Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

खगेन्द्र संग्रौलासँग साहित्य संवाद –‘मेरा प्रिय तन्नेरी ‘ब्रो’हरु थुप्रै छन्’

\"khagendra_sangrula\" नेपाली साहित्य लेखनको अहिलेको स्थिति कस्तो छ ? सामाजिक यथार्थको परिदृश्यमा उत्पीडनका पर्वतहरुमुनि किचिएर निसासिएका अनाम र पहिचानविहीन भूइँमान्छेहरु समाजका अन्तरकुन्तरबाट कमिलाको गोलोभैँ रमरम उज्यालोमा बाहिर निस्किरहेका छन् । र, साहित्यमा सिर्जनशील कर्ता र जीवन्त पात्रका रुपमा तिनको उपस्थिति बढ्दो छ । निषेधका पर्खालहरुले छेकेर दमनकारी सत्ताले नदेख्नू र नभन्नू भनिएका जीवनका दमित सत्यहरु साहित्यमा अभिव्यक्त भइरहेका छन् । मेरो विचारमा अहिले हाम्रो साहित्यको रोचक र रोमाञ्चक पक्ष यही हो । उसो त साहित्यको सबल, सकारात्मक र आशलाग्दो पक्ष पनि यही हो । प्रतिस्पर्धी प्रकाशन संस्थाहरु खुलेका छन् । राम्रो सज्जाले सिँगारिएका पुस्तकहरुको प्रकाशन बढेको छ । पाठकहरु बढेका छन् र पुस्तकहरुको बिक्री बढेको छ । यहा“नेर प्रश्न उठ्छ, पुस्तकहरुको यो जङ्गलमा के कस्ता पुस्तक छापिँदैछन् र के कस्ता र कति पुस्तक बिक्दैछन् ? चल्तीका प्रकाशकको ब्यापारिक परिभाषामा पुस्तक दुई थरिका छन्— बेस्ट सेलर र कम सेलर । यी दुईथरी सेलरको बीचमा अपवाद त पक्कै होलान् नै । अँ, बेस्ट सेलरको लेखक प्रकाशकका दृष्टिमा छेलोखेलो दूध दिने जर्सी गाई हो, र कम सेलर लेखक हो तुरुक्क दूध दिने डिँगो । त्यसैले बेस्ट सेलरवालेहरुका पुस्तकको अतिरञ्जित होहल्लासाथ प्रचार गरिन्छ । कम सेलरहरुलाई विना प्रचार मानौँ केवल पुस्तकहरुको प्रकृतिको बाना मिलाउनका लागि छापिन्छ । साधारणतया सेलेब्रिटीहरु, स्टन्टबाजहरु, निरङ्कुश सत्ताका सेवक भइखाएका ढोँगी पूर्व निजामति र जङ्गी हाकिमहरु, किशोर–किशोरीहरुको कुर्कुरे बैँसलाई कुतकुत्याउने बजारु माल लेख्नेहरु, राष्ट्रिय आत्महीनता प्रदर्शन गर्ने षड्यन्त्रको सिद्धान्तका प्रेमीहरु, हिंसा, सन्सनी र तिलस्मका शिकारीहरु तथा पोर्नाेग्राफी मार्काका लेखकहरु जर्सी गाईको महलमा पर्छन् । गम्भीर सामाजिक प्रयोजन, मूल्यचेतना र मानवमङ्गलको उदात्त भावनालाई दृष्टिगत गरी कलात्मकरुपले यथार्थको अनावरण गर्ने लेखकहरु तुर्तुरे डिँगाको कित्तामा पर्छन् । जर्सी गाईहरु प्रकाशकबाट अग्रिमरुपमा लाखौँ रकम हात पार्छन्, तुर्तुरे डिँगाहरु अग्रिमरुपमा पाइहाले केही हजार पाउँलान्, नत्र त्यही पनि पाउँदैनन् । पहिलो कित्ताका लेखकहरु, अपवादलाई छाडेर, यथास्थितिका सेवक हुन्, पछिल्लो कित्ताका लेखकहरु आ–आप्नो गच्छेअनुसार वागीचेतनायुक्त प्रतिपक्षका पैरवीकार हुन् । समकालीन नेपाली लेखनमा लेखनका यी दुई बान्की अन्तर्गत विचारका विविध प्रवृत्तिहरु क्रियाशील छन् । यहाँ अस्तित्ववाद हाजिर छ । एकाध लीला लेखकहरु मायावी लीला गरिरहेकै छन् । जति बुझ्न खोज्यो उति नबुझिने उत्तरआधुनिक पथका केही भाष्यकारहरु दुरुह आत्मालाप वा मनोवाद गर्नमा तल्लीन छन् । यिनमा जानअन्जान साहित्यलाई जीवनविमुख गराउने चेष्टा देखिन्छ । साहित्यमा सबाल्र्टन पनि उपस्थित छ । डायस्पोरिक (?) लेखन पनि चल्तीमा छ । अध्ययन, मनन, चिन्तन र दुष्टिकोणविनाका थाङ्ने गजलहरुको त बाढी नै आएको छ । प्रगतिशील फाँटमा दुईवटा धार देखिन्छन् । स्वनिर्मित पिन्जराबद्ध एउटा धार छ । अर्को स्वनिर्मित पिन्जराका रुढि, बन्देज र निषेधहरु तोड्दै प्रगतिशील प्रयोजनका साथ चिन्तन र सिर्जनाको फराकिलो फाँटमा विस्तारित हुन यत्नशील धार छ । पहिचान र अधिकारको दाबी गर्ने उत्पीडित समुदायका सिर्जकर्मीहरुको हस्तक्षेपकारी उपस्थिति रमितलाग्दो छ । निकैजना नारी लेखकहरु विषयगत र कलात्मक दुबै सामथ्र्यका साथ साधनारत छन् । जर्सी गाई प्रवृत्ति र तुर्तुरे डिँगो प्रवृत्ति समकालीन लेखनका दुई द्वन्द्वरत प्रवृत्ति हुन् । यो तुर्तुरे जीवनवादी प्रवृत्तिको द्योतक हो । सस्ंस्थापनमुखी जर्सी गाई धेरै बिक्ला, तर साँच्ची नै टिक्ने र जनोपयोगीचाहिँ तुर्तुरे डिँगो नै हो । हाल नेपाली साहित्यमा लाल क्रान्तिको उथलपुथलबाट निसृत सामाजिक चेतनाका विविध आयामहरु पनि विविध विधामा विविध कोणबाट अभिव्यक्त भइरहेका छन् । यस अर्थमा नेपाली साहित्यमा यो अत्यन्तै रोचक र रोमाञ्चक समय हो । म कमी एउटै कुराको देख्छु । त्यो के हो भने सौन्दर्य चिन्तन र साहित्य समीक्षाको फाँट एकदमै निम्छरो छ । त्यसैले, श्रेष्ठ र चुत्थो एवं स्तरीय र स्तरहीन रचनाको भेद खुट्याउने मानकको अभावमा साहित्यमा अन्यौल व्याप्त छ । यो अन्यौलबीच खास गरेर उदीयमान प्रतिभाहरु साधनाको यात्रामा कुहिराको कागभैँ दिग्भ्रमित हुने ठूलो खतरा छ । तपाईंको लामो लेखन अनुभव छ । वर्तमान साहित्यको स्वर विगतझैं निरन्तरता हो कि नयाँ हो ? मेरो विचारमा सामाजिक चेतनाको प्रवाहमा सधैँ निरन्तरता र नवीनता दुईवटा तत्वको योग हुन्छ । चेतना प्रवाहमा सामाजिक उपादेयता ननिख्रिएका तत्वहरुको निरन्तरता रहन्छ । र, त्यो निरन्तरतामा समयका नूतन पदचापहरु, समाजका नवीन सपना, आकांक्षा र अभिरुचिहरु जोडिइरहन्छन् । साहित्यको स्वरको हकमा पनि, मेरो विचारमा, सत्य कुरा यही नै हो । तपाईंले २० को दशकदेखि अनवरत रूपमा लेखिरहनुभएको छ । तत्कालिन विषय र वर्तमान विषयहरू फेरिए कि उस्तै छन् ? सामाजिक यथार्थमा आएको परिवर्तनसँगै लेखनका विषयहरुले नितान्त नौला औतार धारण गरेका छन् । हिजो नेपाली समाजमा एकात्मक चरित्रको राजतन्त्रीय केन्द्रीकृत हैकम थियो । र, साहित्य सिर्जना त्यही त्रूmर यथार्थको पक्ष र विपक्षमा क्रियाशील थियो । आज हाम्रासामु गणतन्त्र छ । सामाजिक र सांस्कृतिक विविधतालाई सम्बोधन गर्न यत्नशील संघीयताको आक्रामक एजेन्डा राजनीतिको टेबुलमा छ । समाजका अनाम र उपेक्षित, वञ्चित र बहिष्कृत समुदायहरु सामाजिक न्याय र समान अधिकार, जातीय पहिचान र अस्मिताको दाबी गरिरहेका छन् । आज दलित, अपाङ्ग, एकल महिला, तेस्रो लिङ्गी आदि अधिकार प्राप्तिको संघर्षमा डटेका छन् । आज मधेश शिर ठाडो पारेर समानता र प्रतिष्ठाको दुर्दम अभियानमा कटिबद्ध छ । जनजातिगणले पहिचान र अस्मिताको ध्वजा उठाएको छ । यसरी सामाजिक यथार्थले कोल्टो फेरेको छ । आधा आकाशको बलशाली दावीका साथ महिलाहरुका आवाज मुखरित भइरहेका छन् । यस्तोमा लेखनको विषय नयाँ त हुने नै भयो । जहिले पनि अरूको आलोचना एकदमै प्रष्ट भाषामा गर्ने र जोखिम उठाउने तपाईंको लेखनलाई गालीशास्त्र भनेर गाली गर्नेहरू पनि छन् । तपाईं आफैंचाहिँ के भन्नुहुन्छ ? समाज सोचाइ र स्वार्थ एवं मनोवृत्ति र संस्कारमा विभाजित छ । चिन्तन र संस्कृतिमा सामन्तवाद अभैँ बलशाली छ । मुखले जप्ने सिद्धान्त र वादहरु जेसुकै होउन्, मानिसहरु सामान्यतया प्रभु र भक्तमा विभाजित छन् । आप्mना प्रभुको दुर्मति र दुश्चरित्रमाथि कसैले टिप्पणी, ब्यङ्ग्य वा कटाक्ष गर्दा ती प्रभुका भक्तहरु रुष्ट हुनु स्वाभाविकै हो । मेरो लेखनलाई गालीशास्त्र भनी न्वारान गर्ने आखिर निजहरु नै त हुन् । तपाईं कम्युनिस्ट पार्टीको सदस्य हुनुहुन्थ्यो कुनैबेला । अहिले हुनुहुन्न । तपाईंले पार्टी छाडेको कि पार्टीले तपाईंलाई छोडेको ? मलाई यो प्रसङ्ग ठट्टाजस्तो लाग्छ । पैँतीस सालतिर स्वनाम साथी र उनका अरु केही मित्रले काठमाडौँमा ‘सर्वहारावादी कम्युनिस्ट लिग (सकली)’ नामक संगठन खोले । त्यो जनाधार र क्रियाकलाप खासै नभएको फुच्चे र कोठे संगठन थियो । मित्र स्वनामलाई लाग्यो होला, संगठनमा शोभाकै लागि भए पनि एउटा साहित्यकार त चाहिन्छ नै । बस्, उनले मेरो नाम आप्mनो दलमा ट्याक्क दर्ता गरिदिए । मेरो नामैले केही लछार्छ भने लछारिरहोस् भनेर मित्रको आग्रह मैले मानेँ । करिब दुई वर्षपछि स्वनाम साथीको सकली र रुपलाल विश्वकर्माको मजदूर–किसान संगठन एक भए । त्यो मेलसँगै मैले आप्mनो नाम सकलीबाट झिकेँ । न सकलीमा प्रवेश मेरो रहर थियो, न सकलीबाट आप्mनो नाम झिक्दा मलाई कुनै विशादको अनुभूति भयो । बस्, मेरो क्षणभङ्गुर पार्टी–जीवनको आयु तुरियो । यो बाटो हिँडेर यहाँसम्म आइपुग्दा तपाईंले संगत गरेका कत्ति लेखकहरू आज यस संसारमा हुनुहुन्न र, कत्तिचाहिँ हुनुहुन्छ । सबैलाई मूल्याङ्कन गर्दा कस्तो लाग्छ ? विराट् आकारको यो प्रश्नको उत्तर दिन मैले एउटा ढड्डा नै लेख्नुपर्ने हुन्छ । हाललाई असमर्थताको लागि क्षमा याचना । तपाईं जसका लागि लेख्नुहुन्छ, ती मान्छेका जीवन आज पनि उस्तै छ । यसरी हेर्दा आफ्नो लेखनको सार्थकता रहेनछ भन्ने लाग्दैन ? तिनको जीवन हुबहु उस्तै छैन । कालक्रममा तिनको चेतना बढेको छ । तिनमा मानवोचित जीवन जिउने उत्कण्ठा जागेको छ । आप्नो लेखन निरर्थक लाग्ने भए, मित्र, आखिर म किन पो लेखिरहँदो हुँ र ? सँगै काम गरेका साथीहरूको पनि विचार नमिल्नेबित्तिकै तपाईं तिनप्रति कठोर कटाक्ष गर्र्न पछि पर्नुहुन्न । यस्तो किन गर्नुहुन्छ दाइ ? पुतली ठानेर प्रेम गरिएको चीजभित्रबाट अनपेक्षितरुपले फुत्त झुसिल्किरो निस्कँदा गरिने प्रतिक्रिया कठोर कटाक्ष सिवाय अरु के नै पो हुनसक्ला र ? तपाईंको जीवनको यति लामो लेखन–यात्रामा तमोर नदीको किनारबाट काठमान्डुसम्म आउँदाका घुम्तीहरू बताइदिनुहोस् न । हरेक व्यक्तिको जीवन एउटा नागबेली यात्रा हो । यात्रामा घर्षणपछि घर्षण झेल्नुपर्छ । यो घर्षणमय यात्रामा कुइनेटापछि कुइनेटा आउँछन् । म पूर्वी पहाडबाट काठमाडौँ आएँ । देब्रे ढल्कुवा विचारसँग मेरो सत्सङ्ग भयो । विश्वविद्यालमा अंग्रेजी साहित्य पढ्दै गर्दा लाग्यो, यो बुज्र्वा शिक्षाको काम छैन । गर्नृुपर्ने पर्ने त लाल क्रान्ति पो हो । बस्, रुकस्याक ब्यागभरि माओकृत रेडबुक बोकेर मास्टरीको भेषमा म लमजुङतिर लागेँ । गाउँमा पञ्च, पुलिस र अनुदार चित्तका एकथरी कांग्रेसले मलाई बसीखन दिएनन् । र, झोलितुम्बा बोकेर मैले रातारात काठमाडौँतिर टाप कसेँ । त्यसपछि तनहूँ गएँ । बन्दिपुरमा मेरो अन्तर्जातीय घरजम भयो । त्यसपछि मास्टरीकै भेषमा चितवन गएर पाँच वर्ष बसेँ । रामकृष्ण पन्त नामक सन्काहा सीडीओले मलाई मार्छु भन्यो । अनि झिटीगुन्टा बोकेर फेरि अन्धकारका पत्रभित्र लुक्दै म काठमाडौँ आएँ । त्यसउप्रान्त म काठमाडौँमै छु । यी भए भूगोलका कुइनेटाहरु । त्यसो त विचारका कुइनेटाहरु पनि छन् । आरम्भमा म स्टालिनद्वारा स्थापित संकीर्ण, रुढ र असहिष्णु कम्निस्ट चिन्तन परम्पराको प्रभावमा थिएँ । माओ विचारको संगतपछि म स्टालिन प्रवृत्तिबाट किञ्चित् अलग्गिएँ । लिओन ट्राटस्की, आन्टोनियो ग्राम्सी, जर्ज लुकाज र बर्तोल्त ब्रेख्तले मेरो दृष्टि क्षितिज फराकिलो पारिदिए । एबर्ड सइद, नोम चोम्की र इडुआर्डो गालिआनोसम्म आइपुग्दा मेरो दृष्टिकोणको दायरा झनै फराकिलो भयो । अहिले म जे छु, म विचारका यिनै मोडहरुको उपज हुँ । लिम्बू गाउँमा हुर्केको तपाईं असाध्यै चकचके स्वभावको र छुच्चो हुनुहुन्थ्यो    (नव–युवा प्रकाशित तपाईंकै संस्मरण पढेर थाहा पाएँ) । आज एउटा विद्वान लेखक, समीक्षक, विश्लेषक बन्नुभयो । यसबारे केही भनिदिनुहोस् न । मेरो त्यो अघिल्लो चित्तवृत्ति र तपाईँले औँल्याउनुभएको यो पछिल्लो अवस्थाबीच के साइनो छ मलाई थाहा छैन । तपाईंका कथा, उपन्यास, संस्मरणहरू जहिले पनि भुईंमान्छेका जीवनसँग जोडिएका हुन्छन् । तपाईं आफैंचाहिँ भुईंमान्छे कि भुईंमान्छेको लेखक मात्रै ? म किञ्चित् सुविधासम्पन्न भुइँमान्छे हुँ । म सार्वजनिक बाहनमा यात्रा गर्छु । म भूइँमान्छेहरुका बस्ती चहार्दै हिँड्छु । म तिनका आँखाको भाव पढ्छु, तिनका सपनाको रङ्ग नियाल्छु, तिनका आकाङ्क्षाको स्पन्दन ठम्याउने चेष्टा गर्छु । मेरा यी सबै यत्नहरुले तीप्रति ममा समभाव जगाउँछन् र मेरो तिनीहरुसित निकटताको नाता बन्छ । यसरी म तिनीहरुदेखि केही टाढा छु, र साथसाथै नजिक पनि । धेरै लेखकहरूको जीवन ढोंग, कुण्ठा र दम्भमा बितेको देखिन्छ । तपाईंमा यी र यस्ता कमजोरी कत्तिका छन् ? मेरो जीवनका सबै आयामहरु केही नै नलुक्ने गरी सार्वजनिक भएका छन् । म के हुँ त्यसको निरुपण हुने त लोकदृष्टिको तराजुमा पो हो । मौलिक लेखन, अखबारीे लेखन त छँदैछन् । त्यसमाथि तपाईं राम्रो अनुवादक पनि हुनुहुन्छ । अर्काको अनुवाद गर्दा आफ्नो सिर्जनशीलता छोडेर अन्यत्रै भड्किएजस्तो लाग्दैन ? लाग्दैन । म जे जान्दिनँ वा गर्न सक्दिनँ त्यसको क्षतिपूर्ति अनुवादबाट गर्ने प्रयास गर्छु । मेरा अनुवादहरु मेरो ज्ञान, दृष्टिक्षितिज, अनुभव र संवेदनालाई विस्तार गरिदिने माध्यमहरु हुन् । यस अर्थमा मेरो अनुवाद कर्म मेरो सिर्जनशील कर्मकै पूरक हो । खगेन्द्र संग्रौलाले यस समाजलाई के दियो भनेर आफैंले भन्नुपर्दा ? सिर्जनकर्मीका नाताले म मौरीजस्तै हुँ । मौरीले पूmलदेखि ढलसम्म डुलेर कुट बटुल्छ । त्यसरी सँगालिएका विविध प्रकृतिका रसहरुलाई प्रशोधन गरी मौरीले मह बनाउँछ । चाकामा महको मात्रा कति छ, त्यसको स्वाद कस्तो छ र त्यसको आरोग्यकारी गुण कस्तो छ त्यो जान्ने र भन्ने मौरीले होइन, मह उपभोग गर्नेले पो हो । म खै के भनुँ ? तपाईं बाहुनको छोरो, गुरुङ्सेनी श्रीमती विवाह गर्नुभयो । प्रेम विवाह नै होला (त्यसबेलाको समाजमा मागेर अन्तजार्तीय विवाह गर्नु सम्भव थिएन) । भनेपछि तपाईंका पाठकलाई तपाईंको प्रेम–प्रशंग सुनाइदिनुस् न । मेरी श्रीमती तमु हुन् । हाम्रो प्रणयको कथामा त्यस्तो रहस्यमय, रोमाञ्चक, विस्मयकारी वा विशेष रुचिकर तत्व केही छैन । हाम्रो भेट तनहुँको सुन्दर पर्वतीय नगरी बन्दिपुरमा भयो । म हाईस्कुलको मास्टर, उनी अस्पत्तालकी स्टाफ नर्स । ग्रामीण भेगको सानो ठाउँमा पढेलेखेका मानिसहरु धेरै हुँदैनन् । त्यसैले जो पठित छन्, तिनले रोज्न पाउने पठित जोडी धेरै हुँदैनन् । संयोगवश, हाम्रो डेरा एउटै घरमा हुनपुग्यो । म होटलमा भात खान्थेँ । अल्सरको मधौरु थिएँ म । होटलको खान्कीले मेरो पेट दुखाइरहन्थ्यो । मेरी हुनेवालीका चित्तमा करुणाभाव जागृत भएछ क्यार, उनले सँगै खाउँ भनी मलाई आमन्त्रण गरिन् । एउटै चुलाको भात, एउटै घरको बास । हाम्रा मन मिले, माया बस्यो, सल्लाह गरियो र बिहा गरियो । बस्, मेरो मायापिर्तीको जम्मा कुरो यत्ति हो । सामाजिक विषयलाई लिएर नागरिक आन्दोलनको अगुवा बनेर देश डुल्नुभयो, अहिले त्यस आन्दोलनलाई अरूले कस्मेटिक रूपमा प्रयोग गरिरहेका छन् । आन्दोलनको उठान गरेर मझधारमै छोडिदिनु कति ठिक थियो दाइ ? नामै त नागरिक आन्दोलन छ जसले आप्mनो प्रकृति, धर्म र आयुबारे यसै पनि धेरै कुरा भन्छ । नागरिक आन्दोलन तहगत संगठन, कार्यालय, स्ट्याम्प–प्याड, झन्डा, चुनिएका नेता, सत्तारोहण गर्ने आकांक्षा आदिसहितको राजनीतिक दलजस्तो संस्था होइन । यो त आन्दोलन हो । समयको आवश्यकता र आह्वानलाई स्वीकार गरी हामी अपेक्षाकृत स्वतन्त्र नागरिकहरु आन्दोलनमा जुट्यौँ । हामीले आप्mनो धर्म पूरा ग¥यौँ र नागरिक आन्दोलनले विश्राम लियो । राजनीतिको रथ हाँक्ने जिम्मा हाम्रा काँधबाट पेशेवर राजनीतिकर्मीहरुका काँधमा स¥यो । नागरिक आन्दोलनले गर्ने नै यत्ति हो । अनि केको मझदारका कुरा ? तपाईंले विगतमा मास्टरी पनि गर्नुभयो । मास्टरी पेशा छोडेर बेरोजगार र बागी लेखक बन्ने तपार्ईंको रोजाई सन्की पनि थियो हगि । मेरो रोजाइ सुविचारित थियो । निरंकुश सत्ताका श्वानहरुले मलाई दिनुसम्म दुःख दिए । त्यो बेला रोज्नलाई मेरासामु दुईवटा विकल्प थिए । निरंकुश सत्ताका अगाडि घुँडा टेकेर मास्टरी धान्नु वा आस्थाको दीप अघि लगाएर जोखिमको बाटो हिँड्नु । मैले पछिल्लो विकल्प रोजेँ । आप्mनो रोजाइमा मलाई ग्लानि होइन गौरव छ । अहिले पनि तपाईंका पाठकहरू गल्लीमा छन्, पत्रिकामा तपाईंलाई खोजि हिँड्छन् । तपाईं भने बिजुली मिडियाहरूतिर अलि बढि ढल्किनुभयो । अब तिनले तपाईंलाई कहाँ पढ्ने ? यो मेरालागि बडो सन्तापकारी प्रश्न हो । पत्रिकामा यसो औँसी–पूर्णिमाको छेक पारेर थोरै लेख्दै बसेको थिएँ, एकजना जोशिला तन्नेरी मित्रले ख्यालख्यालमै मलाई तानेर साइबर मिडियामा पु¥याए । विचार सम्प्रेषण र जनमत निर्माणमा साइबर मिडियाको महत्व बढ्दो छ भन्ने मलाई थाहा छ । तर लाग्छ, मेरा लगभग ९० प्रतिशत पाठकहरु साइबर मिडियाको पहुँचदेखि बाहिर, तल भूइँमा छन् । अब म गरुँ के ? मात्रा मिलाएर दुवैतिर लेख्नुपर्ला । उमेरले ७० पुग्नुभो । व्यहारमाचाहिँ युवाहरूसँग ‘ब्रो खै खुक्स हानूँ’ भन्दै हिँड्नुहुन्छ । ‘म बूढो भएँ’ भनि स्वीकानु साँच्चै दुःखपूर्ण छ है ? बूढा दुई थरीका हुन्छन्— विचारका बूढा र उमेरका बूढा । मलाई दिक् र कालको अभैm राम्रै चेत छ । मैले अभैm इतिहासका पदचापहरुको भेउ पाउन छाडेको छैन । त्यसैले विचारको हकमा म ठीकै छु । उमेरले भने म बूढौलीतिर लागेँ क्यार । जन्मेको भूगोल र हुर्केको परिवेशका हिसाबले म परेँ पूर्वेली मनुवा । यो ‘ब्रो’ जो छ, पूर्वमा खास गरेर जनजाति युवाहरुमाझ गरिने अन्तरङ्ग र मनोविनोदी सम्बोधनको अभिव्यक्ति हो । मेरा प्रिय तन्नेरी ‘ब्रो’हरु थुप्रै छन् । तीसँगको सङ्गतको निकटताबाट ममा तरुणाइँका जीवन्त आवेगहरु सञ्चार हुन्छन् । त्यसैले यो ‘ब्रो’ मलाई मनपर्छ । बस् । लेखनमा तपाईंसँग आइरहने सोम को हो ? मेरा सक्कली सोम वसन्त थापा हुन् । कहिलेकाहीँ वास्तविक पात्रको नाउँ नकाडीकन तर चिनिने गरी प्रस्तुत गर्दा म ‘सोम’को प्रयोग गर्छु । त्यस्ताहरु नक्कली सोम उर्प अन्तरेहरु हुन् । गगन थापा, नरहरी आचार्यलाई भोट माग्दै हिँड्ने कम्युनिष्ट लेखक हो हगि तपाईं ? म कम्युनिष्ट लेखक होइन, देब्रे ढल्कुवामात्र हुँ । गगन थापा र नरहरि आचार्य मेरो दृष्टिमा सन्दर्भ–सन्दर्भमा देब्रे ढल्कुवा हुन् । जहाँ मन र मत मिल्यो त्यहाँ मैले तिनलाई समर्थन गरेँ । यसो गर्नु वैचारिक विचलन वा नैतिक अर्घेल्याइँ हो र ? लेखन–यात्रामा यहाँसम्म आइपुग्दा ‘केही गरियो बाबै’ भन्ने लाग्छ कि ‘थुइक्क केही गर्न सकिएनछ’ भन्ने लाग्छ ? दुबै लाग्दैन । लेखन मेरालागि जगत्सँग प्रतिक्रिया गर्ने माध्यम हो । म जे छु, मलाई त्यस्तो बनाउनमा यो जगत्को साथ र हात छ । र, यो जगत्को गुनको पैँचो तिर्नुपर्ने मेरा कर्तव्यहरु छन् । लेखेर म त्यही कर्तव्य निर्वाह गरिरहेको छु । मरिजाने जिन्दगीको कत्तिको माया लाग्छ ? जीवनलाई पछाडि फर्कि हेर्दा कस्तो देख्नुहुन्छ ? जिन्दगीको माया समस्त प्राणीहरुको नैसर्गिक प्रवृत्ति हो । यो दुर्लभ जिन्दगीप्रति मेरो अगाध सम्मानभाव छ । आप्नो जीवन यात्राका पदचिन्हहरु हेर्दा मलाई न उत्रो गौरव लाग्छ न ग्लानि । लाग्छ, जीवन ठीकै त बाँचियो । तपाईंलाई झुर लेख्न डर लाग्छ कि मर्न ? निःसन्देह मर्न । खगेन्द्र संग्रौला नेपाली लेखन–संसारमा किन अरूभन्दा छुट्टै देखिन्छ होला ? तपाईं खगेन्द्र संग्रौलाको पाठक भएर भनिदिनुस् । म कसरी भनुँ खै ? लेखनमा मेरो छुट्टै निजत्व भए त्यो त देख्नेले बुझ्ने र भन्ने कुुरा पो हो । लेखकदेखि छुट्टिएर पाठक भई आप्mनो लेखनलाई हेर्न सकिन्छ र ? आप्mनो अहम्जन्य संस्कार त्यो पाठकमा पनि त सञ्चार होला । (हालै सार्वजनिक भएको इतर विचारबाट साभार, यो वार्ता मणी काफ्लेले गरेका हुन् )
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy