Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

कांग्रेस र रास्वपाका सांसदले संयुक्त रुपमा दर्ता गरे चक्रपथ विस्तारसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले चक्रपथ विस्तारसम्बन्धी जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । 

बुधबार नेपाली कांग्रेस र रास्वपा सांसदहरूले संयुक्त रूपमा संघीय संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् । जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमार्फत सांसदहरूले काठमाडौं उपत्यकाको २७ किलोमिटर चक्रपथ विस्तार परियोजना लामो समयदेखि अलपत्र अवस्थामा रहेको उल्लेख गरेका छन् । 

प्रदीप पौडेलको प्रस्तावमा कांग्रेस सांसदहरू गगनकुमार थापा, प्रतिमा गौतम, सपना राजभण्डारी, सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, अम्बिका बस्नेत समर्थक छन् । यस्तै, रास्वपाबाट शिशिर खनाल, गणेश पराजुली, सोविता गौतम समर्थक रहेका छन् । 

उनीहरूले आठ बुँदामा छलफल गर्नुपर्ने कारण स्पष्ट पारेका छन् । जसमध्ये साइट क्लियरिंगको प्रारम्भिक कार्य लामो समयदेखि प्रारम्भ भएयता पनि यस परियोजनाको मुख्य सडक निर्माण कार्य अनिश्चित भएको उल्लेख छ । यस्तै, सडक आसपासबाट निक्लिने धुलो, धुँवा र वातावरण प्रदूषणले आमनागरिकको स्वास्थ्यमा दीर्घकालीन असर परेको तथा स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकमा असर परेको उल्लेख छ । 

अस्तव्यस्त सडकका कारण ट्राफिक तथा सवारीसाधन आवतजावत व्यवस्थापनमा कठिनाइ भएको तथा सवारी दुर्घटनाको संख्या समेत वृद्धि हुँदै गएको र पैदल यात्रीलाई समेत हिँड्डुल गर्न असहज भएको पनि प्रस्तावमा उल्लेख गरिएको छ । “दर्ता गरिएको प्रस्तावमा उनीहरूले नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको संरक्षण गर्दै उक्त क्षेत्रका नागरिकले भोग्दै आएको समस्यालाई समाधान गर्न, विकास निर्माणको कार्यमा ढिलासुस्ती हुँदा राज्य जवाफदेही हुन नसकेको र आमनागरिकमा निराशा बढ्दै गएको कारणले राज्यलाई आफ्ना काम कारबाहीप्रति जिम्मेवार र जवाफदेही बनाउन” प्रस्तावमा उल्लेख गरेका छन् । 

यस्तै, समझदारी पत्रमा हस्ताक्षर भएको लामो समय बितिसक्दा पनि मुख्य सडकखण्ड विस्तार कार्यमा किन ढिलाइ भएको कारण यकिन गरी सो कारणको समाधान गर्दै निर्माण कार्य तत्काल अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ । नेपाल र चीन सरकारबीच विगतमा भएको सम्झौता मुताबिक रिङरोड विस्तार कार्य अघि बढ्ने वा नबढ्ने निक्र्योल गरी अघि बढाउन नसक्ने परिस्थिति रहेमा नेपाल सरकारले आफ्नै स्रोतबाट लगानी गरी अविलम्ब विस्तार कार्य अघि बढाउने विषय पनि समेटिएको छ । 

त्यस्तै, वर्षायाममा बढ्ने बाढी, हिलो र अस्तव्यस्तताले निम्त्याउने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा रोक्न हालका लागि वैकल्पिक उपायहरू अवलम्बन गर्ने विषय पनि उल्लेख छ । नेपाल र चीन सरकार बीचमा दुई वर्षभित्रमा विस्तार सम्पन्न गरिसक्ने भनेर सन् २०१८ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । पाँच वर्षभन्दा बढी बितिसक्दा समेत उक्त कार्य अघि बढ्न सकेको छैन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: