केन्या । कर वृद्धिसम्बन्धी नयाँ विधेयकको विरोधमा केन्यामा हालै भएको सरकारविरोधी प्रदर्शनमा कम्तीमा ३९ जनाको ज्यान गएको अलजजिराले जनाएको छ।
केन्या राष्ट्रिय मानव अधिकार आयोग ९केएनसिएचआर०ले मृतकको संख्या सार्वजनिक गर्दै ३६१ जना घाइते भएका जनाएको छ। यो तथ्यांकले जुन १८ देखि जुलाई १ सम्मको अवधिलाई समेटेको आयोगले जनाएको छ।
अधिकांश युवा प्रदर्शनकारीहरूको नेतृत्वमा आयोजित शान्तिपूर्ण करविरोधी र्याली गत हप्ता संसद्ले विवादास्पद कानुन पारित गरेपछि घातक हिंसाको स्तब्धकारी दृश्यमा परिणत भएको थियो।
राष्ट्रपति विलियम रुटोले आइतबार टेलिभिजन अन्तर्वार्तामा विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएको बताएका थिए। उनले उक्त घटनामा आफ्नो कुनै संलग्नता नभएको भन्दै मृत्युबारे अनुसन्धान गर्ने वाचा गरे।
‘केएनसिएचआरले प्रदर्शनकारी, चिकित्साकर्मी, वकिल, पत्रकारहरूको चर्च, चिकित्सा आपतकालीन केन्द्र र एम्बुलेन्सजस्ता सुरक्षित स्थानहरूमा गरिएको अनावश्यक हिंसा र बल प्रयोगको कडा निन्दा गर्दछ,’ आयोगले जनाएको छ।
प्रदर्शनकारीहरूविरुद्ध अत्यधिक र असमान बल प्रयोग गरिएको केएनसिएचआरले भनेको छ। आयोगले संसद् र अन्य सरकारी भवनमा केही प्रदर्शनकारीहरूले प्रदर्शन गरेको हिंसात्मक र स्तब्ध पार्ने अराजकताका कार्यको पनि कडा निन्दा गरेको छ।
राष्ट्रपति रुटोले कर वृद्धिसम्बन्धी विधेयकमा हस्ताक्षर नगर्ने घोषणा गरे पनि मंगलबारदेखि कार्यकर्ताहरूले नयाँ विरोध प्रदर्शनको आह्वान गरेका छन्। प्रदर्शनकारीहरूले सामाजिक सञ्जालमार्फत राष्ट्रपति रुटोको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १६ गते, २०८२ - १८:०८
काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) स्थिति नेपाली दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । मध्यपूर्व क्ष...
फाल्गुन १६ गते, २०८२ - १७:४०
विराटनगर। झापा क्षेत्र नम्बर ५ मा चुनावी समाचार संकलनका क्रममा रहेका गोरखापत्रकर्मी अर्जुनकुमार आचार्यमाथि आक्रमण गर्नेहरूविरुद्ध किटानी जाहेरी दर्ता ...
फाल्गुन १६ गते, २०८२ - १७:३०
काठमाडौं । इरानको होर्मोजगान प्रान्तमा रहेको एक विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी ज्यान गुमाउने विद्यार्थीको संख्या २४ पुगेको छ। दक्षिणी इरा...
फाल्गुन १६ गते, २०८२ - १७:१५
काठमाडौँ। परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै नेपाली नागरिकलाई इजरायल र इरानको भ्रमण तत्कालका लागि स्थगित गर्...
फाल्गुन १६ गते, २०८२ - १७:०७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष कार्यकारी प्रमुखको मुद्दा आफ्नो पार्टीले नछाडेको बताएका छन्।...
फाल्गुन १६ गते, २०८२ - १५:३८
सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले सत्तारूढ वर्कर्स पार्टीको साताव्यापी महाधिवेशनपछि शीर्ष सरकारी तथा सैन्य अधिकारीलाई नयाँ स्नाइपर राइफल उपहार ...
फाल्गुन १६ गते, २०८२ - १५:०५
सुर्खेत। नेकपा (एमाले) का प्रचार विभाग संयोजक मिनबहादुर शाहीले निर्वाचनको मुखमा जेनजी पुस्ताको आन्दोलनको बिबिसीको डकुमेन्ट्री मतदाताको मनोविज्ञान प्रभ...
फाल्गुन १६ गते, २०८२ - १४:५८
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरेलले इरानमा गरेको हमलामा अमेरिका पनि सामेल भएको पुष्टि गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा...
फाल्गुन १६ गते, २०८२ - १४:४१
दुबई । इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार सैन्य आक्रमण सुरु गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई ‘आफ्नो सरकार लिन...
फाल्गुन १६ गते, २०८२ - १४:३०
बैतडी। ज्वरोको लक्षण देखिएको एकै घरका दुई जना बालकको पाँच दिनको फरकमा मृत्यु भएको छ। मृतक बालकमा उच्च ज्वरो आउने, रिङटा लाग्ने, ओठ सुक्ने र बान्ता हुन...



प्रतिकृया लेख्नुहोस्: