सुनसरी । सुनसरीको इटहरीमा आयोजना भैरहेको ‘मिसेस पुर्बेली आईकन–२०२४’को फोटोसुट तथा भिडियोसुट सम्पन्न भएको छ । अब ट्यालेन्ट राउण्ड गर्दै आउँदो असोज १२ गते इटहरीमा यसको ग्राण्ड फिनाले आयोजना गर्ने योजना आयोजकले बनाएको छ ।
विवाहित महिलाहरुको व्यक्तित्व, सीप, र बौद्धिक क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने यो प्रतियोगिता केवल बाहिरी सौन्दर्य प्रदर्शनमा मात्र सीमित नरहेर, विवाहित महिलाहरुको सशक्तीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको आयोजक संस्था ओपन स्पेसका निर्देशक सरोज श्रेष्ठले बताए ।
आयोजकले यसलाई विवाहित महिलाहरुका लागि आत्मविश्वास बढाउने, आत्मबल निर्माण गर्ने र महिलाहरुको समाजमा योगदान अभिवृद्धि गराउने एउटा अद्वितीय प्लेटफर्मको रुपमा प्रस्तुत गरेका छन् ।
यो प्रतियोगितामा ८ जना विवाहित महिलाहरु फाईनल प्रतिष्पर्धा गर्दैछन् । जसमा सुनसरी, मोरङ, झापा, धनकुटा लगायतका जिल्लाबाट विवाहित महिलाहरु सहभागी भएका छन् । प्रतियोगिताका सहभागीहरुमा रुबिना श्रेष्ठ, सुस्मा बिस्ट, रेनुका श्रेष्ठ, सुनिता पुरी, मुना बजगाई, दिपिका भट्टराई, जिसिका सापकोटा, र रेस्मा आङदेम्बे लिम्बु रहेका छन् ।
यतिबेला यी प्रतिष्पर्धीहरुको भोटिङ प्रक्रिया पनि सुरु भइसकेको छ । भोट गर्नको लागी एभिन्टोजको वेबसाइट र मोबाइल एपमार्फत आफ्नो मन परेको प्रतिस्पर्धीलाई भोट दिन सकिनेछ । केहिअघि प्रतिष्पर्धी महिलाहरुको फोटोसुट र भिडियोसुट समेत सम्पन्न भैसकेको छ । आयोजकले प्रत्येक प्रतिस्पर्धीको छुट्टाछुट्टै प्रोफाइल भिडियो निर्माण गर्ने योजना बनाएका छन्, जहाँ उनीहरुले आफ्ना व्यक्तिगत जीवनका संघर्ष, उत्साह र अनुभवलाई सो भिडियो मार्फत प्रस्तुत गर्न सक्नेछन् । यी भिडियोहरुमा पारिवारिक सम्बन्धदेखि उनीहरुले भोगेका विभिन्न उतारचढावका कुरा समेत समेटिने निर्देशक श्रेष्ठले बताए ।
यस प्रतियोगितालाई अझ प्रतिस्पर्धी र ज्ञानवर्धक बनाउन आयोजकले सहभागी महिलाहरुलाई सौन्दर्यसँगै विभिन्न सीप विकास, व्यक्तित्व विकास र बौद्धिक क्षमताको वृद्धि गर्ने प्रशिक्षण प्रदान गरिरहेका छन् । र्याम्प वाल्क, आत्मविश्वास विकास र महिला सशक्तीकरण सम्बन्धी ज्ञानवर्धक तालिमहरु प्रदान गर्दै प्रतियोगिताको अन्तिम तयारीमा जुटिरहेका छन् ।
प्रतियोगिताका विजेताले ५० हजार नगद पुरस्कारका साथै अन्य थुप्रै आकर्षक उपहारहरु जित्ने अवसर पाउनेछन् । प्रतियोगिता मार्फत विजेताले आफूलाई मात्र नभएर समाजमा महिलाको स्थानलाई अझ सशक्त बनाउन भूमिका खेल्न सक्नेछन् ।कार्यक्रमका निर्देशक सरोज श्रेष्ठ, कोरियोग्राफर शुभेक्षा कार्की, फोटो र भिडियोग्राफीका लागि बज क्रीयसन र मिडिया संयोजक सुवास संकल्प श्रेष्ठ रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: