NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

दुई सरकारी कार्यालयको बेरुजु रकम चौध करोड

nepali_monyताप्लेजुङ । यस जिल्लाका दुई सरकारी कार्यालयको मात्र बेरुजु रकम रु १५ करोड भन्दा बढी पाइएको छ । जिल्ला विकास समिति ताप्लेजुङले बिहीबार आयोजना गरेको विषयगत कार्यालयको आर्थिक वर्ष २०७१÷७२ को समीक्षा कार्यक्रममा यस्तो बताइएको हो । जिल्ला विकास समितिको मात्रै बेरुजु रकम रु सात करोड ९४ लाख पुगेको छ । जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागार्इंका अनुसार आव २०७१÷७२ को पूर्वाद्र्धसम्म रु १२ करोड १५ लाख ६२ हजार बेरुजु रकम रहेकामा रु चार करोड २१ लाख ६२ हजार फछ्र्यौट भएपछि रु सात करोड ९४ लाखमा झरेको छ । चौलागार्इंका अनुसार अघिल्लो आवमा रु २९ लाख छ हजार पेस्की फछ्र्यौट भए पनि आव २०६९÷७० देखियताका बाँकी वर्षमा पेस्की फछ्र्यौट ज्यादै कम पाइएको छ । यस्तै, बढी बेरुजु रहने अर्को निकाय जिल्ला शिक्षा कार्यालयको मात्रै रु छ करोड ६० लाख ५९ हजार ९७८ बेरुजु रकम रहेको छ । जिल्ला शिक्षा अधिकारी पूर्णबहादुर दर्जीले चालु आवको भदौ महिनाभित्र रु दुई करोड बढी पेस्की फछ्र्यौट गर्ने अन्तिम तयारी भएको उनले बताए । यसो भएमा बेरुजुको अङ्क चार करोड ६० लाखमा झर्नेछ । दर्जीका अनुसार बेरुजु फछ्र्यौटलाई उच्च प्राथमिकतामा राखेर कार्य सम्पादन गर्ने शिक्षा कार्यालयको योजना छ । शिक्षा कार्यालयले भौतिक सुधार पूर्वाधार कार्यक्रमका लागि विद्यालयलाई निकासा गरेको रकम नै बेरुजुको ९० प्रतिशत हिस्सा हो । शिक्षा कार्यालयले आव २०७१÷७२ को पूर्ण अवधिभित्र रु पाँच करोड ८३ लाख ८० बेरुजु रकम फछ्र्यौट गरेको छ । जिशिअ दर्जीका अनुसार आव २०७१÷७२ सम्ममा रु १२ करोड ४४ लाख ४० हजार ७०२ बेरुजु रकम रहेकामा अरु बेरुजु फछ्र्यौट गरी रु छ करोड ६० लाखमा झारिएको हो । उहाले बेरुजु थप बढ्न नदिन र संपरीक्षणमा चाहिने कागजातका लागि कार्यालयले ताकेता थालेको जानकारी दिनुभयो । दर्जीका अनुसार यस कार्यका लागि कार्यालयले पेस्की फछ्र्यौट नगर्ने विद्यालयको खाता रोक्का गर्ने, पहिलो किस्ता बुझेका तर त्यसको कागजात नल्याएकाको दोस्रो किस्ता भुक्तानी रोक्का गर्ने र अघिल्लो आवमा फछ्र्यौट कागज नल्याई अन्तिम किस्ता बुझेका विद्यालयका प्रधानाध्यापकको तलब रोक्का गर्ने र सम्बन्धित विद्यालयको नियमित अनुदान रोक्का गर्नेलगायतका रणनीति अख्तियार गरिएको छ । जिविसले पनि बेरुजु अङ्क बढ्न नदिन तथा कायम बेरुजु रकम घटाउन उपभोक्ता समितिलाई जिम्मेवार बनाउने, बेरुजु रकम कायम रहेकालाई बेरुजु फछ्र्यौटका लागि सम्पादित कार्यलाई पुष्टि गर्ने कागजात ल्याउन ताकेता गर्ने तयारी गरेको स्थानीय विकास अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । जनशक्ति अभाव र ढिलो गरी अख्तियारी प्राप्त हुनुले पनि अपेक्षाकृत सफलता प्राप्त गर्न नसकिएको बेरुजु भागिदार कार्यालयको भनाइ छ । रासस
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Jobkhoji Salt Trending Detail Page