Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

यसपटक मर्न तयार छु तर झुक्न तयार छैन : प्रचण्ड

काठमाडौं, प्रमुख विपक्षी दल एमाओवादी नेतृत्वको तीस दलीय मोर्चाले राजधानीको खुलामञ्चमा गरेको आमसभामा प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तापक्ष जनताका अगाडि झुक्नैपर्ने भन्दै आफू यसपटक मर्न तयार रहेको तर झुक्न तयार नरहेको उद्घोष गरेका छन् । ‘आफ्ना गल्तीहरु सच्चाउनोस्, शान्ति सम्झौतालाई मान्नोस्, संविधानसभा र संविधानसभाबाहिर भएका दलहरुलाई सँगै लिएर अगाडि बढनोस्’– प्रचण्डले भने । उनले बल काङ्ग्रेस–एमालेको कोर्टमा रहेको भन्दै सत्तापक्षीय दलहरुले जनतासँग गल्ती गरेको स्वीकार्नुपर्नेमा जोड दिए । ‘जनतासँग माफी माग्न लाज मान्नु पर्दैन’– उनले भने । दलहरुका बीच गतिरोध जारी रहेको र त्यसलाई फुकाउन संवाद समितिलाई पुनः क्रियाशील बनाउनुपर्नेमा पटकपटक जोड दिएका प्रचण्डले भने– ‘सहमति चाहनुहुन्छ अथवा फेरि लड्न चाहनुहुन्छ ? बल तपाईंहरुकै कोर्टमा छ ।’ उनले भने– ‘संवाद–सहमतिबाट हो भने ठीक छ, नभए कसले के देखाउँछ, भोलि हेर्नुहोला ।’ उनले काङ्ग्रेस–एमालेले ‘जङगेले जे बोल्यो, बोल्यो’ भन्ने शैलीमा अगाडि बढ्ने हो भने जनताले पूरै सत्ता आफ्नो हातमा लिने चेतावनी दिए ।
‘सहमति चाहनुहुन्छ अथवा फेरि लड्न चाहनुहुन्छ ? बल तपाईंहरुकै कोर्टमा छ ।’ उनले भने– ‘संवाद–सहमतिबाट हो भने ठीक छ, नभए कसले के देखाउँछ, भोलि हेर्नुहोला ।’
सत्तापक्षीय दल काङ्ग्रेस–एमालेलाई विश्वास गरेर आफूले ठूलो भूल गरेको भन्दै अब त्यस्तो भूल नदोहोर्याउने बताए । सहमतिमार्फत पहिचानसहितको संविधान निर्माण गर्नुपर्ने र बहुमतीय प्रक्रियाबाट संविधान निर्माण गर्नु नहुने भन्दै एमाओवादी नेतृत्वमा मधेशी, जनतजाति दलहरु आन्दोलनमा छन् । ३० मिनेट लामो आफ्नो भाषणमा प्रचण्डले यसअघि खुलामञ्चमा गठबन्धन मोर्चाले गरेका सभा, ‘सरसल्लाह–सभा’ मात्रै भएको र त्यसलाई काङ्ग्रेस–एमालेले नटेरको स्मरण गर्दै अहिलेको सभालाई उलने ‘खबरदारी–सभा’ को सङ्ज्ञा दिए । उनल भने– ‘यस अघिको सरसल्लाह सभालाई उनीहरुले टेरेनन्, यो खबरदारी सभा हो । यदि संविधानसभालाई साझा सङ्घर्षको परिणाम मानिएन भने अबको हाम्रो सभा ‘विद्रोह–सभा’ हुने छ ।’ \"IMG_9125\"उनले खबरदारी सभालाई काङ्ग्रेस–एमालेले कुन रुपमा लिन्छन्, भोलि र पर्सी हेर्ने भन्दै यदि सत्तापक्षीय दलहरु नझुके यस्ता सभा प्रत्येक जिल्लाहरुमा हुने र त्यसले सदरमुकाम कब्जा गर्ने बताए । उनले गठबन्धनका दलहरुले ‘प्रचण्डले खुट्टा कमाउँछन्’ भन्ने गरेको स्मरण गर्दै आफूले खुुट्टा कमाएको नभई ‘सहमतिका लागि लचक मात्र भएको’ प्रस्ट्याए र भने– ‘मैले खुट्टा कमाएको होइन, सहमति होस् भन्ने चाहेको हो । हुन त मैले पनि गल्ती गरें, एमाले–काङ्ग्रेसलाई बढी विश्वास गरियो । त्यही नै मेरो कमजोरी हो ।’
‘मैले खुट्टा कमाएको होइन, सहमति होस् भन्ने चाहेको हो । हुन त मैले पनि गल्ती गरें, एमाले–काङ्ग्रेसलाई बढी विश्वास गरियो । त्यही नै मेरो कमजोरी हो ।’
प्रचण्डले सुशील कोइराला नेतृत्वको सरकारको चर्को आलोचना गर्दै अहिलेको सरकार प्रमुखले नै सरकारलाई भ्रष्ट भनेको तर न त ती मन्त्रीलाई कारबाही गरिएको न त आफूले राजीनामा दिएको भन्दै त्यसको आलोचना गरे । ‘जनताका अगाडि लाज मान्नु पर्दैन । भ्रष्टाचार अहिलेको जति कहिल्यै भएन भनेर प्रधानमन्त्री भन्नुहुन्छ । तर, कारबाही पनि नगर्ने र राजीनामा पनि नदिने के हो यो ?’ उनले प्रश्न गरे । प्रचण्डले आफ्नो भाषणका क्रममा बलात्कारीलाई फाँसी दिनुपर्ने कानुन नेपालमा ल्याउनुपर्ने उल्लेख गरे । ‘जनता जागेका बेला आफैं कानुन बनाउने गर्छन्, त्यस्ता बलात्कारीलाई फाँसी दिने कानुन ल्याए के हुन्छ ?’– उनको प्रश्न छ । प्रचण्डले शान्तिपूर्ण जुलुसमाथि शनिबार सरकारले तीव्र दमन गरेको भन्दै त्यसलाई ‘सरकारको कायरतापूर्ण कदम’ भने । ‘यो सरकारको कायरतापूर्ण कदमको उपज हो, म यसको घोर भर्त्सना गर्दछु ।’ ‘मैले यसअघि नै मधेशबाट आउने साथीहरुलाई विभिन्न बहानामा रोक्न खोजिँदैछ भन्ने रिपोर्ट पाएको थिएँ तर आज सरकारले आफ्नो कायरताको नाङ्गो रुप राजधानीमै देखायो’ उनले भने । सोही कार्यक्रमलाई सम्बोधन गर्दै एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रतिक्रियावादी शक्तिले ‘०४७ सालको संविधान ल्याउन’ संविधानसभा कब्जा गरेको भन्दै त्यसको चर्को आलोचना गरे । सत्तापक्षीय दलहरुले जनताको आवज नसुनेको धारणा राख्दै उनले ‘सत्ताधारीका आँखा खराब भएको’ बताए । जनता आफ्नो अधिकार प्राप्तिको आन्दोलनबाट कुनै हालतमा नझुक्ने भन्दै उनले भने– ‘बाघ भोकै भयो भन्दैमा घाँस खाँदैन, जनताले ल्याएको अधिकार कुण्ठित भयो भनेर जनता चूप लागेर बस्दैन ।’ संविधानसभाको निर्वाचन पछाडि मुलुकमा ‘आर्थिक क्रान्ति गर्न चाहेको’ बताउँदै भट्टराईले त्यसलाई ‘प्रतिगामी शक्तिले आफ्नो कब्जामा लिएकाले’ राजनीतिक आन्दोलन पूरा नगरीकन आर्थिक क्रान्ति पूरा नहुने धारणा राखे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy