Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्सान बिच त्रिपक्षीय समझदारी

उच्च शिक्षाका लागि जापान जाने विद्यार्थीलाई कर्जा प्रवाह सहज गरिने

खबरडबली संवाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल तथा जाल्सानका अध्यक्ष रमेश देवकोटाले उक्त समझदारीमा हस्ताक्षर गरेका हुन् । 

समझदारी अनुसार, जापानमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो । बैंकले जाल्सानबाट सिफारिस भएका विद्यार्थीहरुलाई जापानका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक शैक्षिक कर्जा प्रवाह गर्नेछ । 

बैंकले प्रदान गर्ने उक्त शैक्षिक कर्जाले जापान जान इच्छुक विद्यार्थीहरुलाई वित्तीय ब्यवस्थापनमा सहयोग पुग्नेछ । 

जाल्सानमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात् बैंकले शैक्षिक कर्जा प्रवाह गर्नेछ ।

यसैगरी, आइएमई लिमिटेडले उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुको कलेज शुल्क, भिषा शुल्क लगायतका भुक्तानीका लागि विद्यार्थीहरुलाई बैंक तथा जाल्सानसँगको समन्वयमा सहजता प्रदान गर्नेछ । जापान गए पश्चात्  विद्यार्थीहरुले जापानबाट आफ्नो देशमा आइएमईबाटै सरलताकासाथ पैसा पठाउन सक्नेछन् । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वर्णिमलाई ‘निमित्त प्रधानमन्त्री’ भन्दै हर्कको व्यङ्ग्य

काठमाडौं । सांसद हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ‘निमित्त प्रधानमन्त्री’ भन्दै प्रतिनिधिसभामा व्यङ्ग्य गरेका छन्। बिहीबार संसद् ब...

डिजिटल माध्यमबाट सदस्यता वितरण गर्दै नेकपा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणलाई डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने भएको छ। यस अभियानको औप...

सुकुम्बासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुकुम्बासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा नेपाली सेनालाई खटाएको भनी संसद्मा उठेका प्रश्नको जवाफ दि...

चिया संकट : ६० हजार रोजगारी जोखिममा, सरकार कहिले जाग्ने ?

काठमाडौं । नेपालको प्रमुख निर्यातजन्य उत्पादनमध्ये एक चिया उद्योग यतिबेला गम्भीर संकटमा परेको छ। भारतले लागू गरेको नयाँ कार्य सञ्चालन मापदण्डका कारण न...

दक्षिण कोरियामा ‘बिश्वकर्मा भलिबल कप–२०२६’ हुँदै, विजेतालाई २२ लाख वन पुरस्कार

दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, मित्रता र एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले चौथो ‘बिश्वकर्मा भलिबल कप–२०२६’ आयोज...

गर्मीको चापसँगै मधेसमा विद्युत् संकट गहिरिँदै, उपभोक्तामा आक्रोश बढ्दो

जनकपुरधाम । चर्को गर्मी र अनियमित विद्युत् आपूर्तिको दोहोरो मारमा परेका मधेसवासीको दैनिकी कठिन बन्दै गएको छ। दिनहुँ हुने अघोषित विद्युत् कटौतीले जनजीव...

फिफा विश्वकप २०२६ : पानामालाई १–० ले हराउँदै घानाको महत्वपूर्ण जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज टोरन्टो रंगशालामा सम्पन्न खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ। ...

सिक्टा सिँचाइ आयोजनाको नियमित पानीले किसानमा उत्साह

बाँके । निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित रूपमा पानी छोड्न थालेपछि बाँकेका किसान खुसी भएका छन्। राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप...

अमेरिका–इरान शान्ति सम्झौताका मुख्य बुँदा सार्वजनिक, ट्रम्पको पुनः आक्रमण चेतावनी

काठमाडौं । अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने उद्देश्यसहित भएको अन्तरिम शान्ति सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक भएका छन्। सम्झौतासँगै अमेरिकी रा...

सम्पत्ति छानबिन आयोग दबाबमा, आधा लक्ष्य पनि पूरा भएन

काठमाडौं । सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न गठन गरिएको आयोगले लक्ष्यअनुसार विवरण संकलन गर्न नसक्दा समय थपिँदासमेत काम सम्पन्न गर्न सकस हु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending