Ntc summer Offer
Khabar Dabali ६ भाद्र २०८२ शुक्रबार | 22nd August, 2025 Fri
Investment bank

पाँच वर्ष प्रचण्डलाई एकलौटी सरकार चलाउन दिए अहिलेको भन्दा राम्रो गर्नुहुन्छः विप्लव

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पाँच वर्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकलौटी सरकार चलाउन दिए अहिलेको भन्दा धेरै राम्रो काम गर्ने जिकिर गरेका छन् । सोमबार शहीद तथा बेपत्ता परिवारले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले प्रचण्डलाई काम गर्न दिनुपर्ने अभिव्यक्ति दिएका हुन् । 

‘प्रचण्डलाई पाँच वर्ष एकलौटी सरकार चलाउन दियो भने अहिलेको भन्दा राम्रोसँग चल्छ । उहाँलाई काम गर्न दिइएको छैन । एउटा रणनीति बनाएर दिनोस्’, प्रचण्डको समर्थन गर्दै विप्लवले भने, ‘उहाँलाई साँझ बिहानै कुर्सी बचाउन ठिक्क छ । पख दिउँला खालास भन्ने बाहेक केही गर्न पाएका छैनन् । तैपनि उहाँलाई तनाव छ । अर्थमन्त्रीले बजेट ल्याएका छन् । सरकारमै बसेको पार्टीले पनि ठिक छैन भनेको छ । हुँदाहुँदा आफ्नै पार्टीका मन्त्रीले समेत ठिक छैन भनेको छ । यस्तो तरिकाबाट कसरी चल्छ ?’

साम्राज्यवादीको समर्थनमा दलालहरूले सत्ता हत्याएको देशमा निष्पक्ष न्यायको कामना गर्नु भनेको आफैँलाई धोका दिनु भएको उनले बताए । अहिलेको अवस्थामा प्रचण्डले चाहेर मात्रै केही गर्न नसक्ने विप्लवको निष्कर्ष छ ।

तत्कालीन विद्रोही माओवादी र सरकारबिच बराबरी सम्झौता नहुँदा माओवादीका कार्यकर्ता रोएर हिँड्नुपर्ने अवस्था आएको उनको टिप्पणी छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीजः संस्कृतिको पर्व कि भड्किलो प्रतिस्पर्धा ?

दरले दबिँदै निम्न आय भएका परिवार

विवाहित पुरुषको अदृश्य हार !

संसारसँग विवाहित पुरुषले कति पनि लड्न सक्छ । अभावसँग, समाजसँग, प्रतिस्पर्धा र परिस्थितिसँग उसले सामना गर्न सक्छ। बाहिर ऊ विजयी देखिन्छ: जिम्मेवारी पूर...

विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफ्ना मागहरू बेवास्ता गरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरू आज काठमाडौँको माइतीघर मण्...

तिज गीतको यात्रा : माइतीको याददेखि टिकटकसम्म

कलाकारहरूको दौड भ्युजमा कि संस्कृतिमा ?

सीमा विवाद र विश्वप्रकाशको सुझाव : प्रधानमन्त्रीको भ्रमणमा उठ्नुपर्ने ६ प्रश्न

काठमाडौं । नेपाल–भारत–चीन त्रिदेशीय सीमा विवाद फेरि चर्चामा छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अस्मिता र सार्वभौमिकताको संवेदनशील विषय बनेको...

निजी विद्यालय गैरनाफामुलक भए शिक्षाको स्तर झनै खस्किन्छः सांसद जैसवाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामुलक बनाउने प्रावधानले नेपालको शैक्षिक गुणस्तरलाई थप खस्काउने चे...

एमालेसँग दूरी बढाउँदै भण्डारीः सम्पर्क कार्यालय उद्घाटनलाई ‘राजनीतिक पुनरागमन’ को संकेत

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँबानेश्वरस्थित लाखेचौर मार्गमा सम्पर्क कार्यालय खोलेसँगै उनी पुनः सक्रिय राजनीतिमा फर्किँदै गरेको स...

मल लिन बिहान २ बजेदेखि लाइनमा बस्दा उपहारमा ४ किलोको ढुङ्गा

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा किसानलाई वितरण गरिएको युरिया मलको बोरा खोल्दा त्यसभित्र सिमेन्टको पिल्लर जस्तो देखिने ठोस ढुङ्गा भेट...

बागलुङको निसेलढोरमा झाँक्री नाच प्रदर्शन

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ स्थित निसेलढोरमा परम्परागत झाँक्री नाच प्रदर्शन गरिएको छ। यस क्षेत्रका विभिन्न मेला–पर्वका अवसरमा झाँक्री नाच ...

बहुविवाह कानुनविरुद्ध सर्लाहीमा उठेको स्वर : संविधान र समाजबीचको टकराव ?

सर्लाही । सरकारले ल्याउन खोजेको बहुविवाहसम्बन्धी कानुनलाई लिएर सर्लाहीमा सुरु भएको धर्नाले मुलुकभर बहसलाई चर्काएको छ। महिला अधिकारकर्मीहरूले मलंगवामा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending