Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

निर्माता सुमन राईले बेलायतमा खोले अनुग्रहको तेश्रो शोरुम

खबरडबली संवाददाता

लन्डन । चलचित्र गोर्खा वारियरका निर्माता एवम् समाजसेवी सुमन राई बिगत लामो समयदेखि बेलायतमा ज्वेलरी व्यबसायमा छन् । अनुग्रह बुलियन (ज्वेलरी) शोरुम सञ्चालन गर्दै आएका राईले तेस्रो शोरुमको रुपमा सोमबार ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ सञ्चालनमा लाएका छन् ।

प्लमस्टीड र अल्डरसटमा दुई वटा शोरुमको सफलता पश्चात बेलायतको अल्डरसटमै राईले अनुग्रहको तेश्रो आउटलेको रुपमा ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ को भव्य उद्घाटन गरेका छन् । यो उद्घाटन समारोहमा नेपालबाट समेत गोर्खा वारियरका निर्देशक एवम् लोकप्रिय निर्देशक मिलन चाम्स अतिथिका रुपमा सहभागी भएका छन् । यो ज्वेलरी शो रुमको त्यहाँकी मेयर मारा माकुनारुले औपचारिक उद्घघाटन गरेकी छन् ।

बेलायतमा अनुग्रह बुलियनमार्फत आफ्नो छुट्टै स्थान बनाउन सफल सुमन राई र उनको टिमले ज्वेलरी क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै माराले नयाँ आउटलेटको सफलताको शुभकामना व्यक्त गरिन् ।

यसैगरी चलचित्र बर एन्ड बधुको नयाँ गीत तिमीसँगको भिडियो लोकापर्ण समारोह सम्पन्न गरे लगत्तै निर्देशक मिलन चाम्स बेलायत तर्फ उडेका थिए । शो उद्घाटन समारोहमा गोर्खा वारियरका निर्माता सुमन राईलाई अनुग्रहको तेश्रो शोरुमको लागि शुभकामना व्यक्त गरे । एउटा नेपालीले बेलायतमा प्राप्त गरेको यो सफलताले आफु निकै हर्षित भएको उनले बताए ।  
यस्तै दुई वटा शोरुमको सफलतापछि आफुहरुले ग्राहकबाट पाएको अपार मायाँका कारण आज अनुग्रहको तेश्रो आउटलेको रुपमा ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ खोल्न आफुहरु सफल भएको यसका अध्यक्ष सुमन राईले बताए । बेलायतमा यसका अन्य शोरुमहरु पनि खोल्दै जाने योजना पनि उनले सुनाए ।

अनुग्रह कम्पनीमार्फत आफुहरुले आधिकारिक बिक्रेताको रुपमा बेलायतका लागि रोलेक्स घडीको विक्री वितरण सेवा सुरुगर्न लागेको पनि उनले जानकारी गराए । अनुग्रहण फाउन्डेसनका सँस्थापक अध्यक्ष पनि राई नै हुन् । यो फाउन्डेनमार्फत उनले नेपालमा लामो समयदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् ।  

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तरकारी गाडीमा १५३ केजी गाँजा बरामद, चालक १२ किमि पछि पक्राउ

ललितपुर । तरकारी बोक्ने गाडीलाई आवरण बनाएर ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले १५३ केजी गाँजा बरामद गरेको छ। धादिङबाट खाली तरकारी क...

​ सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड बढीको क्षति

खोटाङ । साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा रु तीन करोड १६ लाख ३६ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।  गाउँपालिकाको स...

रुकुम पूर्वबाट प्रचण्डको राष्ट्रिय प्रभावको दाबीः म जहाँ उठे पनि जित्छु’

काठमाडौं ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू देशका जुनसुकै निर्वाचन क्षेत्रबाट उम्मेदवार बने पनि विजयी हुने दाबी गरेका छन्। रुकुम पूर्वमा आयोजित चुनावी ...

काठमाडौं–३ मा घरदैलोको दौडधुप : रोजगारी र सुशासन एजेन्डामा भिड्दै उम्मेदवार

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ चुनावी चहलपहलले तातेको छ। दलका उम्मेदवार घोषणापत्र बोकेर घरदैलो अभिय...

जाडो छल्न बेंसी झरेका मुस्ताङी मतदानका लागि गाउँ फर्किंदै

मुस्ताङ। मुस्ताङमा चुनावी माहोल विस्तारै तात्तिन थालेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदा चुनावी चहलपहल सुरु भएको हो। निर्वाचनमा होमिएका उम्म...

देश इतिहासकै सबैभन्दा दर्दनाक अवस्थामाः पूर्वराजा ज्ञानेन्द्र

  काठमाडौं । प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक सन्देश जारी गर्दै ज्ञानेन्द्र शाह ले देशको अस्मिता र अस्तित्व नै संकटमा परेको टिप्पणी गरेका छन्। ...

नेतृत्वमै समस्या देखेपछि पार्टी छाडें : ममता शर्मा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी ममता शर्माले पार्टीको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै गलत नेतृत्वका कारण नीति र न...

खुलामञ्च अब वडा २७ को जिम्मामा : व्यवस्थापनमा कडाइ, दुरुपयोगमा रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले ऐतिहासिक खुलामञ्च को संरक्षण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। महानगरको राजस्व समितिको बैठकले अब...

‘नयाँ’को नारा, पुरानै अनुहार : कर्णालीमा पूर्वसहकर्मीसँगै भिड्दै रास्वपाका उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘जान्नेलाई छान्ने’ नारासहित कर्णालीका १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ। पुर...

के छ नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा ? (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेस ले जनकपुर बाट आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्दै १० प्रमुख भिजन अघि सारेको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE