इजिप्ट। इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उनका अमेरिकी समकक्षी जो बाइडेनबिच मध्यपूर्व क्षेत्रको पछिल्लो घटनाक्रमबारे छलफल भएको छ ।
टेलिफोन वार्तामा मध्यपूर्व क्षेत्रको तनावबारे छलफल भएको हो । दुई नेताहरूले गाजापट्टीमा युद्धविराम हासिल गर्न इजिप्ट–अमेरिका–कतार संयुक्त प्रयासहरूको समीक्षा गरेका थिए ।
क्षेत्रीय तनाव कम गर्न, शान्ति र सुरक्षा पुनर्स्थापना गर्न यी प्रयासहरू जारी राख्ने दृढ सङ्कल्प रहेको उनीहरुको भनाइ छ । गाजा द्वन्द्वको विस्तारका सन्दर्भमा वर्तमान चिन्तालाई पनि सम्बोधन गरेका छन् ।
इजिप्टका राष्ट्रपति सिसीले गाजा युद्धको गम्भीर असर र क्षेत्रीय स्थायित्वमा परेको नकारात्मक प्रभावको इजिप्टको दृष्टिकोणमा जोड दिँदै गाजामा युद्धविराम सम्झौतामा पुग्नु क्षेत्रीय शान्ति र स्थिरता पुनर्स्थापनाका लागि आधारभूत रहेको बताए।
दुई राष्ट्रपतिले यस क्षेत्रका सबै जनताको स्थायित्व र सुरक्षाका लागि प्राथमिक ग्यारेन्टरको रूपमा दुई राज्य समाधान कार्यान्वयन गर्न काम गर्न सहमत
भएको छ ।
अक्टोबरमा प्यालेस्टिनी इस्लामिक प्रतिरोध आन्दोलन (हमास)र इजरायलबिच द्वन्द्व सुरु भएपछि गाजामा लामो समयदेखि जारी सङ्कटको अन्त्यका लागि कतार र अमेरिकासहित इजिप्टले मध्यस्थता गर्दै आएका छन् ।
यद्यपि इरानमा हमास नेता इस्माइल हनियाहको हालैको हत्याले युद्धविराम वार्तालाई धक्का दिएको छ । किनभने इरान, हमास र प्रतिरोधी अक्षका अन्य सदस्यहरूले हानिएहको हत्यामा इजरायलविरुद्ध बदला लिने धम्की दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १५ गते, २०८२ - १७:२१
काठमाडौं। गगनकुमार थापाले नेपाली कांग्रेसले सरकार गठन गरे भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार पोखरामा आयोजित चु...
फाल्गुन १५ गते, २०८२ - १७:०६
काठमाडौं । निर्वाचन आयोग ले देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजारभन्दा बढी आचारसंहिता उल्लंघनका घटनामा कारबाही गरिएको जनाएको छ। शुक्र...
फाल्गुन १५ गते, २०८२ - १६:५५
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेट गरेको छन्। प...
फाल्गुन १५ गते, २०८२ - १६:३९
कालीकोट। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जथाभावी पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाएको ...
फाल्गुन १५ गते, २०८२ - १६:३५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २३ र २४ गतेको घटनामा संलग्नहरू एउटै भएको दाबी गरेका छन्। चितवनमा भएको चुनावी सभाल...
फाल्गुन १५ गते, २०८२ - १६:१४
काठमाडौँ । नेपाली कांग्रेस ले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारका प्रधानमन्त्री उम्मेदवारबीच फागुन १८ गते खुलामञ्चमा सार्वजनिक बहस गर्ने प्रस्ताव ग...
फाल्गुन १५ गते, २०८२ - १६:०१
मेरो अन्तिम इच्छा के हो २१ गते मतपत्रमा देखाइदिनुहोला
फाल्गुन १५ गते, २०८२ - १५:५०
काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मुलुकले नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै व्यवस्...
फाल्गुन १५ गते, २०८२ - १५:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चितवनले नेपालमा पर्यटन प्रवर्धनमा उदाहरण प्रस्तुत गर्नुपर्ने ...
फाल्गुन १५ गते, २०८२ - १५:२२
काठमाडौं। चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) का उम्मेदवार हरि ढकालले अबको प्रतिनिधिसभामा आफ्नो पार्टीबाट १५१ जनाको सहभागिता...



प्रतिकृया लेख्नुहोस्: