Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

एमालेसँग दूरी बढाउँदै भण्डारीः सम्पर्क कार्यालय उद्घाटनलाई ‘राजनीतिक पुनरागमन’ को संकेत

खबरडबली संवाददाता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँबानेश्वरस्थित लाखेचौर मार्गमा सम्पर्क कार्यालय खोलेसँगै उनी पुनः सक्रिय राजनीतिमा फर्किँदै गरेको संकेत देखिएको छ।

पार्टी सदस्यता नवीकरण गर्न नदिने एमाले केन्द्रीय समितिको निर्णयले असन्तुष्ट बनेकी भण्डारीले भाडामा लिएको चारतले रातो घरलाई ‘मदन भण्डारी हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को नाम दिएर आफ्नो राजनीतिक गतिविधि अगाडि बढाउने तयारी गरेकी हुन्।

यस कार्यालयको उद्घाटन आज दिउँसो भण्डारी स्वयंले गर्नेछिन्। मूल समितिको चाहना एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गराउने भए पनि समय नपाएपछि अन्ततः भण्डारीकै हातबाट उद्घाटन हुने भएको हो। कार्यक्रमलाई सम्बोधन गर्ने प्रमुख नेता एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल हुने तय भएको छ।

विश्लेषकहरूको भनाइमा, यो कार्यालय केवल औपचारिकता मात्र होइन, भण्डारीको ‘समानान्तर राजनीतिक केन्द्र’ को सुरुवात हो। पार्टी निर्णयविरुद्ध खुलेरै बोलेकी भण्डारीले आफूलाई अलग शक्ति–केन्द्रका रूपमा स्थापित गर्न खोजेको बुझिन्छ। उनले यसअघि पत्रकार सम्मेलनमार्फत ४५ वर्षको सदस्यता कसैले खोस्न नसक्ने चुनौती दिएकी थिइन्।

विद्याले सम्पर्क कार्यालयका नाममा रोजेको घरलाई ऐतिहासिक महत्व छ—यही घरबाट २०४८ सालको चुनावमा मदन भण्डारीले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएका थिए। त्यसपछि २०५१ सालमा विद्याले पनि चुनाव प्रचार यहींबाट सञ्चालन गरेकी थिइन्। यसपटक फेरि त्यही घरबाट उनको ‘राजनीतिक पुनरागमन’ सुरु हुन लागिरहेको छ।

निकट नेताहरू भन्छन्— भण्डारीले मदन भण्डारी फाउन्डेसनमार्फत देशभरका कार्यकर्ता, समर्थक र शुभेच्छुकसँग जोडिने तयारी गरेकी छिन्। उनी दैनिक सम्पर्क कार्यालयमै उपस्थित भएर भेटघाट, छलफल र कार्यगत सञ्जाल विस्तार गर्ने योजनामा छिन्।

यसरी हेर्दा सम्पर्क कार्यालय उद्घाटन कुनै सामान्य कदम होइनस बरु एमालेभित्र बढ्दो असन्तुष्टि र भविष्यको राजनीतिक समीकरणको संकेत हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending