काठमाडौँ । इरानमा राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवार तय गरिएको छ । मिडिया रिपोर्टका अनुसार जुन २८ मा हुने निर्वाचनका लागि संसदका सभामुखसहित ६ जनाको नाम अनुमोदन भएको छ ।
समाचार अनुसार पूर्व राष्ट्रपति अहमदिनेजाद इरानमा राष्ट्रपति चुनावको उम्मेदवार बन्न असफल भएका छन् । उनले राष्ट्रपति चुनावका लागि उम्मेदवारी दर्ता गराए पनि उनको नाम अनुमोदन नभएको बताइएको छ । राष्ट्रपति इब्राहिम रायसीको गत मे १९ मा हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि जुन २८ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
कट्टरपन्थी नेताको छवि भएका पूर्व राष्ट्रपति महमूद अहमदिनेजाद भावी राष्ट्रप्रमुख बन्ने दौडमा सबैभन्दा बढी चर्चा रहेको थियो । तर, उम्मेदवारी नै अनुमोदन नभएपछि अब त्यो सम्भावना सकिएको छ । अहमदिनेजाद सन् २००५ मा इरानको राष्ट्रपति निर्वाचित भएपछि लगातार आठ वर्ष (दुई कार्यकाल) अर्थात सन् २०१३ सम्म इरानको राष्ट्रपति रहेका थिए ।
इरानको राष्ट्रपतिको रूपमा आफ्नो कार्यकालमा अहमदिनेजादले अयातोल्लाह अल खोमेनीलाई चुनौती दिएका थिए । यही कारणले उनलाई करिब तीन वर्षअघि राष्ट्रपतिको चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो । २०२१ मा, अहमदिनेजादलाई इरानको संवैधानिक पर्यवेक्षक, गार्जियन काउन्सिलले अयोग्य घोषित गरेको थियो ।
अहमदिनेजादलाई इजरायलका कट्टर विरोधी पनि मानिन्छ र उनले इजरायललाई विश्वको नक्साबाट मेटाउने कुरा गरेका थिए ।
रिपोर्टका अनुसार अहमदिनेजादको छवि र उनको समर्थन आधारलाई ध्यानमा राख्दै इरानका सर्वोच्च नेता आयतोल्लाह अल खोमेनीमाथि पनि दबाब रहेको बताइएको छ ।
राष्ट्रपतिको उम्मेदवारमा तेहरानका पुर्व मेयर मोहमद बाघर क्वालीबाफ, पुर्ब सिनियर न्युकिलियर नेगोसियटर सईद जलिली, तेहरानका मेयर अलि रेजा जकानी, पुर्व मन्त्री मोस्ताफा पोउरमोहमदी, उप राष्ट्रपति अमिरहोसेन घाजीजाडेह हाशेमी र मासुउदी पेजेशाकियान रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...




प्रतिकृया लेख्नुहोस्: