Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

दूध बेचेरै महिनामा लाख कमाउँछन् बाबुछोरा

खबरडबली संवाददाता

बागलुङ । बसाइँसराइले रित्तिँदै गएको छिस्तीको फुर्केसल्ला गाउँमा आँगनभरि मौरीका घार, गोठभरि भैंसी र पाडापाडीपालन गरेर बसेको छ रघुनाथ पौडेलको परिवार।

बागलुङ, जैमिनी नगरपालिका–८ फुर्केसल्ला पुग्दा ६१ वर्षीय रघुनाथ र उनका ३२ वर्षीय छोरा राजन गाईभैंसीको स्याहारसुसारमा व्यस्त थिए। बाउछोरा मिलेर चार वर्षयता दूध र मह उत्पादन गर्दै आएका छन्। उनीहरू गाउँकै उदाहरणीय परिवारका रूपमा चिनिएका छन्।

गाउँमा बाँदर आतंक भएपछि अन्नबाली कम उत्पादन हुन थाल्यो। परम्परागत कृषि कर्म गर्दै आएका रघुनाथले छोराकै सहायतामा कृषि र पशुपालनलाई अहिले व्यावसायिक बनाएका छन्।

'चार वर्ष अगाडिसम्म छोरा चितवनमा माछापालन गरेर बस्थ्यो। घरमा दुई-चारवटा मौरीका घार र एउटा लैनो भैंसी थियो। कोरोनापछि छोरा घर फर्कियो र व्यावसायिक पशुपालनमा लाग्यौं,' रघुनाथले भने, 'अहिले बाउछोरा मिलेर ६ वटा मुर्रा क्रस जातका भैंसी र तीनवटा गाई पालन गरेका छौं। २६ वटा मौरीका घार छन्। मौरीका घार बढाएर ५० पुर्‍याउने तयारीमा छौं।'

अन्न कुटानी पिसानीका लागि उनीहरूले घरमै मिल पनि राखेका छन्।

चितवनमा जग्गा भाडामा लिएर माछापालन गर्दै आएका राजनलाई गाउँका अन्य युवाझैं विदेश जान मन लागेन। बुबाको परम्परागत कृषि र पशुपालनलाई व्यावसायिक बनाउने काममा लागे। अहिले उनीहरूले दैनिक ४० लिटर दूध बागलुङ बजारमा पठाउँछन्। उनीहरूले छिस्ती पाडापाडी तथा भैंसीपालन फार्म सञ्चालन गरेका छन्। फार्ममा अहिले ६ वटा पाडी, एक पाडो र दुई गाईका बाच्छा हुर्किँदै छन्।

'कोरोना अगाडि म चितवनमै माछापालन गरेर बस्थेँ। अरूको जग्गा भाडामा लिएर काम गरेको थिएँ। कोभिडका बेला घाटा लाग्यो। त्यसपछि घरमै आएर बुबाले गरिरहनुभएको कामलाई व्यावसायिकता दिएको हुँ,' राजनले भने।

फार्ममा एउटा स्थानीय जातको भैंसी पनि छ। सुख्खा मौसममा ४० लिटर दूध र घाँस प्रशस्त भएका बेला ५० लिटरभन्दा बढी दूध बजार लैजाने गरेको उनले बताए।

बागलुङ बजारको भैरव डेरीले प्रतिलिटर ९५ रूपैयाँमा दूध लिने गरेको उनले बताए। अहिले हुर्किँदै गरेको पाडापाडी बढेपछि दूध उत्पादन एक सय लिटर पुग्नेछ। उन्नत जातको भैंसी र गाईबाट जन्मेका पाडापाडी संरक्षण गर्न सके महँगो मूल्य हालेर भैंसी र गाई किन्न नपर्ने उनले बताए।

बाँदरको आतंक बढेपछि उनीहरूले गाउँको १० रोपनी जग्गामा व्यावसायिक बहुवर्षे घाँसखेती गरेका छन्। घाँसमा आधारित पशुपालन भएकाले मुनाफा बढी हुने उनीहरू बताउँछन्।

'मासिक एक लाखदेखि एक लाख ५० हजार रूपैयाँसम्म आम्दानी दूध बिक्रीबाटै हुन्छ,' उनीहरूले भने।

पौडेल परिवारको २६ घार मौरीले पनि व्यावसायिक उत्पादन दिइरहेको छ। वर्षमा एकदेखि डेढ क्विन्टल मह उत्पादन गरी बिक्री गर्दा वार्षिक दुई लाख रूपैयाँभन्दा बढी आम्दानी महबाट हुन्छ। अर्गानिक मह भएकाले घरैबाट एक हजार पाँच सय रूपैयाँ किलोमा बिक्ने राजनले बताए।

'विदेश गए पनि दुःखै हो। बाँझो जग्गामा घाँसखेती गरेका छौं। त्यही घाँसले गाईभैंसी पालन हुन्छ। मौरीलाई हेरचाह मात्रै गरे पुग्यो,' उनले भने।

कृषि ज्ञान केन्द्र बागलुङले मौरीका घार थप्न ५० हजार रूपैयाँ अनुदान दिएको छ।

उनीहरूले दुईवटा प्लास्टिक टनेलमा टमाटर र काउली खेती पनि गरेका छन्। बाउछोराको काममा परिवारका सबै सदस्यको साथ छ। कक्षा १२ सम्म अध्ययन गरेका राजन सकेसम्म विदेश नजाने र यही कृषि कर्मलाई वृद्धि गर्दै जाने बताउँछन्।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गोठ सुधारका लागि एक लाख २० हजार रूपैयाँ र पाडापाडी संरक्षण गर्न ४० हजार रूपैयाँ प्रदान गरेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले बताए। दस रोपनी घाँसखेतीका लागि प्रतिरोपनी तीन हजार रूपैयाँका दरले ३० हजार रूपैयाँ अनुदान दिइएको छ।

'पशु विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा उत्पादनका आधारमा मासु, दूधदेखि घाँससम्ममा अनुदान दिएको छ। व्यावसायिक रूपमा पशुपालनमा लागेका किसानलाई घाँस उत्पादन, पाडापाडी संरक्षण गर्न सहयोग गरेका छौं,' डा. सापकोटाले भने, 'अनुदानले पूर्वाधार मात्रै बनाउँदा परिणाम देखिएन। अहिले उत्पादनका आधारमा अनुदान दिँदा असली किसान उत्साहित भएका छन्।'

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending