Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

पूर्वमा बढीपहिरोको बितण्डा हुँदा मध्य र पश्चिमी क्षेत्रमा ब्याडमै सुक्यो धानको बिउ

खबरडबली संवाददाता

काठमाडाैं  । नेपालमा मनसुनी वर्षा भित्रिए सँगै देशको पूर्वीभेगमा बाढी पहिरोले वितण्डा मच्चाएको छ । मनसुन सुरु भएसँगै ताप्लेजुङ जिल्लामा बाढीपहिरोको वितण्डा सुरु भएको हो । जेठ ३० गतेदेखि ३२ गतेसम्ममा जिल्लामा बाढी पहिरोले परि पाँच जनाले ज्यान लियो ।

ताप्लेजुङमा बाढी पहिराेले वितण्डा मच्चाइरहँदा जिल्लाको सिरिजंघा गाउँपालिका-७ खेबाङमा निर्माणाधीन काबेली तेस्रो जलविद्युत परियोजनामा कार्यरत पाँचथरको फिदिम नगरपालिका-१४ लुङपा घर भएका २५ वर्षीय सविन राईको खेबाङको सिरिसे खोल्सामा सामान बोकेर जाँदै गरेको मे १ त ७०६० नम्बरको ट्रयाक्टर सडक माथिबाट झरेको पहिरोले बगाउँदा राईको घटनास्थल मै मृत्यु भएको हो।

त्यस्तै बिहीबार राति आएको बाढी र पहिरोका कारण फक्ताङलुङ गाउँपालिका २ खेजेनिमका एकै परिवारका चार जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक रवि रावलका अनुसार गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बु (रविन) का बुबा वर्ष ७० रामबहादुर साम्रा लिम्बू, कान्छी आमा ५० वर्षीया जसमाया लिम्बू र १० वर्षीया जुम्ल्याहा बहिनीहरु गंगा र जमुनाको घर भन्दा माथिबाट आएको पहिरोले घर बगाउँदा घटनास्थल मै ज्यान गएको  थियाे ।  

पूर्वमा बढीपहिरोले वितण्डा मच्चाईरहँदा तराई मधेशमा गर्मी ले सताइ रहेको छ भने पहाडी भेगमा खडेरीका कारण फल लाग्ने बेलाको मकै खेतमै सुकेको छ भने धानको बिउ ब्याडमै सुकेको छ । 

अत्यधिक गर्मी र खडेरीका कारण पर्वतका कृषकले रोपेको कोदो बारीमै सुकेको छ । पर्वत अधिकांश भागमा जेठ दोस्रो सातादेखि कोदो रोपाइँ सुरु भएको भएपनि खडेरीका कारण रोपाइँ गरेको कोदो बारीमै सुकेको हो । खडेरी र अत्यधिक गर्मीका कारण रोपेको कोदो सुकेर नष्ट भएको कृषकले गुनासो गरेका छन् । पर्वतमा धानबाली पछि कोदो दोस्रो मुख्य बाली हो ।
काभ्रेपलाञ्चोक, सिन्धुली मकवानपुर, ललितपुर लगायतका जिल्लाका किसानले राखेको धानको बिउ ब्याडमै सुकेको छ ।

ललितपुरमा रहेका विभिन्न स्थानमा रहेका खेतीयोग्य स्थानमा धानको बिरुवा ब्याडमै सुक्न थालेको छ ।  जेठमा परेको पानी सँगै धानको व्याड राख्न हौसीएका किसान यतिबेला चिन्तामा रहेका छन् । लामो खडेरीेपछि परेको पानीले धानको बिरुवा राम्रो सँग उम्रेको भएपनि पछिल्लो खडेरीले धानको ब्याडमा उम्रेको धानको बिरुवा सुक्न थालेको छ । 

उपत्यकामा  रहेका विभिन्न स्प्थामा रोप्नेबेलाको बिरुवा सुके सँगै अब खेतमा रापाईँ कसरी गर्ने भन्ने चिन्ताले सताएको किसानहरु बताउँछन् ।  खोलाको पानीलाग्ने कुलो भन्दा तर छिपुट रोपाइँ भएपनि कुलोभन्दा माथि मौष्मी वर्षाको भरमा रोपाइँ गर्ने स्थामा भने धानको बिउ ब्याडमै सुकेको छ ।

दुई हप्ता अघि पानी परेपछि धानको बिउ राखेको भएपनि पानी नपरेपछि बिरुवा सबै ब्याडमा सुकेको छ । उपत्यकाका बिभिन्न स्थानमा इनारमा समेत पानी सुकेकोले व्यवसायीकरुपमा खेती गर्दै आएका किसान समेत चिन्तामा रहेका छन् । पानी नपरेका कारण तरकारी खेतीमा समेत असर पुगेको छ । लामो समय सम्म खडेरी पर्दा इनारमा समेत पानी नभएको र तरकारी फर्ममा तरकारी समेत सुक्न लागेको जीवनलाल महर्जनले बताए ।

कतिपय किसानले धानको बिरुवा जोगाउन गाग्री र अन्य भाडामा पानी बोकेर दैनिक हाले पनि ब्याडमा दैनिक बिरुवा सुक्दै गएको स्थानीय किसानहरु बताउँछन् । अब केही दिन पानी नपरेको खण्डमा यो वर्ष खेती सबै बाँझो रहने किसान माईलाल महर्जनले बताए । खेतमा धानको ब्याड राखिएको भएपनि राम्रो उम्रीएको बिरुवा सबै सुकेको उनको भनाइ छ ।  

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending