रसुवा । यही भदौ ३ गते जनैपूर्णिमाका दिन लाग्ने गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीर्थालु भक्तजनलाई रातिको समयमा उज्यालो पुर्याउने उद्देश्यले पहिलो पटक बिजुली बत्ती बालिएको छ ।
धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा रहेको गोसाइँकुण्डमा मेलाको तयारीसँगै बिजुली बलेपछि तीर्थालु तथा स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् ।
विसं २०३८ मा जिल्लामा विद्युत् सेवा विस्तार भएपनि गोसाइँकुण्डमा पहिलो पटक शुक्रबार विद्युत् लाइन सञ्चालन गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाका प्रमुख सञ्जिप भट्टराईका अनुसार गणेश गौडा बुद्ध मन्दिर र गोसाइँकुण्डमा दुई सय भन्दाबढी बत्ती बालिसकिएको छ ।
यहाँ बिजुली पुर्याउन लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय तथा निकुञ्ज विभाग, जिल्ला प्रशासन कार्यालय, नागरिक समाज, गोसाइँकुण्ड गाउँपालिकालगायत सरोकार भएका निकाय तथा स्थानीयले सहयोग गरेका उनले बताए ।
चन्दनबारीबाट कुण्डसम्म १४ किलोमिटर विद्युत् लाइन निर्माण गरी मेलालाई थप व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले बिजुली बत्ती पुर्याइएको प्रमुख भट्टराईले उल्लेख गरे ।
विद्युत् लाइन विस्तारसँगै खाना पकाउन तथा दैनिक कार्यमा सहजता अउनाका साथै वन पैदावारको व्यायभारमा शून्यता आई वन तथा वनस्पति संरक्षणमा सहयोग पुग्ने स्थानीयले बताएका छन् ।
विद्युत् सेवा विस्तार भएसँगै तीर्थ जादाँ लेक लागेका यात्रुलाई शुक्रबारदेखि नै विद्युत्को सहायतबाट अक्सिजन दिन सुरू गरिएको गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घले जनाएको छ ।
सङ्घबाट खटाएका चिकित्सक टोलीले प्राथमिक उपचार सेवा प्रदान गरिरहेको बताउँदै शुक्रबार साँझसम्म एक सय ५० जना यात्रीलाई अक्सिजन दिइएको सङ्घका व्यवस्थापक प्रकाश खत्रीले जानकारी दिए ।
शनिबार बिहान दुई हजार तीर्थयात्रीले सुलाद्री आरोहण गरिरहेका राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । तीर्थयात्रीको उपचारका लागि धुञ्चेको शिवमन्दिर चोकमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ । साथै मिनि गोसाइँकुण्ड, चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।
गोसाइँकुण्ड मेला भर्न आउने यात्रीको सुरक्षाका लागि एक सयभन्दा बढी सुरक्षाकर्मी परिचालन, बिरामी यात्रीको उद्धार गर्न उद्धार समूहको समेत व्यवस्था गरिएकाले निर्धक्कका साथ यात्रा गर्न सम्पुर्ण यात्रीलाई अनुरोध गरिएको प्रजिअ खनालले बताए ।
गोरखनाथलाई गोसाइँकुण्डको पवित्र जलस्नान गराउन आवश्यक सुरक्षाका साथ गोरखनाथलाई शिरमा राखी आएका बाबाका समूह शनिबार बिहान सुलाद्री पर्वततर्फ प्रस्थान गरिसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिए । भक्तजन आउने क्रम जारी रहेकाले ट्राफिक व्यवस्थापन पनि कडा परिएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - १४:०२
काठमाडौँ। पूर्वमन्त्री तथा एमाले नेता विष्णु पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको छ। पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। व्...
आषाढ़ १५ गते, २०८३ - १३:१८
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएको छन्...
आषाढ़ १५ गते, २०८३ - १२:३७
आपसमा गफगाफ गरेर समय खेर नफाल्न र सिकाइमा केन्द्रित हुन सुझाव
आषाढ़ १५ गते, २०८३ - ११:५५
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्का स्थित पूर्व–पश्चिम राजमार्गमा आईतबार राति भएको सवारी दुर्घटनामा स्कुटरमा सवार श्रीमान श्रीमती घाइते भएका...
आषाढ़ १५ गते, २०८३ - ११:२६
काठमाडौँ । राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क) मा धान रोपेर राष्ट्रिय धान दिवस मनाइएको छ। २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अव...
आषाढ़ १५ गते, २०८३ - ११:११
नेपालगन्ज। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म लक्ष्यको ८३.०५ प्रतिशत राजस्व संकलन गरेको छ। गत वर्षको सोही अवधिको ...
आषाढ़ १५ गते, २०८३ - १०:४७
कास्की। कास्कीमा मादक पदार्थ सेवन (मापसे) सँगै लागुऔषध सेवन ९लापसे० गरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने प्रवृत्ति यहाँ बढ्दै गएको छ । यहाँ विदेशी ना...
आषाढ़ १५ गते, २०८३ - १०:२७
नयाँदिल्ली। बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा गरेको छिन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिम...
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...



प्रतिकृया लेख्नुहोस्: