Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सीमा विवाद र विश्वप्रकाशको सुझाव : प्रधानमन्त्रीको भ्रमणमा उठ्नुपर्ने ६ प्रश्न

खबरडबली संवाददाता

काठमाडौं । नेपाल–भारत–चीन त्रिदेशीय सीमा विवाद फेरि चर्चामा छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अस्मिता र सार्वभौमिकताको संवेदनशील विषय बनेको छ। यस्तै बेला नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको आसन्न भ्रमणलाई अवसरका रूपमा लिँदै सरकारलाई ठोस कदम चाल्न आग्रह गरेका छन्।

शर्माले प्रधानमन्त्रीको आसन्न भ्रमणलाई अवसर मान्दै, “छिमेकीलाई विश्वासमा लिने” र “ऐतिहासिक तथ्यका आधारमा साझा दृष्टिकोण बनाउने” आवश्यकता औंल्याएका छन्। उनको तर्क, यो विवादलाई सामान्य टिप्पणी वा भावनात्मक अभिव्यक्तिमा सीमित नराखी ठोस कूटनीतिक पहल जरुरी छ।

२०१५ मा भारत–चीनबीच भएको लिपुलेक व्यापार मार्गको सम्झौतापछि नेपालले तत्कालीन नोटमार्फत आपत्ति जनाएको थियो। त्यसपछि संसदले २०७७ सालमा सर्वसम्मत निर्णय गर्दै ‘चुच्चे नक्सा’ जारी ग¥यो। तर त्यसयता ठोस प्रगति भएको छैन। अहिले फेरि लिपुलेकको विषय चर्चामा आउँदा, शर्माले यसलाई केवल विवाद होइन, राष्ट्रिय ऐक्यबद्धताको सवालका रूपमा प्रस्तुत गरेका छन्।

उनले ‘भावनात्मक अभिव्यक्ति’ भन्दा बढी ‘व्यावहारिक कूटनीतिक पहल’ जरुरी भएको भन्दै, सरकारलाई ६ बुँदामा सुझाव दिएका छन् । सीमा विवाद नेपालको भूगोल मात्र होइन, जनमानससँग जोडिएको भावनात्मक प्रश्न हो । महाकालीको किनारमा बस्ने बासिन्दादेखि राजधानीको विद्यार्थीसम्म यो मुद्दामा उत्तिकै संवेदनशील छन्। शर्मा जस्तै अन्य नेताहरूले पनि यसलाई राष्ट्रिय एजेन्डाका रूपमा अघि बढाउनुपर्ने आवाज उठाइरहेका छन् ।

उनले सुझाएका ६ बुँदामध्ये प्रमुख दुई पक्ष हो सर्वपक्षीय सर्वदलीय बैठकमार्फत राष्ट्रिय सहमति निर्माण र भारत–चीन दुवैलाई ऐतिहासिक तथ्यसहित विश्वासमा लिन सक्ने कूटनीतिक पहल

प्रधानमन्त्रीको आसन्न भ्रमणलाई कतिले अवसर मानिरहेका छन् भने कतिले चुनौतिको घडी। अवसर यस अर्थमा कि कूटनीतिक स्तरमा प्रत्यक्ष संवादको मौका छ। चुनौती यस कारण कि नेपालले एकैसाथ भारत र चीन दुवैसँग आफ्नो हित सुरक्षित गर्ने परराष्ट्र कौशल देखाउनुपर्छ।

यसबाहेक उनले संसदमा पारित नक्साको पुनः अन्तर्राष्ट्रिय जगतमा प्रस्टता, ७ वर्षदेखि थन्किएको EPG प्रतिवेदनको औपचारिक आदान–प्रदान, र नयाँ कूटनीतिक नोटमार्फत सरकारको अडान मजबुत पार्नुपर्नेमा जोड दिएका छन्।

१. सर्वदलीय–सर्वपक्षीय बैठक
शर्माको पहिलो माग छ — प्रधानमन्त्रीको भ्रमणअघि सरकारको आह्वानमा सर्वदलीय र सर्वपक्षीय बैठक बोलाउनुपर्छ। उनका अनुसार, सीमा विवाद जस्तो राष्ट्रिय प्रश्नमा दलहरूको एक मत हुनु अनिवार्य छ।

२. साझा प्रतिबद्धता निर्माण
उक्त बैठक केवल छलफलमै सीमित नभई, विकसित घटनाक्रमबारे साझा दृष्टि र प्रतिबद्धता निकाल्ने मंच हुनुपर्छ भन्ने उनको भनाइ छ। यसरी मात्र प्रधानमन्त्रीलाई स्पष्ट ‘म्यानडेट’ मिल्छ।

३. चुच्चे नक्साको पुनः पुष्टि
२०७७ जेठ ३१ मा संसदले संविधानको अनुसूची ३ मा पारित गरेको ‘चुच्चे नक्सा’लाई फेरि अन्तर्राष्ट्रिय जगतमा प्रस्ट पार्नुपर्ने उनी बताउँछन्। “नक्सा मात्र बनाएर थन्क्याउनु हुँदैन, त्यसलाई निरन्तर स्पष्ट पारिरहनु पर्छ,” भन्ने उनको धारणा छ।

४. नयाँ कूटनीतिक नोट
२०१५ मा भारत र चीनबीच लिपुलेकबारे भएको सम्झौतापछि नेपालले कूटनीतिक नोट पठाएको थियो। अहिले फेरि नयाँ सहमति भए नेपालले त्यसबारे पनि तत्कालीन नोट स्मरण गराउँदै नयाँ कूटनीतिक नोट पठाउनुपर्छ भन्ने उनको सुझाव छ।

५. छिमेकीलाई विश्वासमा लिनु
नेपालले आफ्नो ऐतिहासिक तथ्य र प्रमाणका आधारमा भारत–चीन दुवैलाई विश्वासमा लिनुपर्ने उनले जोड दिए। प्रधानमन्त्रीको आसन्न भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय स्पष्ट रूपमा प्रवेश गर्नैपर्ने उनको तर्क छ।

६. EPG प्रतिवेदन कार्यान्वयन
शर्माको अन्तिम सुझाव हो — सात वर्षअघि तयार भएर पनि दुवै देशका प्रधानमन्त्रीको टेबलमा अड्किएको प्रबुद्ध व्यक्तिहरूको समूह (EPG) प्रतिवेदन तत्काल बुझाउन पहल गर्नुपर्ने। उक्त प्रतिवेदनलाई आधार बनाएर अन्य विवादसमेतको समाधान खोज्न सकिने उनले बताए।

शर्माका यी ६ बुँदा केवल कांग्रेसको औपचारिक टिप्पणी मात्र होइनन्, सिंगो राष्ट्रिय बहसका आधार बन्नसक्छन्। सीमा विवादलाई भावनात्मक नाराभन्दा अघि बढाएर व्यवहारिक समाधानतर्फ लैजान उनी आग्रह गरिरहेका छन्।

प्रधानमन्त्रीको भ्रमण अब केवल द्विपक्षीय भेटघाटमा सीमित हुन्छ वा लिपुलेक–कालापानी जस्ता दीर्घकालीन प्रश्नलाई सम्बोधन गर्ने ऐतिहासिक अवसर बन्छ — त्यो नेतृत्वको निर्णयमा भर पर्छ।

 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending