Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

बाङ्ग्लादेशमा आरक्षणविरोधी प्रदर्शन हिंसात्मक

इन्टरनेट सेवा बन्द, सरकारी टिभीमा आक्रमण

खबरडबली संवाददाता

काठमाडौं । बाङ्ग्लादेशमा विद्यार्थी र प्रहरी बीचको हिंसात्मक झडप जारी रहँदा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । राजधानी ढाकामा इन्टरनेट लगभग पूर्ण रूपमा बन्द गरिएको छ भने टेलिफोन लाइनहरू पनि बन्द भएका छन्।

हजारौँ प्रदर्शनकारीहरूले बिहीवार साँझ सरकारी टेलिभिजन बीटीभीको कार्यालयमा प्रवेश गरेर आक्रमण गरेका थिए। उनीहरूले त्यहाँ फर्निचरहरूसहित झ्याल र बत्तीहरू तोडफोड गर्नुका साथै केही भागमा पनि आगो लगाइदिएका छन् ।

बाङ्ग्लादेशका सूचना तथा सञ्चारमन्त्रीले  सरकारी टेलिभिजनको प्रसारण रोकिएको र अधिकांश कर्मचारीले राजधानी ढाकास्थित उक्त भवन छाडिसकेको बताएका छन् ।

बीटीभीले के भन्यो ?
त्यसअघि आफ्नो आधिकारिक फेसबुक पेजमा एउटा पोस्ट लेख्दै बीटीभीले आफ्नो भवनभित्र धेरै कर्मचारीहरू फसेको भन्दै दमकल सेवालाई आगो निभाउन मद्दतका लागि अपिल गरेको थियो।

नाम खुलाउन नचाहने बीटीभीका एकजना वरिष्ठ पत्रकारले  भने,-'परिस्थिति धेरै खराब बनेकाले हामीले उक्त ठाउँ छाड्नु बाहेक अन्य कुनै विकल्प थिएन।' उनले भने-'हाम्रा केही सहकर्मीहरू भित्र फसेका थिए। उनीहरूलाई के भयो मलाई थाहा छैन।'

प्रधानमन्त्री शेख हसिना बुधवार राति टेलिभिजनमा देखा परेर सबैलाई शान्त रहन आग्रह गरेकी थिइन् । केही दिनदेखि आरक्षणको विरोधमा बाङ्ग्लादेशमा जारी हिंसामा कम्तीमा २५ जनाको ज्यान गएको र सयौँ घाइते भएको बताइएको छ।

के छ प्रदर्शनकारीको माग ?
 
सरकारी जागरिमा सन् १९७१ मा देशलाई पाकिस्तानबाट स्वतन्त्र बनाउने सङ्घर्षमा लडेका मानिसका सन्तानका लागि गरिएको आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले ठाउँठाउँमा र्‍याली गर्दै आएका थिए।

बाङ्ग्लादेशमा केही सरकारी पदहरू महिला, जातीय अल्पसङ्ख्यक र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि पनि आरक्षित गर्ने व्यवस्था रहेको छ। त्यहाँ एकतिहाइ पदहरू युद्धको समयका नायकहरू भनी वर्गीकृत गरिएका मानिसका सन्तानका लागि छुट्ट्याइने गरेको छ।

योग्यताका आधारमा सरकारी रोजगारीमा भर्ना लिने प्रक्रिया लागु गर्नुपर्ने भन्दै विद्यार्थीले यो अहिलेको व्यवस्था भेदभावपूर्ण रहेको बताइरहेका छन्।

 मोबाइल इन्टरनेट बन्द
आन्दोलन नियन्त्रणका लागि सरकारले बिहीवार देशभरिको मोबाइल इन्टरनेट बन्द गरेको थियो । तर बिहीवार नै पछिल्लो आन्दोलनको हालसम्मको सबैभन्दा घातक दिन बनेको थियो।

समाचार संस्था एएफपीले अस्पतालहरूलाई उद्धृत गर्दै प्रदर्शनका क्रममा कुल ३२ जनाको मृत्यु भएको जनाएको छ। बीबीसी बाङ्ग्लाले चाहिँ कम्तीमा २५ जनाको ज्यान गएको र ढाकामा मात्र १९ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ। त्यसमध्ये १३ जना बिहीवार मारिएका हुन्।

मारिनेमा ढाका टाइम्सका एक जना ३२ वर्षका पत्रकारसमेत रहेका छन्।
 
वार्ताको पहल असफल
प्रधानमन्त्री शेख हसिनाले आफ्नो बुधवारको टेलिभिजन सम्बोधनमा प्रदर्शनकारीहरूको मृत्युलाई 'हत्या' भनेर निन्दा गरेकी थिइन् ।

तर उनको शब्द चयनलाई लिएर पनि प्रदर्शनकारीहरूले आपत्ति जनाए र वार्ताको सरकारी प्रस्तावलाई अस्वीकार गरेका छन्।

'सरकारले एकै दिन यति धेरै मानिसहरू मारेको वर्तमान अवस्थामा हामी कुनै पनि छलफलमा सामेल हुन सक्दैनौँ', आरक्षणविरोधी आन्दोलनका नेता नाहिद इकबालले भने।

अर्का २२ वर्षीय विद्यार्थी अलीम खानले बीबीसीसँग भने, 'प्रधानमन्त्री एकातर्फ हिंसा अन्त्य गर्न आग्रह गरिरहेकी छन् र अर्कोतर्फ सत्तारुढ दल समर्थक समूहहरू र प्रहरीलाई प्रयोग गरेर विद्यार्थीमाथि आक्रमण गराइरहेकी छन्।'

विद्यार्थीहरूले सडकहरूमा अवरोध गरेपछि प्रहरीहरूले अश्रुग्यास र रबरका गोली चलाएका थिए।

सामाजिक सञ्जालमा एक जना अधिकारीले जनाए अनुसार बीटीभीमा आक्रमण गर्ने विद्यार्थीहरूले त्यसअघि प्रहरी चौकीमा 'आगजनी' पनि गरेका थिए।

 सत्तापक्ष समर्थक र विद्यार्थीबीच झडप

बीटीभीमा शरण लिन खोज्ने विद्यार्थीहरू र प्रहरीबीच झडप भएपछि प्रदर्शनकारीहरूले बीटीभीमा पनि आक्रमण गरेको एक अधिकारीले एएफपीलाई बताएका छन्।

बीबीसी बाङ्ग्लाले एउटा मेडिकल कलेजमा शरण लिइरहेका केही विद्यार्थीहरूसँग कुराकानी गरेको छ। उनीहरूले सत्ताधारी दल निकट समूहहरूको आक्रमणपछि त्यहाँ शरण लिएको बताएका छन्।

त्यहाँ रहेकी सुमी नामकी एक विद्यार्थीले बीबीसीसँग भनिन्, “निजामती सेवामा हुने भेदभावविरुद्ध म यहाँ आएकी हुँ। अहिले प्रहरीले धेरै विद्यार्थीलाई मारिसक्यो। म त्यसको पनि विरोध गर्दैछु।'

'हाम्रो विरोध शान्तिपूर्ण हो तर जसरी हामीमाथि हमला भयो त्यसले मलाई सत्ताधारी दल समर्थक समूहहरूले मार्छन् जस्तो लागेको छ।' बिबिसीबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गर्भधारणका लागि कुन यौन आसन उपयुक्त हुन्छ ?

काठमाडौं । नव विवाहित जोडीकालागि पहिलो सन्तान जन्माउने प्रक्रिया चुनौती बनिदिन्छ । यसकालागि योजना अनुसार शिशुलाई जन्मदिने तयारीमा जुट्नु पर्दछ । शि...

मणिपुरमा हिंसा भड्किँदा पाँच जनाको ज्यान गुम्यो

काठमाडौं । पूर्वोत्तर भारतीय राज्य मणिपुरमा शनिबार हिंसा भड्किँदा पाँच जनाको ज्यान गुमेको छ । भारतीय सञ्चारमाध्यम हिन्दुका अनुसार पूर्वमुख्यमन्त्रीको ...

प्रहरी प्रवक्ताले ल्याए प्रहरीको पीडा पोखिएको गीत

काठमाडौं।  नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखरित गरिएको यो गीतमा...

चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” का टिजर सार्बजनिक

काठमाडाैं । नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र “मिसिङ्गः केटी हराएको सूच...

गजितसँग नगर दोमन भन्दै आए सरिता र नमराज

काठमाडौं । गायक नमराज ढुँगाना र गायिका सरिता भारतीको युगल स्वरमा नयाँ लोकदोहोरी काठे गीत ‘नगर दोमन...’ दर्शकमाझ आएको छ । गायक नमराज ढुँगानाकै अफिसियल ...

विधिपूर्वक गणेशको पूजा आराधना गरी मनाइयो गणेश चतुर्थी

काठमाडौं। भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्...

नाम्खा गाउँपालिकाको याल्वाङवासीका घर–घरमा धारा जडान

सिमकोट । नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा घरघरमा खानेपानीका धारा जडान गरिएपछि स्थानीयवासीलाई सहज भएको छ। स्थानीयको माग अनुसार खानेपानी योजना निर्...

अनुदान नपाएपछि कैलालीमा उखुखेती घट्दै

कैलाली । नगदेबालीका रुपमा खेती हुँदै आएको उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन। उखुखेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा अनुदानका का...

रुस भ्रमणमा गएका माधव नेपाल मलेसिया हुँदै मस्कोबाट फिर्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रुसको राजधानी मस्कोबाट स्वदेश फर्कीएका छन् । उनी मस्कोमा आयोजित ...

सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो

रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिका-५ शिवनगरस्थित सुत्केरी महिलाको मृत्यु बारे दोषीलाई कारवाही र पीडित परिवार लाई क्षतिपूर्ति दिने सहमतिपछि मृतकको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy