Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

पूर्वमा बढीपहिरोको बितण्डा हुँदा मध्य र पश्चिमी क्षेत्रमा ब्याडमै सुक्यो धानको बिउ

खबरडबली संवाददाता

काठमाडाैं  । नेपालमा मनसुनी वर्षा भित्रिए सँगै देशको पूर्वीभेगमा बाढी पहिरोले वितण्डा मच्चाएको छ । मनसुन सुरु भएसँगै ताप्लेजुङ जिल्लामा बाढीपहिरोको वितण्डा सुरु भएको हो । जेठ ३० गतेदेखि ३२ गतेसम्ममा जिल्लामा बाढी पहिरोले परि पाँच जनाले ज्यान लियो ।

ताप्लेजुङमा बाढी पहिराेले वितण्डा मच्चाइरहँदा जिल्लाको सिरिजंघा गाउँपालिका-७ खेबाङमा निर्माणाधीन काबेली तेस्रो जलविद्युत परियोजनामा कार्यरत पाँचथरको फिदिम नगरपालिका-१४ लुङपा घर भएका २५ वर्षीय सविन राईको खेबाङको सिरिसे खोल्सामा सामान बोकेर जाँदै गरेको मे १ त ७०६० नम्बरको ट्रयाक्टर सडक माथिबाट झरेको पहिरोले बगाउँदा राईको घटनास्थल मै मृत्यु भएको हो।

त्यस्तै बिहीबार राति आएको बाढी र पहिरोका कारण फक्ताङलुङ गाउँपालिका २ खेजेनिमका एकै परिवारका चार जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक रवि रावलका अनुसार गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बु (रविन) का बुबा वर्ष ७० रामबहादुर साम्रा लिम्बू, कान्छी आमा ५० वर्षीया जसमाया लिम्बू र १० वर्षीया जुम्ल्याहा बहिनीहरु गंगा र जमुनाको घर भन्दा माथिबाट आएको पहिरोले घर बगाउँदा घटनास्थल मै ज्यान गएको  थियाे ।  

पूर्वमा बढीपहिरोले वितण्डा मच्चाईरहँदा तराई मधेशमा गर्मी ले सताइ रहेको छ भने पहाडी भेगमा खडेरीका कारण फल लाग्ने बेलाको मकै खेतमै सुकेको छ भने धानको बिउ ब्याडमै सुकेको छ । 

अत्यधिक गर्मी र खडेरीका कारण पर्वतका कृषकले रोपेको कोदो बारीमै सुकेको छ । पर्वत अधिकांश भागमा जेठ दोस्रो सातादेखि कोदो रोपाइँ सुरु भएको भएपनि खडेरीका कारण रोपाइँ गरेको कोदो बारीमै सुकेको हो । खडेरी र अत्यधिक गर्मीका कारण रोपेको कोदो सुकेर नष्ट भएको कृषकले गुनासो गरेका छन् । पर्वतमा धानबाली पछि कोदो दोस्रो मुख्य बाली हो ।
काभ्रेपलाञ्चोक, सिन्धुली मकवानपुर, ललितपुर लगायतका जिल्लाका किसानले राखेको धानको बिउ ब्याडमै सुकेको छ ।

ललितपुरमा रहेका विभिन्न स्थानमा रहेका खेतीयोग्य स्थानमा धानको बिरुवा ब्याडमै सुक्न थालेको छ ।  जेठमा परेको पानी सँगै धानको व्याड राख्न हौसीएका किसान यतिबेला चिन्तामा रहेका छन् । लामो खडेरीेपछि परेको पानीले धानको बिरुवा राम्रो सँग उम्रेको भएपनि पछिल्लो खडेरीले धानको ब्याडमा उम्रेको धानको बिरुवा सुक्न थालेको छ । 

उपत्यकामा  रहेका विभिन्न स्प्थामा रोप्नेबेलाको बिरुवा सुके सँगै अब खेतमा रापाईँ कसरी गर्ने भन्ने चिन्ताले सताएको किसानहरु बताउँछन् ।  खोलाको पानीलाग्ने कुलो भन्दा तर छिपुट रोपाइँ भएपनि कुलोभन्दा माथि मौष्मी वर्षाको भरमा रोपाइँ गर्ने स्थामा भने धानको बिउ ब्याडमै सुकेको छ ।

दुई हप्ता अघि पानी परेपछि धानको बिउ राखेको भएपनि पानी नपरेपछि बिरुवा सबै ब्याडमा सुकेको छ । उपत्यकाका बिभिन्न स्थानमा इनारमा समेत पानी सुकेकोले व्यवसायीकरुपमा खेती गर्दै आएका किसान समेत चिन्तामा रहेका छन् । पानी नपरेका कारण तरकारी खेतीमा समेत असर पुगेको छ । लामो समय सम्म खडेरी पर्दा इनारमा समेत पानी नभएको र तरकारी फर्ममा तरकारी समेत सुक्न लागेको जीवनलाल महर्जनले बताए ।

कतिपय किसानले धानको बिरुवा जोगाउन गाग्री र अन्य भाडामा पानी बोकेर दैनिक हाले पनि ब्याडमा दैनिक बिरुवा सुक्दै गएको स्थानीय किसानहरु बताउँछन् । अब केही दिन पानी नपरेको खण्डमा यो वर्ष खेती सबै बाँझो रहने किसान माईलाल महर्जनले बताए । खेतमा धानको ब्याड राखिएको भएपनि राम्रो उम्रीएको बिरुवा सबै सुकेको उनको भनाइ छ ।  

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व रक्तदाता दिवसमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम हुँदै

हेटौंडा । विश्व रक्तदाता दिवसको अवसरमा मकवानपुरको हेटौंडामा बृहत् खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। खड्का समाज मकवानपुर र रक्तदाता समाज मकवान...

धान रोपाइँको मुखमा राहतः भारतबाट ५० हजार मेट्रिक टन मल आउँदै

काठमाडौं । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै रासायनिक मल अभावको चिन्ता बढिरहेका बेला भारतबाट ५० हजार मेट्रिक टन मल नेपाल आउने निश्चित भएको छ। सरकार–...

सुन पसल ठगी प्रकरणमा तानिए भूमि आयोगका पूर्वअध्यक्ष, प्रशासनले लियो बयान

विराटनगर । मोरङको कानेपोखरीस्थित शुभलक्ष्मी अधिकारी सुनचाँदी पसलको बहुचर्चित ठगी प्रकरणमा भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष नवीन पौडेलसमेत अनुसन्धानक...

मनसुन प्रवेशको संघारमा देश, कपनमा भारी वर्षा

काठमाडौं । पछिल्ला केही दिनयता सक्रिय बनेको मौसम प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा उल्लेख्य वर्षा भएको छ। राजधानीको कपन क्षे...

एसईईमा जफत मोबाइल नष्ट प्रकरण : सर्वोच्चद्वारा सरकारसँग लिखित जवाफ माग

काठमाडौं । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन नष्ट गरिएको घटनाबारे सर्वोच्च अदालतले सम्बन्धित सरकारी...

रानीसैन घटना : बजार र कर्णाली करिडोर बन्द

बाजुरा । रानीसैन संघर्ष समिति बाजुराले जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ।जिल्लाको हिमाली गाउँपालिका–३ रानीसैनमा ...

कर्णालीमा मनसुन पूर्वतयारी फोरम सम्पन्न, विपद् जोखिम व्यवस्थापनमा समन्वय जोड

सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...

कोशीमा देउवा–कोइराला समूह एउटै मञ्चमा, कांग्रेसभित्र सहकार्यको नयाँ संकेत

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...

बसाइँसराइको असर : म्याग्दीको विद्यालयमा शिक्षक र विद्यार्थी बराबर, कक्षा १ र २ शून्य

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...

सुक्खा मनसुनको संकेत, तर विपद्को जोखिम झनै उच्च हुने चेतावनी

काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending