Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

खोटाङको थामखर्क विमानस्थल कालोपत्रे हुने

\"kalopatre\"खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल कालोपत्रे हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणको नौ करोड २५ लाख २९ हजार ६१ रुपैयाँ ९८ पैसा लगानीमा विमानस्थल कालोपत्रे हुने भएको हो । सञ्चालनमा आएको लामो समयपछि कालोपत्र गर्न लागिएको विमानस्थलका लागि ठेक्का आह्वान गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ । गत वर्ष डिटेल सर्भे गरिएको विमानस्थल कालोपत्रका लागि यस वर्ष रु पाँच करोड ५० लाख बजेट छुट्याइएको छ । विसं २०५२ देखि निर्माण कार्य थालेर २०५६ सालदेखि उडान सुरु गरिएको विमानस्थल अहिले अवरुद्ध छ । नेपाल एयरलायन्सले हप्ताको दुई पटक थामखर्क–काठमाडौँ र थामखर्क–विराटनगर उडान भर्दै आएको विमानस्थल वर्षात्का कारण गत असार १५ गतेदेखि अवरुद्ध भएको छ । वर्षात्को समयमा हरेक वर्ष विमानस्थल अवरुद्ध हुँदा दक्षिणी क्षेत्रका हजारौँ जनता समस्यामा पर्ने भएकाले बाह्रै महिना सञ्चालनमा ल्याउन कालोपत्रको पहल गरिएको सभासद् विशाल भट्टराईले बताए । अन्य यातायातको सुविधा नपुगेको दक्षिणी क्षेत्रमा भएको एउटा विमानस्थल पनि वर्षात्को समयमा अवरुद्ध हुन्छ ।’ उनले भने – ‘यसले गर्दा जनताले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ, त्यसैले उनीहरुको उद्धारका लागि मन्त्रीज्यूसँगको समन्वयमा कालोपत्र गर्न लागिएको हो ।’ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने २० गाविसका साथै भोजपुरका केही गाविसका सेवाग्राहीका लागि उपयुक्त मानिएको विमानस्थल कालोपत्रे हुने भएपछि स्थानीयवासी हर्षित छन् । कालोपत्र गरिएपछि बाह्रै महिना विमान उडान÷अवतरण हुने भएकाले स्थानीयवासी हर्षित भएका छन् । दुई निर्वाचन क्षेत्र रहेको खोटाङमा थामखर्क, खानीडाँडा र लामीडाँडा गरी तीनवटा विमानस्थल सञ्चालनमा छन् । थामखर्क क्षेत्र नं १ मा पर्छ भने खानीडाँडा र लामीडाँडा– २ नं क्षेत्रमा पर्छन् । सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक रहेको मनमायाँ राई खानीडाँडा विमानस्थल भर्खरै कालोपत्र भएको छ । उक्त विमानस्थलमा प्रत्येक दिन उडान हुँदै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending