Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

राहदानी विभाग र फ्रान्स दूतावासको टोली पोर्चुगल आउँदै

खबरडबली संवाददाता

लिस्बन । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा दिन राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल आउने भएको छ । राजधानी लिस्बनमा घुम्ती सेवा शिविर सञ्चालन गरेर विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि दरखास्त सङ्कलन गर्न विभाग र दूतावासको संयुक्त टोली पोर्चुगल आउने भएको हो ।

लिस्बनस्थित रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा टोलीले यही अगस्त २ देखि ११ तारिखसम्म पोर्चुगलमा रहेर विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि दरखास्त सङ्कलन गर्ने पेरिसस्थित नेपाली दूतावासले जनाएको छ । घुम्ती सेवाका लागि विभागका निर्देशक मोतिबहादुर श्रीस नेतृत्वको तीन सदस्यीय टोली पोर्चुगल आउने तयारी भइरहेको फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिए ।

टोलीमा विभागका दुई र फ्रान्सस्थित नेपाली दूतावासका एक गरी तीनजना कर्मचारी सहभागी हुने बताइएको छ । पोर्चुगलमा रहेका नेपालीको राहदानीसम्बन्धी समस्यालाई समाधान गर्नका लागि परराष्ट्र मन्त्रालय र विभागले विशेष प्राथमिकता दिएर घुम्ती टोली पठाउन लागेको राजदूत भट्टराईले बताए ।

घुम्ती सेवा शिविरका लागि राजधानी लिस्बनमा इनरोलमेन्ट सेन्टरको स्थापना गरी विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि दरखास्त सङ्कलन गर्ने तयारी भइरहेको उनले बताए । शिविरबाट दुई हजार पाँच सय बढीको विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन हुने अनुमान गरिएको भट्टराईले बताए ।

टोलीले राहदानीको म्याद सकिसकेको, राहदानीको म्याद एक वर्षभन्दा कम भएको, क्षति भएको, हराएका र पोर्चुगलमा जन्मेका बालबालिकाको नयाँ राहदानीका लागि दरखास्त सङ्कलन गर्ने जनाएको छ । विद्युतीय राहदानीका लागि अनलाइन आवेदन फारम भर्न र अपोइन्टमेन्ट लिन राजदूत भट्टराईले आग्रहसमेत गरेका छन् ।

केही महिनाअघि पनि फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आएर एक सातासम्म राहदानीसम्बन्धी सेवा प्रदान गरेको थियो । टोली आउने भएपछि राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाएर समस्यामा परेका यहाँ रहेका नेपालीलाई राहत हुने भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशले भ्रष्टाचारबाट मुक्ति चाहेको छ, हामी पहिलो काम शक्तिशाली आयोग गठन गर्छौ: गगन थापा

काठमाडौं। गगनकुमार थापाले नेपाली कांग्रेसले सरकार गठन गरे भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार पोखरामा आयोजित चु...

आचार संहिता उल्लंघनका सबै उजुरीको २० गतेभित्रै निर्णय हुने

काठमाडौं । निर्वाचन आयोग ले देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजारभन्दा बढी आचारसंहिता उल्लंघनका घटनामा कारबाही गरिएको जनाएको छ। शुक्र...

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच भेटवार्ता : दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेट गरेको छन्। प...

पेट्रोलियम पदार्थको बिक्रीमा रोक

कालीकोट। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जथाभावी पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाएको ...

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवी लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २३ र २४ गतेको घटनामा संलग्नहरू एउटै भएको दाबी गरेका छन्। चितवनमा भएको चुनावी सभाल...

फागुन १८ गते खुलामञ्चमा प्रधानमन्त्रीको उम्मेदवारबीच बहस गर्न कांग्रेसको प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेस ले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारका प्रधानमन्त्री उम्मेदवारबीच फागुन १८ गते खुलामञ्चमा सार्वजनिक बहस गर्ने प्रस्ताव ग...

म रवि लामिछाने भएकै कारण बोल्न परेको हो: रवि लामिछाने

मेरो अन्तिम इच्छा के हो २१ गते मतपत्रमा देखाइदिनुहोला

नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै चल्नुपर्छ: बालेन शाह

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता  बालेन्द्र शाह (बालेन) ले मुलुकले नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै व्यवस्...

चितवनले पर्यटनको माध्यमबाट देशलाई सिकाउनुपर्छ: बालेन शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता  बालेन्द्र शाह (बालेन) ले चितवनले नेपालमा पर्यटन प्रवर्धनमा उदाहरण प्रस्तुत गर्नुपर्ने ...

अब सदनमा २१ होइन, १५१ जनाको सहभागिता हुनेछ : हरि ढकाल

काठमाडौं। चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) का उम्मेदवार हरि ढकालले अबको प्रतिनिधिसभामा आफ्नो पार्टीबाट १५१ जनाको सहभागिता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE