएपछि कैदिबन्दीहरुले गत साउनदेखी आममाफीको मुद्दा अगाडि सार्दै आएका छन् । अहिले उनीहरु त्यही मुद्दालाई लिएर आन्दोलनमा उत्रिएका छन् । यतिबेला देशैभरका कैदीबन्दीहरु आन्दोलनमा उत्रिएका छन । त्यसको नेतृत्व सुर्खेतबाट भएको छ । सुरुमा आममाफीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका कैदीवन्दीहरुले अहिले आन्दोलन चर्काउन थालेका हुन  । देशैभर आन्दोलन चर्काउने क्रममा अहिले सुर्खेतका कैदीबन्दीहरु ६ दिनदेखि अनसनमा बसेका छन् । यही साउन ११ गतेदेखि रिले अनसन बसेका उनीहरुले माग सम्बोधन हुने नदेखिए आमरण अनसन बस्ने चेतावनी दिएका छन । अहिले शान्तिपूर्णरुपमा आन्दोलन गरिरहेको भन्दै कैदीवन्दीहरुले माग पुरा नभए आन्दोलनका अन्य स्वरुप अबलम्बन गर्ने जनाएका छन् । आन्दोलनका संयोजक सुर्खेत कारागारका कैदीबन्दी मानबहादुर नेपालीले अहिले शान्तिपूर्ण आन्दोलन गरिएको भन्दै माग पुरा नभए आन्दोलनका अन्य स्वरुप पनि अवलम्बन गर्ने बताए । संयोजक नेपालीले रिले अनसनले पनि माग पुरा नभए आमरण अनसन बस्ने बताए । उनले आमरण अनसनको तयारी पनि गरिएको बताए । ‘हाम्रो भनाइ माग पुरा होस् भन्ने हो,’  उनले भने–‘यतिकैमा माग पुरा भए ठिकै छ, नत्र आमरण असनसम्मका आन्दोलन गर्ने तयारी गरेका छौं ।’ कैदीबन्दीहरुले कारागार भित्रै आममाफीको माग गर्दै नारा लगाएर प्रदर्शन गर्ने गरेका छन् । उनीहरुले पुरानो मुलुकी ऐन खारेज गर्नुपर्ने माग पनि राखेका छन् । संयोजक नेपालीले आफूहरुले आफ्ना मागहरु कारागारमार्फत प्रमुख जिल्ला अधिकारी, संविधानसभा सचिवालय र प्रधानमन्त्रीको कार्यालयमा पनि पठाइसकेको बताए । उनले  नयाँ संविधान बनेर मुलुक नै बदलिने बेला आफूहरुलाई पनि बदलिने मोका दिनुपर्ने भन्दै आममाफीको माग गर्दै आन्दोलन सुरु गरेको बताए । सबै कैदीबन्दीहरु अपराधी नहुँने र दोषी समाज, राष्ट्र र ऐन, कानुन पनि हुने भएकोले नयाँ संविधान निर्माणको अवसरमा एक पटक कैदीबन्दीहरुलाई पनि मौका दिनुपर्ने उनिहरुको माग छ । बन्दिहरुले देशलाई अहिले भुकम्पलगायतका प्राकृतिक प्रकोपले गर्दा पुनः निर्माण गर्नुपर्ने अवस्था आएको भन्दै आफूहरुलाई पनि राष्ट्रको पुननिर्माणमा लाग्ने अवसर दिन आग्रह गरे । ‘नयाँ संविधानसंग सबैले नयाँ जीवन पाउने भएकोले पनि आममाफीको माग गरेकाछांै,’ उनले भने–‘अहिले देशको पुननिर्माण गर्नुपर्ने अवस्था छ, पुननिर्माण गर्ने अवसर हामीलाई पनि दिनुपर्छ ।’ यस्तै सुर्खेत कारागारमा महिला कैदीबन्दीको आन्दोलनको नेतृत्व गरिरहेकी गोमा पुलामीले पनि आफूहरुले आन्दोलन संविधान जारी नभएसम्म र मागहरु पुरा नभएसम्म जारी हुने बताइन । नयाँ संविधानले जनतामा नयाँ कुरा दिने भन्दै उनले आफूहरुले पनि नयाँ जीवन पाउनु पर्ने बताइन । ‘नयाँ संविधान बन्दैछ, नयाँ कुरा आउँदैछन,’ उनले भनिन्–‘यस्तो अवस्थामा हामीले पनि नयाँ जीवन पाउनुपर्छ ।’ सुर्खेत कारागारमा अहिले २२ जना महिला, एक जना नावालिका सहित एक सय ६४ जना कैदीबन्दीहरु रहेका छन् । यो कारगार क्षमता भन्दा दशांै गुना बढी हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending