Ntc summer Offer
Khabar Dabali १० जेष्ठ २०८२ शुक्रबार | 23rd May, 2025 Fri
Investment bank

स्वास्थ्य चौकी उद्घाटनका लागि नेता बोक्दै १० लाख स्वाहा

५ वटा हेलिकप्टर रिजर्भ

खबरडबली संवाददाता

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पाङ्बोचे स्वास्थ्य चौकी उद्घाटन गर्दा विशिष्ट व्यक्तिहरू चढेको हेलिकप्टरको भाडा १० लाख २५ हजार तिरेको पाइएको छ ।

‘पालिकाले पाङ्गबोचे स्वास्थ्य चौकी उद्घाटन गर्न विशिष्ट व्यक्तिहरू चढेको भनी ५ वटा हेली रिजर्भ गरी १० लाख २५ हजार हेली भाडा खर्च लेखेको पाइयो,’ महालेखा परीक्षकको कार्यालयले दिएको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण रिपोर्टमा उल्लेख छ ।

सो पालिकाले विभिन्न दिवस मनाउने कार्यक्रममा खाना, खाजा, ब्यानर लगायतमा मात्रै ९ लाख ७२ हजार ३२० रुपैयाँ खर्च गरेको छ । पालिकाका विभिन्न वडाले के कुन कार्यक्रममा, सहभागी सङ्ख्या, प्रयोजनसमेत नखुलाई विभिन्न होटल तथा रेस्टुराँको बिल भर्पाई संलग्न गरी खाना, खाजा लगायत देखाएर विविध शीर्षकमा १३ लाख ३८ हजार ९९० रुपैयाँ खर्च गरेको छ । पालिकाले विभिन्न हाइड्रो पावर कम्पनीहरूलाई समेत मेसिन खरिद गरेर अनुदानस्वरुप हस्तान्तरण गरेको छ । जसमा बोमखोला मिनी हाइड्रोपावरका लागि ९ लाख ९४ हजार ४ सयको मेसिन खरिद गरेको, पाङ्गोम लघु जलविद्युत मर्मतका लागि ५ लाख रुपैयाँ दिएको र बोमखोला मिनी हाइड्रो प्रोजेक्टलाई विद्युत् केबल खरिदका लागि ५ लाख २१ हजार ५९८ रुपैयाँ खर्च गरेको छ ।

यस्तै पालिकाले गाउँसभा सम्पन्न गर्नका लागि भत्ता वितरण बाहेक खाना, खाजा, चिया, नास्ता, ब्याग, रेनकोट खरिद लगायतको भुक्तानीका लागिमात्रै १६ लाख ४८ हजार ३५० खर्च लेखेको छ ।

गाउँपालिकाले सीसीटीभी खरिद तथा जडान नै नगरी सोही शीर्षकमा सीसीटीभी स्टेशन एण्ड स्मार्ट होमलाई ९ लाख ९३ हजार २०२ रुपैयाँ, आलु चिप्स मेसिन खरिदका लागि चेन्ज इन नेपाल प्रालिलाई ४ लाख ५३ हजार ३८६ रुपैयाँ भुक्तानी दिए पनि मेसिन हस्तान्तरण नभएको महालेखाले औँल्याएको छ ।

यस्तै पालिकाले पर्यटन सूचना केन्द्रमा पर्यटनको सूचना व्यवस्थापन गर्न ट्रेक कार्ड सफ्टवेयरको निर्माण र आवश्यक विद्युतीय उपकरण खरिदमा ४३ लाख ४ हजार १८३ रुपैयाँ खर्च लेखेको छ । उक्त खरिद प्रक्रिया अपारदर्शी रहेको महालेखाले जनाएको छ ।

‘पालिकाले ट्रेक कार्ड सफ्टवेयर निर्माण सम्बन्धी विभिन्न कार्यको एकमुष्ट लागत अनुमान तयार गरी नियमावली बमोजिमको खरिद विधि छनौट गर्नुपर्नेमा पालिकाले सफ्टवेयर निर्माण, मेसिन उपकरण खरिद र टे«क कार्ड चिप तथा कार्ड खरिदको छुट्टाछुट्टै लागत अनुमान तयार गरी सोझै खरिद प्रक्रिया मार्फत खरिद गरेको पाइयो,’ महालेखाले भनेको छ, ‘यो नियमावलीमा भएको व्यवस्था विपरीत गरेको खरिद कार्य नियमसम्मत देखिएन ।’

पालिकाले खरिद गरेको कार्ड जिन्सी शाखामा दाखिला पनि नगरेको प्रतिवेदनमा उल्लेख छ ।

महालेखा परीक्षकको कार्यालयले उक्त पालिकाको बेरुजु रकम ३ करोड १० लाख ६७ हजार देखाएको छ । जसमा असुल गर्नुपर्ने ७५ लाख ९८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ७३ लाख ४७ हजार, नियमित गर्नुपर्ने १ करोड ४८ लाख ४२ हजार र पेस्की १२ लाख ८० हजार रुपैयाँ छ ।

उक्त पालिकाको यसअघिको बेरुजु रकम २१ करोड १३ लाख ६१ हजार थियो । थप भएको बेरुजु रकमसँगै अद्यावधिक बेरुजु २४ करोड ११ लाख ५९ हजार पुगेको महालेखाले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकामा ५ वटा वडा छन् भने यहाँको जनसङ्ख्या ९ हजार २१७ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १७ सय रुपैयाँले बढेको हो ...

राष्ट्रिय लघुवित्त संगठन नेपाल अध्यक्षमा डाँगी

काठमाडाैं । राप्रपा नेपालले लघुबित्तसंग सम्बन्धितहरुको संगठनको रुपमा राष्ट्रिय लघुबित्त संगठन नेपाल गठन गरेको छ ।  पार्टीको भातृ संगठनको हैसियत दिई...

४० वर्षमूनिका युवासँग अन्तरसंवाद गर्दै राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं । जेठ १५ गतेदेखि आन्दोलनमा होमिने तयारी गरेको राजसंस्थावादीहरूको प्रमुख घटक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोल...

विमानस्थलको रनवेमा पानी निस्कियो, हवाई सेवा बन्द

सुर्खेत  । सुर्खेत विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि हवाई उडान बन्द भएको छ । जमिनमुनिबाट पानी निस्किएपछि २ दिनका लागि विमानस्थलमा हवाईजहाज...

मासु पकाउन खानेतेल भनेर डिजेल राख्दा....

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–८ कमानेको नमुना टोलमा खाना बनाउने क्रममा खानेतेल भनेर झुक्किएर डिजेल राख्दा भएको आगलागीमा दुई दुई जना घाइते भएका छन्...

जनस्वास्थ्यको खेलवाड गर्दै अस्पतालको गेटैमा अवैध औषधी पसल सञ्चालन

म्याग्दी । राज्यको नियम तथा कानुनको उल्लङ्घन गर्दै अवैध तवरले सञ्चालनमा रहेका पश्चिम म्याग्दीको दरवाङ स्थित औषधी पसलहरूमा गाउँपालिकाले ताला लगाएको छ ।...

पाँचथरको हेवाखोलामा पुनः बेलिब्रिज जडान हुने

पाँचथर । दुई पटक बाढीले पुल बगाएको मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवाखोलामा पुनः जडान हुने बेलिब्रिजका पार्टपुर्जा जडान स्थलमा ल्याइपु(याइएको छ । पछ...

कति छ आजका लागि तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मू...

चितवनमा दुई ट्रक ठोकिँदा ७ जना घाइते

चितवन । चितवनको गाईघाटमा दुई ट्रक एकआपसमा ठोकिँदा ७ जना घाइते भएका छन्। आज बिहीबार बिहान ६ः५० बजेतिर नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्र...

चिया पिउने यी सामान्य ५ तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या

काठमाडौं  । अधिकांश मानिसहरूलाई जोड्ने एउटा कुरा छ भने त्यो हो चिया । बिहानको सुरुवात होस् वा साँझको थकान, साथीभाइसँग गफगाफ होस् वा एक्लै रमाइलो पल, ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending