Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

संविधानको धारा ७६ को उपधारा २ बमोजिम मिलिजुली नै सरकार बन्छः एमाले

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेले संविधान अनुसार नेपाली कांग्रेससँगको आगामी सरकार मिलिजुली नै बन्ने निष्कर्ष निकालेको छ ।  ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले संविधानको धारा ७६ को उपधारा २ अनुसार नै सरकार बन्ने निष्कर्ष निकालेको हो। 

संविधानमा स्पष्ट व्यवस्था रहेको र। कांग्रेससँगको सरकार संविधानको धारा ७६ को उपधारा २ बमोजिम नै बन्ने  बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनले अहिले जानीजानी भ्रम फैलाउन खोजिएको बताए ।

प्रतिनिधि सभाका कुनै दलको बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको मिलिजुली सरकार गठन हुने व्यवस्था संविधानको धारा ७२ को उपधारा २ मा रहेको छ। अहिले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि त्यही उपधारा अनुसार प्रधानमन्त्री रहेका छन् । प्रचण्डले असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिंदै छन् ।

कांग्रेस र एमाले विपक्षमा रहेकाले प्रचण्डले विश्वासको मत पाउने सम्भावना छैन । प्रतिनिधि सभाबाट विश्वासको मत पाउन नसकेमा स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था रहेको छ ।

प्रचण्ड पदमुक्त भएपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बन्ने माओवादी लगायत अन्य दलले जिकिर गर्दै आएका छन् । यस उपधारामा प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ।

एमालेले भने दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउने अवस्था नभएमा मात्रै उपधारा ३ अनुसार सरकार बन्ने जनाएको छ । अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाउन खोजेकाले उपधारा २ अनुसार नै मिलिजुली सरकार बन्ने ज्ञवालीलेको भनाइ छ । 

संघीय संसद्‌मै पनि उपधारा २ अनुसार नै सरकार गठन भएका नजीर रहेको बताउँदै उनले कोशी प्रदेशमा सर्वोच्च अदालतको आदेश अनुसार नै फेरि उही धारा अनुसार सरकार गठन भएको बताए । त्यही कारण आगामी सरकार पनि उपधारा २ अनुसार नै बन्ने उनले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिकूल मौसमका कारण हवाई उडान ठप्प

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन...

निर्धारीत समयको ५ घण्टा ढिलो भइसक्दा पनि अखिल क्रान्तिकारीको बन्दसत्र भएन सुरु

काठमाडौं ।   अखिल क्रान्तिकारीको आजबाट सुरु हुने भनिएको बन्द सत्र ५ घण्टा बितिसक्दा पनि सुरु भएको छैन । बिहान ११ बजेका लागि बन्द सत्र सुरु गर्ने का...

नेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनु पर्छः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाललाई शान्तिको पर्यटकीय गन्तव्य मुलुक बनाउनु पर्ने बताएका छन् । विश्व पर्यटन...

मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो

काठमाडौँ । शुक्रबार बिहानै देखि परेको बर्षाका कारण मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जन भन्दा बढी स्थानमा पहिरो जादा सडक अवरुद्ध भएको छ । यस सडक खण...

विभिन्न कार्यक्रम गरि मनाइयो विश्व पर्यटन दिवस

काठमाडौँ । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं  विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै अवसरमा काठमाडौमा आयोजित कार...

उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौं । न्याय परिषद सचिवालयको बैठकले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ । ...

झापामा अत्यधिक वर्षा, प्रहरी प्रशासन ‘अलर्ट’

काठमाडौं । अत्यधिक वर्षा भएपछि झापा प्रशासन अलर्टमा बसेको छ । अविरल वर्षाले नदी तथा खोलाहरुमा बहाव बढेपछि डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता अप...

उच्च अदालतका दुई मुख्य न्यायाधीश सर्वोच्चको न्यायाधीशमा सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको न्यायधीशमा उच्च अदालतका दुईजना न्यायाधीश सिफारिस भएका छन् ।  न्याय परिषद्ले पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौ...

धरानका होटेलमा प्रहरीकाे छापाः व्यवसायीबाट युवतीहरूलाई यौन व्यवसायमा प्रोत्साहित गरेको प्रहरीकाे दाबी

सुनसरी । कुनै बेला यौन व्यवसायको चर्चामा आउने केही होटलहरुका कारण धरान सहरको नाम बदनाम भएको भन्दै सामाजिक दबाब परेपछि व्यवसायीहरूबाट त्यसलाई निरुत्साह...

चिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !

काठमाडौँ । चीनको वुहान नजिकैको वुचाङ शिपयार्डमा चिनियाँ आणविक पनडुब्बी डुबेको छ । समाचार एजेन्सी रोयटर्सले उपग्रहलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy