Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्- प्रचण्ड

खबरडबली संवाददाता

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उनले भने(झउपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट काँग्रेस एमाले नै पछि हट्नु हुन्छ होला।’ 

अध्यक्ष प्रचण्डले संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै  सबै उक्त पदका लागि योग्य भएको बताए । तपाईहरुले बरियता मिच्न लाग्नु भएको कुरा छ नि रु भन्ने पत्रकारको प्रश्नमा उनले भने' झप्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नाम आएको छ । हिजोको बैठकमा पनि सिनियारिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको छैन । त्यस्तो समस्या परेको केही छैन ।’

उनले संबैधानिक निकायमा रिक्त रहेका पदहरुमा एकैपटक नियुक्त गर्नु राम्रो हुने बताए । ‘एउटा एउटा गर्नु राम्रो हुँदैन भनेर मैले भनेको छु । सबै रिक्त रहेका संवैधानिक आयोगहरुमा पूर्ति गर्नुपर्छ भन्ने लागेको छ,’ उनले भने ।

अध्यक्ष प्रचण्डले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुंगिएसम्म संसद चल्न नदिने पनि बताए । ‘एमालेका साथीहरुबाट जनयुद्धलाई ‘हिंसा’ भनेर अपब्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ । त्यो विषयको सम्बोधन नभएसम्म संसदमा विरोध जारी रहन्छ,’ उनले भने । 

उनले परिवर्तन जोगाउन आफ्नो पार्टीलाई राम्रोसँग तयार गर्नुपर्छ भनेर आफूहरु लागिरहेको उल्लेख गर्दै भने ‘व्यवस्था र परिवर्तनको लागि धेरै त्याग गरेको हाम्रो पार्टी नै हो । त्यसैले परिवर्तन उल्ट्याउन नदिने गरी तयारी गर्नुपर्छ भनेर हामी लागेका छौं ।

अर्को एक प्रसङ्गमा उनले राजनीतिमा नेताको एक्जिट भन्ने नुहने बताए । ‘सच्चा राजनीतिज्ञहरु बाँचेसम्म राजनीति गर्छन् । मरेपछि पनि उनीहरुले राजनीति गरिरहन्छन् भन्ने दर्शन छ । नेतालाई विश्राम लिने छूट हुदैन 'उनले भने । अध्यक्ष प्रचण्डले आजै मोरङ र सुनसरीका विभिन्न पार्टी कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विवादित अभिव्यक्तिबारे मन्त्री लम्सालको संसद्मा स्पष्टीकरण, “कसैलाई हतोत्साही बनाउने मनसाय थिएन”

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आफ्नो विवादित अभिव्यक्तिबारे संसद्मा स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नहर...

समयानुकूल र प्रभावकारी कानुन मस्यौदा गर्न कानुनमन्त्री गौतमको आग्रह

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानुन निर्माण गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छिन्। बुधब...

सभामुख अर्याल र युएईका राजदूतबिच शिष्टाचार भेटवार्ता

काठमाडौँ। सङ्घीय संसद्‍ प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला जरवान अल शम्सीले शिष्ट...

तीन वर्षभित्र सबै पहिरोको व्यवस्थापन र तीन हजार नयाँ पुल निर्माण हुन्छन् : मन्त्री लम्साल

एक लेनका सबै सडक दुई लेनमा विस्तार गरिने

भौतिक मन्त्रालयले १० खर्ब बराबरका आयोजना एकैपटक टेन्डर प्रक्रियामा लैजादै

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चालु आर्थिक वर्षमा करिब १० खर्ब रुपैयाँ बराबरका पूर्वाधार आयोजना एकैपटक टेन्डर प्रक्रियामा लैजाने तया...

नारायणी र भोटेकोसीमा बगेका दुई जनाको सकुशल उद्धार

चितवन। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । नवलपरासी (बर्दघाट स...

पूर्वाधार बजेट तीन वर्षे योजनाअनुसार विनियोजन गरिएको हो : भौतिकमन्त्री लम्साल

काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यस वर्षको पूर्वाधार बजेट तीन वर्षे योजनाअनुसार विनियोजन गरिएको बताएका छन् । संसद्मा बजेटमाथि...

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्दै सरकार, विद्यालय पुनर्संरचना पनि अघि बढाइने

काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको विनियोज...

ई–पासपोर्ट खरिद प्रकरण: आरजु राणालाई बयानका लागि अख्तियारको बोलावट

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रकरणमा अनुसन्धानका लागि पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि बोला...

संसदमा प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट प्रतिनिधिसभामा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेटसम्बन्धी प्रश्नहरूको जवाफ दिने भएका छन् । आगामी आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending