Ntc summer Offer
Khabar Dabali १० भाद्र २०८२ मंगलवार | 26th August, 2025 Tue
Investment bank

रघुवीर महासेठलाई ज्ञानेन्द्र शाहीको प्रश्नः तपाईँ नेपालको मन्त्री हो कि धनुषा र झापाको ?

कर्णाली प्रदेशमा बजेट नबढाए संसद् भवन घेर्ने कांग्रेस सांसदको चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । आउँदो आर्थिक वर्षको बजेटले कर्णाली प्रदेशको विकास निर्माणलाई बेवास्ता गरेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन् । उनीहरूले सरकारले बजेट परिमार्जन गरेर अघि नबढाएमा संसद् भवन नै घेराउ गर्ने चेतावनी दिएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद् भवन घेराउ गर्ने चेतावनी दिए । सांसद थानीले सरकारले कर्णाली प्रदेशका विभिन्न सडक स्तरोन्नतिका लागि बजेट नछुट्याएको भन्दै आपत्ति जनाएका हुन् । उनले कर्णाली प्रदेशका राजमार्ग ‘मृत्यु राजमार्ग’ बनेका बताए । सांसद थानीले सरकारले यसैगरी कर्णाली प्रदेशलाई उपेक्षा गरेमा कर्णाली प्रदेशका सांसदहरूले संसद् भवन घेराउ गर्ने चेतावनी दिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएमा कर्णालीमा क्षेत्रीय दल बन्ने चेतावनी दिए । उनले सिङ्गो कर्णाली प्रदेशमा धनुषा र झापा जिल्लाको भन्दा कम बजेट गएको भन्दै ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीरम महासेठ नेपालको मन्त्री हो कि धनुषा र झापाको मात्रै मन्त्री हो’ भनेर प्रश्न गरे । शाहीले कर्णाली प्रदेशलाई अपमान गर्ने भए कर्णाली प्रदेशको सिंजाबाट आएको नेपाली भाषा नबोली आफ्नै भाषा निर्माण गर्न पनि चेतावनी दिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभाको रोस्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । उनले ठूला नेताका चार वटा निर्वाचन क्षेत्रबाहेकका प्रतिनिधि सभा सदस्यहरू बजेटप्रति असन्तुष्ट रहेको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उखु किसानको आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगे माधव नेपाल र बाबुराम भट्टराई

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेसपा (नयाँ शक्ति) अध्यक्ष डा‍. बाबुराम भट्टराईले उखु किसानको आन्दोलनमा समर्थन जनाएको छ। माइती...

कवाडी व्यवसायीको आन्दोलन र बालेन साहको नेतृत्वप्रति प्रश्न

बालेन साह रूपान्तरणको प्रतिक वा निरंकुश 'फेस लिफ्ट' ?

२०८४ को आशा : डा. भट्टराईको वैकल्पिक शक्तिको सपना र यथार्थको मूल्याङ्कन

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालै दिएको अभिव्यक्तिमा उनले २०८४ सालसम्म नेपालमा वैकल्पिक शक्तिको उदय हुने ठोकुवा गरे। उनी आफैंले सुरु गरेको...

तीज केवल सौभाग्यको पर्व होइन, नारी शक्तिको उत्सव पनि होः नायिका रेखा थापा

काठमाडौं । नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापाले हरितालिका तीजलाई नारीहरूको सौभाग्य र समृद्धिका लागि मात्र नभई नारी शक्तिको उत्सवका रूपमा लिनुपर्...

प्रभावकारी बन्दै 'शिक्षासँगै सिप कार्यक्रम', बिधालय शिक्षा पुरा गरे पछि सिपसहित निस्कने

माेरङ । मोरङ्गको पथरी शनिश्चरे वडा नम्वर ८ ले सुरु गरेको 'शिक्षा सँगै सिप कार्यक्रम' प्रभावकारी बन्दै गएको छ । वडाका तिन विद्यालयमा अघिल्लो...

आन्दोलनरत उखु किसानलाई माओवादी केन्द्रको ऐक्यबद्धता

काठमाडौं। सरकारले अनुदान कटौती गरेपछि काठमाडौंमा आन्दोलनरत उखु किसानलाई नेकपा माओवादी केन्द्रले ऐक्यबद्धता जनाएको छ। माइतीघर मण्डलामा धर्नामा रहेका...

कुवेत पुगेको आठौँ दिनमै सुर्खेतका युवकको आत्महत्या

कुवेत । कुवेतमा काम गर्न पुगेका एक नेपाली युवकले फ्लाइओभरबाट हाम फालेर आत्महत्या गरेका छन्। सुर्खेत, वीरेन्द्रनगर–४ शिवनगरका २३ वर्षीय हरिबहादुर गौतमल...

सँधै विवादमा आइरहने मेडिसिटी अस्पतालको ओरालो यात्रा

एक वर्षमै साढे ३२ करोड घाटा

उखुको बोटसहित किसान सडकमा आउनु दुःखद हाे: डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखुको भुक्तानी नपाएर किसानहरू उखुको बोटसहित सडकमा आउनु दुःखद भएको बताएका छन्। उनले सरकारलाई कि...

पशुपतिमा दर्शनार्थीलाई पानीको फोहोरा !

काठमाडौं । तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध भएर पूजा गरिसकेपछि नाचगान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending