Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

गुम्बा पुनःनिर्माणमा रु १५ अर्ब लाग्ने

काठमाडौँ । भूकम्पका कारण देशका विभिन्न स्थानमा भत्किएका तथा जीर्ण भएका गुम्बालगायत सम्पदा पुनःनिर्माणका लागि करिब रु १५ अर्ब खर्च लाग्ने भएको छ ।   बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले गरेको अध्ययनअनुसार समितिमा दर्ता भएका दुई हजार १७१ गुम्बामध्ये देशका विभिन्न स्थानमा त्यस्ता एक हजार ३०० सम्पदा बिग्रिएका छन् ।   भूकम्प अति प्रभावित १४ जिल्लामध्ये सिन्धुपाल्चोक, धादिङ, रसुवा, नुवाकोट र गोरखाका सम्पदामा धेरै क्षति पुगेको छ । स–साना धेरै सङ्ख्यामा चैत्य, गुम्बा, माने तथा छोर्तेन नोक्सान पुगेको छ । बौद्ध दर्शन तथा साहित्यमा महत्वपूर्ण मानिएका महायानी सम्प्रदायका प्राचीन तथा ऐतिहासिक विशेषता बोकेका ५०० वर्ष पुराना सम्पदासमेत भत्किएका छन् ।   समितिमा दर्ता हुन बाँकी तीन हजारभन्दा बढी गुम्बा छन् । समितिका अध्यक्ष कर्मा लेग्सेले पाँच वर्षभित्र ती सम्पदा मर्मत तथा जीर्णोद्धार गर्ने योजना राखिए पनि सरकारको आर्थिक तथा प्राविधिक सहयोग आवश्यक हुने बताए ।   विदेशमा बसेका नेपाली तथा गैरनेपालीले अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत ती सम्पदा निर्माणमा सहयोग जुटाउने प्रतिवद्धता व्यक्त गरेको जानकारी उनले दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending