काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँबानेश्वरस्थित लाखेचौर मार्गमा सम्पर्क कार्यालय खोलेसँगै उनी पुनः सक्रिय राजनीतिमा फर्किँदै गरेको संकेत देखिएको छ।
पार्टी सदस्यता नवीकरण गर्न नदिने एमाले केन्द्रीय समितिको निर्णयले असन्तुष्ट बनेकी भण्डारीले भाडामा लिएको चारतले रातो घरलाई ‘मदन भण्डारी हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को नाम दिएर आफ्नो राजनीतिक गतिविधि अगाडि बढाउने तयारी गरेकी हुन्।
यस कार्यालयको उद्घाटन आज दिउँसो भण्डारी स्वयंले गर्नेछिन्। मूल समितिको चाहना एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गराउने भए पनि समय नपाएपछि अन्ततः भण्डारीकै हातबाट उद्घाटन हुने भएको हो। कार्यक्रमलाई सम्बोधन गर्ने प्रमुख नेता एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल हुने तय भएको छ।
विश्लेषकहरूको भनाइमा, यो कार्यालय केवल औपचारिकता मात्र होइन, भण्डारीको ‘समानान्तर राजनीतिक केन्द्र’ को सुरुवात हो। पार्टी निर्णयविरुद्ध खुलेरै बोलेकी भण्डारीले आफूलाई अलग शक्ति–केन्द्रका रूपमा स्थापित गर्न खोजेको बुझिन्छ। उनले यसअघि पत्रकार सम्मेलनमार्फत ४५ वर्षको सदस्यता कसैले खोस्न नसक्ने चुनौती दिएकी थिइन्।
विद्याले सम्पर्क कार्यालयका नाममा रोजेको घरलाई ऐतिहासिक महत्व छ—यही घरबाट २०४८ सालको चुनावमा मदन भण्डारीले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएका थिए। त्यसपछि २०५१ सालमा विद्याले पनि चुनाव प्रचार यहींबाट सञ्चालन गरेकी थिइन्। यसपटक फेरि त्यही घरबाट उनको ‘राजनीतिक पुनरागमन’ सुरु हुन लागिरहेको छ।
निकट नेताहरू भन्छन्— भण्डारीले मदन भण्डारी फाउन्डेसनमार्फत देशभरका कार्यकर्ता, समर्थक र शुभेच्छुकसँग जोडिने तयारी गरेकी छिन्। उनी दैनिक सम्पर्क कार्यालयमै उपस्थित भएर भेटघाट, छलफल र कार्यगत सञ्जाल विस्तार गर्ने योजनामा छिन्।
यसरी हेर्दा सम्पर्क कार्यालय उद्घाटन कुनै सामान्य कदम होइनस बरु एमालेभित्र बढ्दो असन्तुष्टि र भविष्यको राजनीतिक समीकरणको संकेत हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २२ गते, २०८२ - १६:०८
पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...
चैत्र २२ गते, २०८२ - १५:५९
काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...
चैत्र २२ गते, २०८२ - १५:४३
काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...
चैत्र २२ गते, २०८२ - १५:४२
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...
चैत्र २२ गते, २०८२ - १५:३९
कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...
चैत्र २२ गते, २०८२ - १५:३२
ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...
चैत्र २२ गते, २०८२ - १५:१८
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...
चैत्र २२ गते, २०८२ - १५:१६
काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...
चैत्र २२ गते, २०८२ - १५:१२
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...
चैत्र २२ गते, २०८२ - १५:१०
काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...


प्रतिकृया लेख्नुहोस्: