Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

तयारी बिनै गेटा अस्पतालमा इनडोर सेवा सुरु

खबरडबली संवाददाता

कैलाली । नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको बहुचर्चित कैलालीको गेटास्थित गेटा अस्पतालमा पूर्ण तयारी विनै इनडोर (बिरामी भर्ना गरे) सेवा सुरु गरिएको पाइएको छ । 

शुक्रबार इनडोर सेवा सुरु गरे पनि बिरामी भने मङ्गलबारसम्म पनि भर्ना भएका छैनन् । सार्वजनिक बिदा नभएको दिन आइतबार दिउँसो गोरखापत्रको टोली पुग्दा पनि बिरामीको सङ्ख्या शून्य रहेको थियो । अस्पतालका सूचना अधिकारी नरेन्द्रसिंह कार्कीले आजसम्म बिरामी नआएको स्वीकार गरे।

इनडोर चलाउनका लागि न्यूनतम औषधि, उपकरण क्यान्टिन, र स्वास्थ्यकर्मीको आवास अनिवार्य हुन्छ एक स्वास्थ्यकर्मी भने तर ती सबै कुराको व्यवस्था गरिएको छैन ।

न्यूनतम व्यवस्था मिलाएर इनडोर सुरु गर्नु पर्ने मान्यता राख्ने स्वास्थ्यकर्मीहरूको भनाइ अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले चाँडै गेटा भ्रमण गर्ने भएकोले देखाउनका लागि हतारमा इनडोर सेवा सुरु गरिएको हो । 

यसअघिका मन्त्री प्रदीप यादवलाई समेत देखाउनका लागि इनडोर सञ्चालन गर्न खोजिएको थियो तर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारकै ढलेपछि सो योजना सफल भएन अस्पताल स्रोतले बतायो ।

गेटा अस्पतालमा  फिजियोथेरापी, अल्ट्रासाउन्ड सेवासहित इन्डोस्कोपी र इको कार्डियोग्राफी सेवा तथा प्रयोगशाला सेवा समेत सुरु भएको छ । सुदूरपश्चिम प्रदेशमै गेटा अस्पतालले मात्रै पहिलो पटक स्तन क्यान्सरको उपचारसमेत सुरु गर्ने जनाइएको छ ।

अस्पतालका प्रमुख डा। विप्लव सापकोटाले भने औषधी, उपकरण कुनै पनि अस्पतालमा पूर्ण हुँदैनन् भन्ने बताउँदै भने, इनडोर सेवा २४ सै घण्टा चलाउनुपर्छ त्यसका लागि स्वास्थ्यकर्मी तयार अवस्थामा छन्। अद्यपि आलोचकहरूले आकस्मिक सेवा सुरु गरेर मात्रै इनडोर सेवा सुरु गर्नु पर्ने थियो भन्दै आएका छन् ।

उनले आफू काठमाडौँमै रहेको र मन्त्री कहिले गेटाको अनुगमन तथा निरीक्षणमा आउने भन्ने बारेमा उनीसित छलफल गरेर तय हुने पनि बताए ।

उनले तयारी पूरा नभएकैले गत वर्ष कात्तिक १ गतेदेखि ओपिडी सेवा सुरु भएको भए पनि आकस्मिक सेवा अहिलेसम्म सुरु नगरिएको समेत बताए। प्रमुख डा। सापकोटाका अनुसार चाँडै अप्रेसनका काम पनि सुरु हुने भएका छन् । अहिले अस्पतालमा स्त्री रोग, जनरल सर्जरी, हाड्जोर्नी, जनरल फिजिसियन , प्याथालोजिस्ट , एनएस थेसोलिजिस्ट, रेडियोलिष्टका विशेषज्ञ गरेर ११ जना डाक्टर र २१ जना जति नर्स कार्यरत रहेको पनि उनले बताए।

अहिले ५० बेडको अनुमति छ नीति तथा कार्यक्रममा १०० बेड अनुमति दिने भनिएको छ हामीले तीन सयको माग गरेका छौ ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन खोजिएको गेटा क्षेत्रमा छ दर्जन बढी अत्यधिक भवन छन् तर स्वास्थ्यकर्मीको आवास र क्यान्टिन सञ्चालनका लागि कुनै तयारी थालिएको छैन । 

अहिले आवासको आवश्यकता भएका केही स्वास्थ्यकर्मीलाई भाडाका घरमा राखिएको छ । भने १८ जना जति स्वास्थ्यकर्मी सात सय जति अटाउने कुरुवाको घरमा बसिरहेका छन् । 

इनडोर चलाउनका लागि स्वास्थ्यकर्मी, बिरामी र बिरामीका कुरुवाका लागि गेटा अस्पतालबाट केही टाढा रहेको गेटा आँखा अस्पताल क्षेत्रबाट खाजा, खाना ल्याउने सूचना अधिकारी कार्कीले बताए। 

उनले पानीको व्यवस्था भएपछि मात्रै पूर्वाधार विकास समितिले आवास क्षेत्र हस्तान्तरण गर्ने बताएको छ त्यसपछि आवास बनाउने र क्यान्टिन सञ्चालन गर्न इच्छुकका लागि टेन्डर आव्हान हुने बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending