Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

मंसिर १ मा अमेरिकाम हुनेछ गोल्डेन नेपाली फिल्म अवार्ड

खबरडबली संवाददाता

काठमाडौं ।  अमेरिकाको सन फ्रान्सिस्कोमा आगामी नोभेम्बर १६ (मंसिर १ गते) मा गोल्डेन नेपाली फिल्म अवार्ड आयोजना गरिने भएको छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीया, हिमालयन फाउन्डेसन कर्प र गोल्डेन स्टेट मुभी मेकर्स प्रालिले आयोजना गर्ने अवार्ड बारे काठमाडाैंमा जानकारी दिइएकाे हाे  ।

०८० साउन १ देखि ०८१ असार मसान्तसम्म प्रदर्शनमा आएका फिल्महरुले प्रतिस्पर्धा गर्न पाउने प्रावधान राखिएको अवार्डमा सहभागी हुन नेपालबाट करिब दुई दर्जन चर्चित कलाकार अमेरिका जाने छन् भने आयोजक संख्याले अमेरिकामै रहेका नेपाली तथा स्थानीय कलाकार तथा बिभिन्न पेशाका बिशिष्ट ब्यक्तिहरुलाई कार्यक्रममा सहभागी गराउने छ ।

आयोजक संस्थाका प्रमुख यज्ञलाल श्रेष्ठले सानैदेखि कलाकारितामा रुचि रहेको भए तापनि आफू खेलकुदमा लागेको स्मरण गर्दै बिगतमा पनि आफूले केही चलचित्र निर्माणमा साथ दिएको उल्लेख गरे ।

उनले भने,‘म नेपाली कलाकारिता र कलाकारप्रति उच्च सम्मान गर्दछु । त्यसैले यो क्षेत्रको बिकास,बिस्तार र समृद्धिका लागि केही पहल गर्ने उद्धेश्यले अवार्ड आयोजना गर्न लागेको हुँ ।’ यसअघि ग्लोवल फिल्म अवार्डको प्रमुख एक आयोजक भइ प्रयाप्त अनुभव संगालीसकेका उनले अब भने निकै भब्यताका साथ एकल पहलमा गोल्डेन नेपाली फिल्म अवार्ड आयोजना गर्न लागेका हुन् ।

म्याराथुन धावकका रुपमा अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिएर मेडल समेत जितेका उनी पछि अमेरिकामै बसोबास गर्न थाले । खेलाडी, सफल ब्याबसायि हुदै समाजसेवामा पनि उत्तिकै सक्रिय उनले हरेक आर्थिक बर्षभित्र प्रदर्शन भएका नेपाली फिल्महरुलाई समेटेर अवार्ड आयोजना गर्न लागेका हुन् ।

अवार्ड आयोजक टिममा बरिष्ट अभिनेता शिब श्रेष्ठ,खलअभिनेता सुनील थापा, अभिनेत्री,निर्देशक दीपाश्री निरौला,कलाकार सुनील कटवाल र पत्रकार,फिल्म निर्देशक लक्ष्मण सुवेदी छन् । पपुलर अवार्डका रुपमा आयोजना गर्न लागिएको अवार्डमा बिभिन्न १० बिधामा अवार्ड प्रदान गरिने बताइएको छ । केही बिशिष्ट योगदानकर्मी कलाकारलाई बिशेष योगदान सम्मान समेत प्रदा नगरिने अवार्डको अफिसियल एमसी नरेश भट्टराई छन् । 

प्रेसमिटमा बरिष्ट अभिनेता नीर शाह,शिब श्रेष्ठ,सुनील थापा,कृष्ण मल्ल तथा बरिष्ट अभिनेत्री बसुन्धरा भुसालले आयोजक यज्ञलालको कामको तारिफ गर्दै नेपाली फिल्मको श्रीबृद्धिमा यो अवार्डले निकै टेवा पुर्याउने बिश्वास ब्यक्त गरे । सोही अबसरमा समाजसेवी संस्था सिन्धुपाल्चोक समाज नेपालको औपचारिक उद्घाटन गरियो ।

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेत्रीहरु भुवन चन्द,बसुन्धरा भुसाल,चैत्य देवी,बरिष्ट अभिनेता नीर शाह,शिब श्रेष्ठ,चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रबिन्द्र खड्का र सिन्धुपाल्चोक समाजका संस्थापक समेत रहेका यज्ञलालले संयुक्त रुपमा समाजको उद्घाटन गरे ।

आफूहरुले संसारभर छरिएर बसेका सिन्धुपाल्चोकबासीलाई एकत्रित गरि समाजसेवाको कार्यलाई तीव्रता दिनका लागि समाज गठन गरेको जानकारी अध्यक्ष फुर्वा ग्याल्बो लामाले जानकारी दिए । सिन्धुपाल्चोक समाज,अमेरिकाका अध्यक्ष, युवा ब्याबसायि दीपेश लामाले आफुहरु जहाँ रहे तापनि मन भने आफ्नै जन्मस्थानमा हुने बताउदै सिन्धुपाल्चोकबासी बर्षेनी बाढीपहिरोबाट पीढित हुने गरेकाले आपतबिपद्मा परेकालाई सहयोग गर्न आफूहरु एकजुट भइ लाग्नुपर्ने बिचार राखेका थिए । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यू-२० एशियन कपमा आज नेपालको सामना उज्बेकिस्तानसँग

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दैछ ।  न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुन...

तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन

तनहुँ ।  मालपोत कार्यालयले आर्थिक वर्ष २०८०र८१ मा ३६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो आव २०७९/८० को तुलनामा छ करोड रुपैयाँले बढी हो। गत आवमा ३० क...

सुनको मुल्यमा आज पनि नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

   काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । आज सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यो ...

युक्रेनी शहर खार्किभमा रुसको नयाँ आक्रमण

काठमाडौँ । रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा नयाँ आक्रमण गरेको छ । स्थानीय अधिकारीहरुका अनुसार यी आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३१ जना ...

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुन...

प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता

काठमाडौँ । सयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र   सामोआका प्रधानमन्त्री फैमे ...

अजिरकाेटमा कमसल ब्राण्डका बाह्य अल्कोहलिक पदार्थ पदार्थ बिक्रीमा राेक

गोरखा । अजिरकोट गाउँपालिकाले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला भित्रका स्थायी व्यवसायीहरूलाई कमसल ब्रान्डका बाह्य अल्कोहलिक पदार्थ आयात क...

क. निर्मल लामाको संस्मरणःमाओलाई भेट्ने सपना

डा‍. केआई सिंह चीनमा थिए । यो सायद २०१२ सालतिरको कुरा हो । उनी नेपाल फर्कने बेला भएको थियो । पार्टीले दुईजनालाई चीनमा ‘ट्रेनिङ’ लिन पठाउने निर्णय गरेछ...

१०३ च्याङ्ग्रा चोरेको आरोपमा एकजना पक्राउ

पोखरा । मुस्ताङमा १०३ च्याङ्ग्रा खरिद गरी पैसा नदिई भागेका ३ मध्ये १ जना कास्की प्रहरी फन्दामा परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपाल...

‘मिष्टर ग्लोबल’का लागि थाइल्याड उडे योगेश

काठमाडौंँ । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिष्टर ग्लोबल नेपाल २०२४’ नेपालको प्रतिनिधित्व गर्न योगेश श्रेष्ठ थाइल्याड उडेका छन् । ‘मिष्टर नेपाल २...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy