ढाका । बङ्गलादेशमा भड्किएको हिंसा मत्थर हुने सङ्केत छैन । देशभरमा विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि दैनिक रूपमा मर्नेको सङ्ख्या बढ्दो छ । यसैबिच पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका २० जना नेताको शव फेला परेको छ ।
प्रदर्शनकारीहरूले नेतालाई मार्दा तिनका परिवारका सदस्यहरूको पनि मृत्यु भएको बताइएको छ । प्रधानमन्त्रीले राजीनामा दिएर भारत भागेपछि प्रदर्शनकारीहरूले आफ्नो क्रोध पार्टीका नेता कार्यकर्तामाथि खन्याइरहेका छन् । पार्टीका कयौँ नेता र कार्यकर्ताको घर अनि व्यापारिक सङ्गठनमा तोडफोड र लुटपाटी जारी छ ।
प्रदर्शनकारीहरूले बङ्गलादेशका चर्चित गायक राहुल आनन्दको घरमा आगजनी गरेका छन् । ढाकाको धानमंडीमा रहेको गायकको १४० वर्ष पुरानो घर जलाइएको हो । जलाउनु अघि प्रदर्शनकारीहरूले घरमा लुटपाट गरेका थिए । सत्ता पल्टिएपछि बङ्गलादेशमा हिन्दु अल्पसङ्ख्यकमाथि हिंसा भइरहेको छ । देशको २७ जिल्लामा हिन्दु र हिन्दु मन्दिरमा हमला भएको खबरहरू आइरहेका छन् ।
देश छाडेर भागिरहेछन् हसिनाका मन्त्रीहरू
हसिनाले राजीनामा दिएर विदेश भागेपछि उनका मन्त्रीहरूमा एक खालको त्रास देखिएको छ । पूर्व विदेश मन्त्री हसन महमूद ढाका विमानस्थलबाट पक्राउ परेका छन् । उनी भारत आउन फ्लाइटका लागि विमानस्थल गएका थिए ।
पछिल्लो स्थितिमा हसिनाको अवामी लिग पार्टीका कयौँ शीर्ष नेता र पूर्व क्याबिनेट मन्त्रीले देश छाडेर हिँडिसकेका छन् । आवामी लिगका महासचिव र सडक परिवहन मन्त्री अब्दुल क्वादर आइतबारै देश छाडेर विदेश पलायन भएका थिए । हसिनाले राजीनामा दिनु अघि नै उनको सरकारमा मन्त्री रहेका अनिसुल हक देश छाडेर अज्ञात स्थलतिर गएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १५ गते, २०८२ - २०:२५
परिवर्तनका लागि नयाँ नेतृत्व आवश्यक: उम्मेदवार पाण्डे
फाल्गुन १५ गते, २०८२ - २०:०२
भक्तपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–२ यतिबेला सबैको चासोको केन्द्र बनेको छ। सामाजिक सञ्जालमा ‘हट सिट’ का रूपमा प्रस्तुत गरिएको यस क...
फाल्गुन १५ गते, २०८२ - १९:३३
ललितपुर। ललितपुर महानगरपालिका–इमाडोलस्थित प्रहरी परिसर नजिकै गत भदौ २४ गते आन्दोलनका क्रममा आगजनी गरिएको बस अझैसम्म सडकबाट हटाइएको छैन। करिब ६ महिनादे...
फाल्गुन १५ गते, २०८२ - १९:१४
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन हुन अब केही दिन मात्र बाँकी रहँदा राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप र शक्ति प्रदर्शन तीव्र बनेको छ। नेपाली कांग्रेस, ...
फाल्गुन १५ गते, २०८२ - १९:१२
महोत्तरी। औरही गाउँको सडकछेउको खेतमा दिनेश यादव र उनकी श्रीमती पुलमकुमारी यादव लसुन–प्याजको गोडमेलमा व्यस्त थिए। माघ–फागुनमै फुटेका गह्रा र चिरा परेका...
फाल्गुन १५ गते, २०८२ - १९:०२
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरू देशभर मतदातामाझ सक्रिय छन्। रोजगारी, सुशासन, शिक्षा र स्वास्थ्यजस्ता...
फाल्गुन १५ गते, २०८२ - १८:५९
जनकपुरधाम। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मधेस र मधेसी जनताको राजनीतिक अधिकार, सामाजिक सम्मान र आर्थिक समृद्धिलाई आफ्नो मूल प्राथमिकतामा राख्दै आए...
फाल्गुन १५ गते, २०८२ - १८:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक असहज अवस्थाबाट निकासका लागि निर्वाचन ...
फाल्गुन १५ गते, २०८२ - १८:४३
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना नेता–कार्यकर्ता र सदस्यहरूका ...
फाल्गुन १५ गते, २०८२ - १८:३७
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देश चुनावी माहोलमा प्रवेश गरेको छ। वर्तमान राजनीतिक, आर्थिक र सामाजिक अवस्थालाई विश...



प्रतिकृया लेख्नुहोस्: