काठमाडौं । नेपालीका हरेक चाडबाडले विभिन्न प्रकारका खानेकुरालाई प्रोत्साहन गर्ने गर्छ । असार १५ मा दही चिउरा खाएजस्तै साउन १५ मा खिर खाने चलन छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने मान्यता नेपाली समाजमा चलिआएको छ । खिर स्वास्थ्यका लागि उपयुक्त खाना मानिन्छ । पोषणविद् प्रा.डा.उमा कोइरालाका अनुसार खिर पूर्ण खाना हो ।
कृषि प्रधान देश भएकाले खिर दिवसको धेरै नै महत्त्व छ । खेती गरेर थाकेको शरीरलाई ऊर्जा प्रदान गर्न खिर खाने चलन चलाएको हुन सक्ने डा.कोइरालाको भनाई छ । उनले भनिन्,“ त्यो बेला अहिलेको जस्ता विभिन्न थरी का खानेकुरा पाइँदैन थिए । खिरलाई उत्तम खाना मानिन्थ्यो । काम गरेर थाकेको शरीरलाई ऊर्जा दिन खिर खाने चलन चलाएको हुनुपर्छ ।”
पौष्टिकताको हिसाबले पनि खिरलाई उच्च कोटीको खानाका रूपमा मानिन्छ । खिरले रोग प्रतिरोधात्मक क्षमता बढाउने डा.कोइरालाले बताइन् । उनले भने, “बर्खाको बेला विभिन्न संक्रमणक रोग बढ्ने गर्छ । रोगको जोखिम बढी हुने हुँदा । खिर पकाएर खाँदा शरीरमा ऊर्जा मिल्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छ ।”
खिरमा के पाइन्छ ?
खिर, दूध, घिउ, चामल, गुड,वा चिनी हालेर पकाइने गरिन्छ । दूधमा प्रशस्त मात्रमा प्रोटिन र क्याल्सियम पाइन्छ र चामलमा कार्बोहाइड्रेट पाइन्छ । यसरी पकाएको खाद्यमा प्रशस्त मात्रमा क्यालोरी पाइन्छ । जसले शरीरमा ऊर्जा प्रदान गर्ने गर्छ ।
प्रोटिनले शरीरका मांसपेशी र हड्डी बलियो बनाउन मद्दत गर्ने उनको भनाइ छ । उनले भनिन्,“ खिरले बिग्रिएको मांसपेशी हाडलाई बलियो बनाउन मद्दत गर्छ । बच्चाहरूलाई खिर दिँदा मांसपेशी र हड्डी बलियो बनाउन मद्दत गर्छ । बढ्दो उमेरका हड्डी, मांसपेशी पुनर्निर्माण गर्ने काम गर्छ ।”
पछिल्लो समय खिर बनाउँदा चामल, दूध, घिउ, सुख्खा नरिवल, छोकडा, अन्य ड्राई फ्रुट र चिनी वा गुड मिसाएर पकाउँदा नरिवल, ड्राई फ्रुटले यसले थप खानालाई स्वादिलो र पौष्टिक तत्त्वले प्रदान गर्ने गर्छ । डा काेइरालाे भनिन्, “यसरी पकाएको खाना पूर्ण खाद्य पदार्थ हो । यसबाट क्यालोरी, प्रोटिन, मिनिरल, आइरन जस्ता शरीरलाई अत्यावश्यक पर्ने तत्त्व प्राप्त गर्न सकिन्छ ।”
खिर बच्चा, वृद्ध सबैलाई उपयुक्त हुने उनको भनाइ छ । यस्ता दिवसमा हाम्रो खानेकुरा यसको महत्वको विषयमा नयाँ पुस्तालाई पनि हाम्रो संस्कृतिको विषयमा सिकाउने अवसर प्रदान गर्ने उनको तर्क छ । उनले भनिन्, “हाम्रो चाडपर्व निकै महत्पूर्ण छन् । स्वास्थ्यका हिसाबले पनि निकै महत्त्वपूर्ण छ यसलाई जोगाउनुपर्छ भन्ने विषयमा जानकारी दिनुपर्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: