Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

आज साउन १५: खिर खाने दिन, यस्ता छन् खिरका फाइदा

खबरडबली संवाददाता

काठमाडौं  । नेपालीका हरेक चाडबाडले विभिन्न प्रकारका खानेकुरालाई प्रोत्साहन गर्ने गर्छ । असार १५ मा दही चिउरा खाएजस्तै साउन १५ मा खिर खाने चलन छ ।  परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने मान्यता नेपाली समाजमा चलिआएको छ । खिर स्वास्थ्यका लागि उपयुक्त खाना मानिन्छ । पोषणविद् प्रा.डा.उमा कोइरालाका अनुसार खिर पूर्ण खाना हो । 

कृषि प्रधान देश भएकाले खिर दिवसको धेरै नै महत्त्व छ । खेती गरेर थाकेको शरीरलाई ऊर्जा प्रदान गर्न खिर खाने चलन चलाएको हुन सक्ने डा.कोइरालाको भनाई छ । उनले भनिन्,“ त्यो बेला अहिलेको जस्ता विभिन्न थरी का खानेकुरा पाइँदैन थिए । खिरलाई उत्तम खाना मानिन्थ्यो । काम गरेर थाकेको शरीरलाई ऊर्जा दिन खिर खाने चलन चलाएको हुनुपर्छ ।” 

पौष्टिकताको हिसाबले पनि खिरलाई उच्च कोटीको खानाका रूपमा मानिन्छ । खिरले रोग प्रतिरोधात्मक क्षमता बढाउने डा.कोइरालाले बताइन् ।   उनले भने, “बर्खाको बेला विभिन्न संक्रमणक रोग बढ्ने गर्छ । रोगको जोखिम बढी हुने हुँदा । खिर पकाएर खाँदा शरीरमा ऊर्जा मिल्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छ ।” 

खिरमा के पाइन्छ ? 

खिर, दूध, घिउ, चामल, गुड,वा चिनी हालेर पकाइने गरिन्छ । दूधमा प्रशस्त मात्रमा प्रोटिन र क्याल्सियम पाइन्छ र चामलमा कार्बोहाइड्रेट पाइन्छ । यसरी पकाएको खाद्यमा प्रशस्त मात्रमा क्यालोरी पाइन्छ । जसले शरीरमा ऊर्जा प्रदान गर्ने गर्छ । 

प्रोटिनले शरीरका मांसपेशी र हड्डी बलियो बनाउन मद्दत गर्ने उनको भनाइ छ ।  उनले भनिन्,“ खिरले बिग्रिएको मांसपेशी हाडलाई बलियो बनाउन मद्दत गर्छ । बच्चाहरूलाई खिर दिँदा मांसपेशी र हड्डी बलियो बनाउन मद्दत गर्छ । बढ्दो उमेरका हड्डी, मांसपेशी पुनर्निर्माण गर्ने काम गर्छ ।”  

पछिल्लो समय खिर बनाउँदा चामल, दूध, घिउ, सुख्खा नरिवल, छोकडा, अन्य ड्राई फ्रुट र चिनी वा गुड मिसाएर पकाउँदा नरिवल, ड्राई फ्रुटले यसले थप खानालाई स्वादिलो र पौष्टिक तत्त्वले प्रदान गर्ने गर्छ । डा काेइरालाे भनिन्, “यसरी पकाएको खाना पूर्ण खाद्य पदार्थ हो । यसबाट क्यालोरी, प्रोटिन, मिनिरल, आइरन जस्ता शरीरलाई अत्यावश्यक पर्ने तत्त्व प्राप्त गर्न सकिन्छ ।”

खिर बच्चा, वृद्ध सबैलाई उपयुक्त हुने उनको भनाइ छ । यस्ता दिवसमा हाम्रो खानेकुरा यसको महत्वको विषयमा नयाँ पुस्तालाई पनि हाम्रो संस्कृतिको विषयमा सिकाउने अवसर प्रदान गर्ने उनको तर्क छ । उनले भनिन्, “हाम्रो चाडपर्व निकै महत्पूर्ण छन् । स्वास्थ्यका हिसाबले पनि निकै महत्त्वपूर्ण छ यसलाई जोगाउनुपर्छ भन्ने विषयमा जानकारी दिनुपर्छ ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: