Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

ऐनको अभावले आदिवासी चलचित्र ओझेलमा पर्योः भुवन केसी

खबरडबली संवाददाता

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा निर्माण भएका आदिवासी जनजाती चलचित्रले विश्वमा नेपालको नाम चिनाउने काम गरेको बताएका छन् ।

आदिवासी जनजातीले आफ्नो भाषासंस्कृतिलाई मध्यनजर गर्दै फिल्म निर्माण गरेपनि नेपालमा यस बिषयमा ऐन अभावका कारण ओझेमा पर्ने गरेको उनको धारणा रहेको थियो ।

चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति’ले बिहिबार इटहरीमा आयोजना गरेको ‘बृहत् बिचार गोष्ठी कार्यक्रम–२०८१’मा बोल्दै केसीले आदिवासी जनजाती चलचित्रकर्मीको गतिबिधि बढ्दै गएको खुसी ब्यक्त गरे । 

उनले नेपाली कलासंस्कृति नेपालको गौरव भएको बताउँदै यसलाई विश्वमाझमा पु¥याउने सबैभन्दा सजिलो माध्यम नै चलचित्र भएको उल्लेख गरे ।

आदिवासी जनजाति चलचित्रकर्मी महासंघ, कोशी प्रदेशको सह–आयोजना रहेको कार्यक्रममा आदिवासी जनजाति मातृभाषीहरुका बिभिन्न झाँकी समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बोल्दै चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानले चलचित्र विकास बोर्ड अब काठमाडांैमा मात्रै सीमित नभएको बताए । चलचित्र विकास बोर्डले पछिल्लो समय देशव्यापी कार्यक्रमहरू आयोजना गरिरहेको उनको भनाई थियो ।

अभिनेत्री मिरुना मगरले चलचित्र क्षेत्र आफ्ना लागि बिद्यालय जस्तै भएको बताइन् । उनले आफुले धेरै समुदायको पात्र बनेर अभिनय गर्न पाएकोमा खुसी ब्यक्त गरिन् ।

आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धधन समितिका संयोजक ज्योतिराज राईले चलचित्र नगरीको विकासमा सबै समुदायको उत्तिकै भूमिका रहेको बताए । उनले एक समुदायले अर्को समुदायलाई आफ्ना संस्कार संस्कृतिहरूको विषयमा जानकारी दिने र लिने वातावरण सृजना गर्नु अहिले अपरिहार्य भएको उनको भनाई थियो ।

कार्यक्रममा चलचित्र क्षेत्रमा योगदान पुर्याउने अभिनेत्री मिरुना मगर, गीतकार तथा समाज सेवी मिना सिंगक, निर्माता तथा निर्देशक लाख बहादुर तामाङ, कलाकार तथा समाजसेवी डा.सञ्जय खतिवडा, कलाकार तथा निर्माता नवीन पराजुली, लिम्बु चलचित्र ‘हाङनाङ्ग’का निर्देशक तथा अनाम रंगमञ्चका अध्यक्ष विजय सन्योक सुब्बा, भुजेल चलचित्रकर्मी संघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेल, संस्कार संस्कृति अध्ययन मन्चका कार्यवाहक अध्यक्ष डिक बहादुर भुजेल, भुजेल चलचित्रका सह–नायक सुरज भुजेल लगायतलाई सम्मान समेत गरिएको थियो । 

चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धधन समिति’ले पछिल्लो समय देशका विभिन्न ठाउँमा पुगेर कार्यक्रम मार्फत आदिवासी जनजाति तथा मातृभाषीका चलचित्र निर्माण र प्रवद्र्धनमा प्रोत्सान मिल्ने कार्यक्रम र सहजिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending