नयाँ दिल्ली । बलिउड अभिनेत्री श्रद्धा कपुरको स्त्री २ यतिबेला भारतीय बक्स अफिसमा कब्जा जमाएर बसेको छ । फिल्ममाथि दर्शकहरूले पैसाको वर्षा गरिरहेका छन् ।
फिल्मले भारतमा मात्रै होइन विदेशमा पनि राम्रो कमाइ गरिरहेको छ । पहिलो हप्तामा फिल्मको कमाई ४०० करोड भारु भन्दा माथि पुगेको छ । फिल्म ५०० करोड क्लबतर्फ बढिरहेको छ ।
मेकरहरूले बिहीबार जारी गरेको तथ्याङ्क अनुसार फिल्मले एक हप्तामा विश्वभर ४०१ करोड भारु कमाइरहेको छ । योमध्ये ३४२ करोड भारुको व्यापार भारतीय बक्स अफिसमा भएको बताइएको हो ।
विदेशको बक्स अफिसमा फिल्मको कमाई ५९ करोड भारु पुगेको छ । यो पोस्ट शेयर गर्दै श्रद्धाले दर्शकहरूलाई धन्यवाद भनेकी छिन् । पहिलो दिनदेखि नै फिल्मले दर्शकको भरपुर माया पाएको थियो । भारतको स्वतन्त्रता दिवसको अवसर पारेर रिलिज भएको फिल्मले ७० करोड भारुको ओपनिङ गरेर सबैलाई छक्क पारिदिएको थियो ।
छुट्टीका दिनको कारण पनि फिल्मलाई फाइदा भयो । दोस्रो दिनमा फिल्मले ३१ करोड ४० लाख भारु कमायो । तेस्रो दिन यसको कमाई ४३ करोड ८५ लाख भारु पुग्यो । चौथो दिन आइतबार फिल्मको कमाइमा पुनः उछाल आयो । उक्त दिन फिल्मले अर्को ५५ करोड ९० लाख भारु कमाएको छ ।
यसपछि फिल्म पाँचौँ दिन सोमबारको टेस्टमा फिल्म टपर साबित भयो । रक्षाबन्धन परेको पाँचौँ दिन फिल्मले ३८ करोड १० लाख भारु कमायो । यसपछि छैटौँ दिनमा फिल्मको कमाई २५ करोड ८० लाख भारु रह्यो । बुधवार अर्थात् सातौँ दिन फिल्मको कमाई १९ करोड भारु रह्यो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: